२३ आश्विन २०८१ बुधबार
image/svg+xml

त्रिवि उपकुलपतिका चुनौती

त्रिभुवन विश्वविद्यालय नेपाली उच्च शिक्षाको खुला प्रयोगशाला हो। देशमा विश्वविद्यालयको संख्या थपिँदै गए पनि अधिकांश विद्यार्थीको पहिलो रोजाइ यही संस्था हुँदै आएको छ। करिब १४ हजार शिक्षक र कर्मचारी साथै खर्बौँको अचल सम्पत्ति हुनु यसका सवल पक्ष हुन्। तर मानव संसाधन र साधन स्रोतको सही व्यवस्थापन नै त्रिविको जटिल समस्या हो। यसकै जनशक्ति प्रयोग गरेर देशका प्रायः सबैजसो निजी र सामुदायिक क्याम्पस चलेका छन्। तर त्रिविले ती संस्थाबाट हालसम्म कुनै आर्थिक र सामाजिक लाभ लिन सकेको छैन। एकोहोरो निजी र सामुदायिक क्याम्पसको उन्नयनमा लागेको त्रिवि आफैँ भने दिन÷प्रतिदिन ओरालो लाग्दो छ। त्रिविको नाम जोडेर सल्लाहकार, स्रोतव्यक्ति, विज्ञ वा फ्याकल्टीको रूपमा अन्यत्र काम गर्ने प्राध्यापकलाई नियमन गर्न नसक्ने हो भने त्रिविको सुधार गर्न असम्भव छ।

घुषसहित पक्राउ परे लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल

लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल रत्नेश्वर तिवारीलाई २५ हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले पक्राउ गरेको छ।

‘बनाउन सक्दैनौ भने नभत्काऊ’

नयाँ काम सम्भव छैन भनेर काम गर्नेलाई अवरोध पु¥याउने संस्कार नै हाम्रो प्रगतिको मूल बाधक हो। त्यसैले बनाउन सक्तैनौँ भने भत्काउने काम नगरौँ, सिर्जना गर्न सक्तैनौँ भने विनाश नगरौँ। हामीले सहयोग, सहकार्य र रचनात्मक आलोचनाको संस्कृतिलाई प्रोत्साहित गर्न सक्यौँ भने हामीसँग रहेका ऊर्जा र स्रोतलाई प्रस्फुटन गराउन र सदुपयोग गर्न सक्नेछौँ।

साँढे १५ हजार स्वास्थ्य जनशक्ति उत्पादन गरेका छौँ

प्रा.डा. राजेन्द्र कोजू काठमाडौँ विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सेजका डिन हुन्। उनीसँग यो विश्वविद्यालय तथा उनी डिन रहेका निकायले मुलुकको स्वास्थ्य क्षेत्रमा पु-याएको योगदानबारे नागरिककर्मी मधुसुधन गुरागाईँले गरेका संक्षिप्त कुराकानी:

मेडिकल कलेजलाई बढी शुल्क असुल्न केयुकै परिपत्र

यसैगरी, देवदह मेडिकल कलेज रूपन्देहीलाई ४२ लाख ९० हजार, विराट मेडिकल कलेज विराटनगरलाई २१ लाख ९० हजार र काठमाडौ विश्वविद्यालय धुलिखेललाई ३० लाख रुपैयाँसम्म अतिरिक्त शुल्क लिन सो विश्वविद्यालयले परिपत्र गरेको छ।

कैयौं प्रदर्शनकारी विश्वविद्यालय हाताबाटै पक्राउ

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङले हङकङमा चाँडै नै हिंसा अन्त्य भएको हेर्न बेइजिङ इच्छुक रहेको बताउँदै सार्थक राजनीतिक वार्तामा जोड दिएका छन्।

विद्यावारिधि नै किन ?

हाम्रा विश्वविद्यालय तथा अनुसन्धान केन्द्रहरूले अझैसम्म पनि पिएचडी डिग्रीका स्तरीय परिणामहरूलाई पदोन्नतिका आधार बनाएनन्, बरु उल्टै यसको प्रमाणपत्रलाई थप अंक प्रदान गर्दै आए।

गुम्दै उच्चशिक्षा सुधारको अवसर

काठमाडौँ विश्वविद्यालयबाहेक देशका सबै विश्वविद्यालयको भौतिक पूर्वाधार अत्यन्त दयनीय छ। विश्वविद्यालय भनेको सम्बन्धन दिने ‘अफिस’ भनेर बुझेकाले यस्तो भएको हो।

यस्तो विश्वविद्यालय भए !

यस विश्वविद्यालयको हाताभित्र विश्वका ४० देशका आवास छन्। जसका चार हजार आठ सय कोठामा विश्वका एक सय ४० भन्दा बढी देशका करिब १२ हजार विद्यार्थी बस्छन्। प्रायः निवास सम्बन्धित देशले नै सञ्चालन गर्छन्।

विद्यावारिधि समकक्षतामा कडाइ गर्दै त्रिवि

भारतका विवादित विश्वविद्यालयहरूबाट पिएचडी (विद्यावारिधि) को उपाधि लिनेहरूको संख्या ह्वात्तै बढेपछि त्रिभुवन विश्वविद्यालयले समकक्षतामा कडाइ गर्ने भएको छ।

त्रिविमा शल्यक्रियाको अपेक्षा

प्रायः सधैँ निहुरिएको देखिने त्रिविका पदाधिकारी, प्राध्यापक, कर्मचारी र विद्यार्थीको शिर नयाँ नेतृत्वसँगै ठाडो हुन सक्ला ? यो प्रश्न अब बिस्तारै डा. बाँस्कोटातिर सोझिनेछ।

‘त्रिविमा गलत काम हुँदैन’

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा सोमबार पदबहाली भएका नवनियुक्त उपकुलपति डाक्टर धर्मकान्त उपकुलपति बाँस्कोटाले पदभार सम्हालेलगत्तै आफूले सबै डिन र निर्देशकहरूसँग अन्तत्र्रिmया गरी राम्रो र नराम्रो दुवै पक्षको ब्र्रिफिङ लिने काम सुरु गरेको बताए ।

त्रिविलाई विश्वकै उत्कृष्ट विश्वविद्यालय बनाउँछुः नवनियुक्त उपकुलपति बाँस्कोटा

त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बाँस्कोटाले सोमबार पदबहाली गरेका छन्।

नियुक्तिलाई लिएर त्रिवि रजिस्ट्रार कार्यालयमा तालाबन्दी

त्रिभुवन विश्वविद्यालय व्यवस्थापनले तय गरेको सिद्धान्तविपरीत जनप्रशासन विभागमा निमित्त प्रमुख नियुक्त गरेको भन्दै विद्यार्थीले त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयमा तालाबन्दी गरेका छन्। स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी संघले अनुचित ढंगले विभागीय प्रमुख नियुक्त गरेको भन्दै आन्दोलन थालेका हुन्।

उपकुलपति बन्न आवेदन माग

मुलुकका सातवटा विश्वविद्यालय भदौ ७ गतेदेखि उपकुलपतिविहीन छन्। चारवटा विश्वविद्यायमा उपकुलुक्ति गर्न एक महिनाअघि छनोट कमिटी गठन गरिए पनि भागबन्डा मिलाउन नसकेका कारण उपयुक्त उपकुलपतिको नाम सिफारिस गर्न छनोट कमिटी असफल बनिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्