७ आश्विन २०८१ सोमबार
image/svg+xml

तानाशाह बन्ने चाहना भएकासंग सजक बनौँ: शेखर कोइराला

नेपाली काँग्रेसका नेता डा‌.शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको न्यायालय र वकिलहरुप्रतिको टिप्पणी अधिनायकवादी व्यवस्थाको पूर्वाभ्यास र तानाशाह बन्ने चाहना भएको बताएका छन्।

सरकारले जनताको आँखामा छारो हाल्ने काम गर्‍यो: कांग्रेस

साढे तीन वर्षदेखिको शासनको असफलतापछि पनि हावादारी गफबाट नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउन सकिन्छ भन्ने भ्रमबाट सरकार अझै मुक्त हुन सकेको छैन।

पूर्व अर्थमन्त्रीकाे टिप्पणीः चुनाव घोषणा गरेपछि लोकप्रिय बजेट ल्याइयो

नेपाली काँग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले विद्यमान विकास आयोजना पूरा हुन नसकिरहेका बेला सरकारले ठूलो आकारको लोकप्रिय बजेट ल्याएको भन्दै आलोचना गरेका छन्।

राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहारको दुश्परिणाम भोगिरहेका छौँः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देशले देउवाले राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहारको दुश्परिणाम भोगिरहेको बताएका छन्। गणतन्त्र दिवसको अवसरमा उनले देशको राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुश्परिणाम देशले भोगिरहेको बताएका हुन्।

परीक्षाको तयारी गरेका ५ हजार चिकित्सकलाई परिचालन गरौंः पूर्व स्वास्थ्यमन्त्री थापा

चिकित्सा शिक्षा अध्ययन गरेर परीक्षाको तयारीमा बसेका पाँच हजार मेडिकल विद्यार्थी (चिकित्सक)लाई कोभिडको उपचारमा परिचालन गर्न नेपाली कांग्रेस नेता तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले आग्रह गरेका छन्।

'पोखरा घटनाले उब्जाएको प्रश्नः देशमा सरकार छ ? कहाँ छ ?'

नेपाली कांग्रेसले अक्सिजनको अभावमा पोखराको एक अस्पतालमा सुत्केरी महिलासहित ६ जनाको एकैसाथ निधन भएको घटना अत्यन्तै दुःखद र कारुणिक भएको बताएको छ।

डा.कोइरालाकाे आरोपः नयाँ सरकार बन्ने अवस्था रहँदारहँदै संसद विघटन गरियाे

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नयाँ सरकार बन्ने अवस्था रहँदारहँदै संसद विघटन गरिएको आरोप लगाएका छन्।

विघटनको विपक्षमा नेपाल समूहका २६ मध्ये २३ सांसदले हस्ताक्षर गरे

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका एमालेका २६ सांसदमध्ये २३ सांसदले मात्रै रिटमा हस्ताक्षर गरेका छन्।

कांग्रेस ‘प्रचण्डपथ’ अंगिकार गर्दै छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रजातन्त्रिक भन्ने नेपाली कांग्रेसले पनि ‘प्रचण्डपथ’ अंगिकार गरेजस्तो लागेको बताएका छन्।

‘कसैको घरायसी सल्लाह र छलकपटबाट देश चल्दैन’

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको कार्यप्रति आपत्ती प्रकट गर्दै पूर्वमन्त्री बडूले सर्वोच्च अदालतले न्याय गर्ने विश्वास समेत व्यक्त गरे।

राष्ट्रपतिले मलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्नेमा त्यसलाई इन्कार गर्नुभयोः देउवा

बरु एकपटक प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भई संसदमा स्पष्ट अल्पमतमा परिसकेका र अर्कोपटक बहुमत देखाउन नसक्ने स्वयं घोषणा गरी सकेका माननीय ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने काम गरिन्।’

राष्ट्रपतिको मिलेमतोमा प्रधानमन्त्रीले सत्ताकब्जाको प्रयास गरिरहेका छन्: कोइराला

शनिबार विराटनगर स्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले राष्ट्रपतिको मिलेमतोमा प्रधानमन्त्रीले सत्ताकब्जाको प्रयास गरिरहेको आरोप लगाएका हुन्।

'सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हाले'

प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचनको घोषणापछि ट्विट गर्दै थापाले राष्ट्रपति बिद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न आग्रह गरेका छन्।

देउवाले बोलाए आकस्मिक बैठक

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी आकस्मिक बैठक बोलाएका छन्। शनिवार विहान साढे ९ बजे देउवा निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्