७ वैशाख २०८१ शुक्रबार
राजनीति

तत्काल सडक आन्दोलन हुँदैनः काँग्रेस

नेपाली काँग्रेसका नेता मोहन पाण्डेले तत्काल सडक आन्दोलन नहुने बताएका छन्। सिंहदरबारस्थित काँग्रेसको संसदीय दलको कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ताका हस्ताक्षर संकलनमा सहभागी नेता पाण्डेले तत्काल सडक आन्दोलन नहुने तर परिस्थिति गम्भीर भए आन्दोलन छेड्ने बताए।

उनले अहिले कोरोना महामारीको कारण तत्काल सडक आन्दोलन सम्भव नभएको बताए।  

सोही क्रममा उनले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै राष्ट्रपतिले स्वविवेकले काम गर्ने अधिकार नभएको बताए। उनले संविधानभन्दा माथि कोही नभएकाले राष्ट्रपतिले स्वविवेकले निर्णय गरेको भए त्यसको भागीदार स्वयम् हुने पनि बताए।

‘संविधान सभाले निर्माण गरेको संविधानमा राष्ट्रपतिले स्वविवेक प्रयोग गर्ने भए किन चाहियो संविधान रु राष्ट्रपतिले स्वविवेक प्रयोग गरेको भए त्यसको पनि भागीदार हुन्छ,’ उनले भने।

नेता पाण्डेले आफूहरु बहुमतसहित अदालत जान लागेको बताउँदै बहुमतलाई अदालतले पनि मान्न जरुरी रहेको बताए। ‘बहुमत सांसदको हस्ताक्षरसहित रिट दायर गरेपछि सर्वोच्चले आफ्नो पक्षमा फैसला गर्ने विश्वास छ।’

प्रकाशित: ९ जेष्ठ २०७८ ०८:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App