२३ आश्विन २०८१ बुधबार
image/svg+xml

त्रिवि उपकुलपतिको कार्यालयमा तालाबन्दी

वरिष्ठतम प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालय जनप्रशासन विभागको प्रमुख नियुक्ति गर्नुपर्ने, एउटै व्यक्ति दुईवटा संस्थाको प्रमुख राख्न नहुने र विभागमा आवश्यक कर्मचारीको दरबन्दी उपलब्ध गराउनुपर्ने माग पुरा गराउन दबाब दिँदै विद्यार्थीहरुले आज त्रिवि उपकुलपति र रेक्टरको कार्यालयमा पनि तालाबन्दी गरेका छन्।

त्रिविकाे स्नातकोत्तर तहमा श्रम शिक्षा पनि पढाई हुने

त्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा श्रम शिक्षासम्बन्धि कोर्ष पनि अध्यापन गराउने भएको छ।

प्रस्तावित विश्वविद्यालय: गल्ती नदोहोर्‍याउ

प्रस्तावित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयलगायत प्रादेशिक विश्वविद्यालयहरूले विगतका गल्ती नदोहो-याउन्। दुईतिहाइको स्थिर सरकारले राष्ट्रिय स्वार्थलाइ महत्व दिन्छ कि दलीय, त्यो पनि निश्चित स्वार्थ समूहलाई ? हेर्न बाँकी छ।

विवादित भारतीय विश्वविद्यालयबाटै विद्यावारिधि गर्ने बढी

भारतका सिंघानिया, मेवाड, केएन मोदी र मिथिला विश्वविद्यालयले नेपालको बानेश्वर, कोटेश्वर, बागबजार तथा गोंगबुमा नेपाल सरकारको स्वीकृतबेगर गैरकानुनी रूपमा सम्पर्क कार्यालय खोली एजेन्टमार्फत विद्यार्थी भर्ना गराई बिनाअनकागजी प्रक्रियापु-याएकै भरमा त्रिविबाट विद्यावारिधिको समकक्षतासमेत प्राप्त गर्दै आएका छन्।

‘विश्वविद्यालय पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डा नगरिने’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालय पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डा नगरिने स्पष्ट पारेका छन्।

त्रिविको निजीतर्फको परीक्षा फाराम भर्ने समय थप

विद्यार्थीको परीक्षा फाराम भर्ने चाप बढेपछि त्रिभुवन विश्वविद्यालयले समय थप गरेको छ।

गण्डकी विश्वविद्यालय खोल्न बाटो खुल्यो

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ‘गण्डकी विश्वविद्यालयको स्थापना व्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन्। गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख कुँवरले सोमबार प्रमाणिकरण गरेका हुन्।

त्रिवि उपकुलपतिमा डा. भगवानको सम्भावना

सिफारिस समितिका एक सदस्यका अनुसार प्रधानमन्त्री ओलीकै इच्छा र चासोमा डा. भगवान्को नाम एक नम्बरमा राखेर सिफारिस गरिएको हो ।त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपतिमा नियुक्तिका लागि कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको संयोजत्वमा गठित सिफारिस समितिले डा. भगवान् कोइरालासहित तीनजनाका सिफारिस गरेको छ।

त्रिविको उपकूलपतिमा भगवान कोइरालासहित तीन सिफारिस

सर्च कमिटीले त्रिभुवन विश्वविद्यालयको उपकूलपतिमा ३ जनाको नाम सिफारिस गरेको छ। डा धर्मकान्त बाँस्कोटा, डा भगवान कोइराला र डा चन्द्रमणि पौडेलको नाम सिफारिस भएको हो।

कांग्रेसको विरोधकाबीच मनमोहन प्राविधिक विश्वविद्यालय विधेयक पारित

देशसभाको आइतबार बसेको बैठकले ‘मनमोहन प्राविधिक विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ लाई बहुमतले पारित गरेको छ।

संसदमा कांग्रेसको नाराबाजी, रोष्ट्रमबाटै प्रतिवेदन थुत्ने प्रयास

नाराबाजीका क्रममा कांग्रेसका सांसदहरुले रोष्ट्रमबाटै प्रतिवेदन थुत्ने प्रयास समेत गरेका थिए। सभापति थापाले नाराबाजीका बीच वाचन गरिरहेको प्रतिवेदन थुत्न खोज्दा समयसुचक बल्ब पनि फुटेको छ।

बढी शुल्क फिर्ता गर्न त्रिविको अनुरोध

त्रिविले विज्ञप्ति जारी गर्दै एमविविएस अध्ययनका लागि कलेजलाई २०७५ असोज २८ गते मन्त्रिपरिषद्ले तोकेको शुल्क लिन अनुरोध गरिएको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए।

चितवन मेडिकल कलेजमा बढी शुल्क लिएको भए फिर्ता देऊ: त्रिवि

त्रिभुवन विश्वविद्यालयले चितवन मेडिकल कलेज एण्ड साइन्सेज भरतपुरलाई आन्दोलनरत विद्यार्थीसित वार्ता र संवाद गरी बढी शुल्क लिएको भए फिर्ता गर्न अनुरोध गरेको छ।

काठमाडौँ विश्वविद्यालयको मुख्य प्रशासनिक भवन पूर्णरुपमा बन्द

धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु) को मुख्य प्रशासनिक भवन पूर्णरुपमा बन्द भएको छ। केयु प्राध्यापक सङ्घद्वारा यसअघि गरिएका तालाबन्दी खोल्न जारी वार्ताका क्रममा बिहीबार लेखा र भौतिक व्यवस्थापन शाखामा पनि तालाबन्दी गरेपछि केयुको मुख्य प्रशासनिक भवन पूर्णरुपमा बन्द भएको हो।

विश्वविद्यालयसँगै छैन पाठ्यपुस्तक

मध्यपश्चिम विश्वविद्यालयले पाठ्यपुस्तक तयार नगरेका कारण शिक्षकहरुले विषयवस्तु मोवाइलमा डाउनलोड गरेर पढाउने गर्दछन्। शिक्षकले ईन्टरनेटबाट तानतुन पारेर पढाउने गरेको भए पनि व्द्यिार्थीहरु भने अन्यौलमा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्