७ आश्विन २०८१ सोमबार
image/svg+xml

काँग्रेसको १४औँ महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म हुने, यस्तो छ तालिका

क्रियाशील सदस्यको अन्तिम नामावली र निर्वाचन निर्देशिका भदौ २ गतेभित्र बुझाउने, भदौ १८ गते वडा अधिवेशन गर्ने, भदौ २७ गते गाउँ तथा नगरपालिका अधिवेशन गर्ने र असोज १ गते प्रदेश क्षेत्रको अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ।

काँग्रेसद्वारा सबै विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको व्यवस्था मिलाउन माग

केन्द्रीय कार्य समितिको तेस्रो दिन शनिबार पनि जारी बैठकमा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरुले कोरोनाविरुद्धको खोप सबै विद्यार्थीहरुलाई तत्काल उपलब्ध गराई सबै तहको परीक्षा सूचारु गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

कांग्रेस महाधिवेशन: भदौमै गरौं, होइन मंसिरमा

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू पार्टीको १४औं महाधिवेशनको मितिलाई लिएर दुई धारमा देखिएका छन्। संस्थापन पक्षका केन्द्रीय सदस्य तिहारअघि सम्भव नभएको भन्दै मंसिरमा महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन्।

प्रधानमन्त्रीलाई डा. कोइरालाको प्रश्नः यसरी हुन्छ सरकार सञ्चालन प्रभावकारी?

‘शतप्रतिशत समय सरकार सञ्चालनमा ध्यान दिनुपर्ने प्रधानमन्त्रीजीले ७५ प्रतिशत समय पार्टीको काममा खर्च गरेका छन्’, उनले भने, ‘यसरी सरकार सञ्चालन कसरी प्रभावकारी हुन सक्छ?’

दसैंअघि होला कांग्रेस महाधिवेशन ?

शीर्ष नेताहरूले बाहिरबाहिर महाधिवेशनको कुरा गरे पनि त्यसका लागि गम्भीरता नदेखाएको भन्दै सदस्यता छानबिन समितिका सदस्य प्रदीप पौडेलले पार्टीको वैधतामाथि प्रश्न उठ्ने अवस्था आउनुको कारक र कारण अब कार्यकर्ताले थाहा पाउनुपर्ने बताएका छन्।

कांग्रेसले १४ औँ महाधिवेशनको परिवर्तित कार्यतालिका ल्याउने

नेपाली कांग्रेस केन्द्रीय कमिटीको बिहीबारदेखि सुरु भएको बैठकले परिवर्तित कार्यतालिक ल्याउने भएको हो।

उम्किएको सुनौलो अवसर

नेपाली काँग्रेसमा छँदैदेखि स्वच्छ छवि कायम राख्न सफल ठाकुर मधेसीका अगुवा हुँदा पनि सम्मानित नै थिए। तर यसपालि उनमा अथाह विचलन आएको देखियो– आँखा चिम्लेर ओलीको समर्थनमा लागिरहेका ठाकुर एक्कासि देउवालाई विश्वासको मत दिनेहरूको लहरमा उभिए। उदेकलाग्दो स्थिति देखियो।

नेतात्रयलाई सुझाव : अब पार्टीको जिम्मेवारीबाट हट्नुस्

भदौ १६ देखि हुने भनिएको १४औं महाधिवेशन अब सम्भव छैन भन्नेमा शीर्ष नेताहरू सहमत देखिए पनि अब कहिले गर्ने भन्ने टुंगो लाग्न भने सकेको छैन।

संविधान त्रुटिपूर्ण छ अब सच्याउने काम काँग्रेसको: गच्छदार

सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति बिजयकुमार गच्छदारले संविधान त्रुटिपूर्ण रहेको दावी गर्दै त्यसलाई सच्याउने कामको नेतृत्व काँग्रेस आफैंले गर्नुपर्ने बताएका छन्।

तोकिएकै मितिमा महाधिवेशन गर्न पौडेल पक्ष जिल्ला सभापतिको माग

काठमाडौँमा सोमबार र मंगलबार भएको भेलामा सहभागी जिल्ला सभापतिहरुले तोकिएको भदौ १७, १८ र १९ गते तोकिएको महाधिवेशन जसरि पनि सम्पन्न गर्नुपर्ने माग राखेका हुन्।

वैधानिकता जोगाउनै मुस्किल

कोरोना महामारी र सरकारद्वारा जारी चार महिने लकडाउनलाई शून्य समय मान्ने सर्वोच्चको आदेशसमेतमा टेकेर महाधिवेशन सार्ने तयारीमा संस्थापन पक्ष छ। त्यसप्रति संकेत गर्दै नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवा महाधिवेशन गर्न असफल भएको टिप्पणी गरेका छन्।

काँग्रेस पौडेल पक्षको निश्कर्ष : अझै पनि पार्टीको १४ औं महाधिवेशन तोकिएको समयमा गर्न सकिन्छ

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अझै पनि पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्न सकिने निष्कर्ष निकालेको छ।

काँग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको भेला काठमाडौंमा सुरु

पार्टीको महाधिवेशन र मन्त्रिपरिषद विस्तारको कामले गति लिन नसकेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न पार्टीका संस्थापन पक्ष इतर जिल्ला सभापतिहरुको भेला सुरु भएको हो।

चुरे उत्खनन गरी ढुङ्गा गिट्टी, बालुवा निर्यात गर्ने कार्यमा रोक लगाइने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले यसअघिको सरकारले घोषणा गरेको चुरे क्षेत्रको उत्खनन् गरी ढुङ्गा गिट्टी, बालुवा निर्यात गर्ने कार्यमा रोक लगाउने भएको छ।

पौडेलले बोलाए आफूनिकट केन्द्रीय समिति बैठक

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन्। सोमबार अपरान्ह ३ बजे महामन्त्री शशांक कोइरालाको निवासमा पौडेलले आफूनिकट नेताहरूको भेला बोलाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्