२१ आश्विन २०८१ सोमबार
image/svg+xml

एमाले कर्मचारी संगठन विभाजनको अवस्थामा

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को विभाजित भएपछि यसको प्रभाव एमालेनिकट कर्मचारीमा पनि परेको छ। एमालेनिकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन विभाजनको अवस्थामा पुगेको छ।

एमसिसी उपाध्यक्ष भेटघाटमा व्यस्त: आवश्यक नभए अस्वीकृत गर्न सुझाव

कडा सुरक्षाका बीच काठमाडौं उत्रिएकी सुमारले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेकी छन्। ओलीसँगको भेटमा अमेरिकाले सहयोगका रूपमा एमसिसी नेपालमा कार्यान्वयन गर्न खोजेको सुमारले स्पष्ट पारिन्।

शुक्रबार एमाले स्थायी कमिटी बैठक, दुई एजेन्डामा छलफल हुने

बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारी), चालू संसदमा पार्टीको भूमिकाका विषयमा छलफल हुने एमाले स्रोतले बताएको छ।

सदनमा एमालेको नाराबाजी

एमालेका सांसदले पार्टीले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद् सचिवालयमा पठाएको पत्र कार्यान्वयन नगरेको भन्दै सभामुखविरुद्ध नाराबाजी गरी बैठक चल्न नदिएका हुन्।

संसदमा एमालेसँग ‘फेस’ गर्ने योजना बनाउन बैठक बस्दै सत्ता गठबन्धन दल

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेविरुद्धको रणनीति तय गर्न बैठक डाकेको नेकपा (एकीकृत समाजवादी) पार्टीका एक नेताले बताए।

माधव नेपालले जनआन्दोलनको उपलब्धी नोक्सान गर्न लागेकाे ओलीकाे आरोप

एमालेका अध्यक्ष केपी ओलीले नेकपा (एकीकृत समाजावादी) अध्यक्ष मावधकुमार नेपाल जनआन्दोलनको उपलब्धि सिध्याउने बाटोमा लागेको आरोप लगाएका छन्।

वामदेव पत्नी तुलसा एमाले दलको बैठकमा

बानेश्वरस्थित संघीय संसद भवनमा सुरू भएको संसदीय दलको बैठकमा गौतम पत्नी थापा उपस्थित भएको सांसद कोमल वलीले जानकारी दिएकी छिन।

ओलीको रिटमा २८ गते पेसी

ओलीले एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) दल र पार्टीले कारबाही गरेका प्रतिनिधिसभा सदस्यको पद बदरको मागसहित बुधबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए। एमालेको बैठकबाट कारबाही गरिएका पार्टीका प्रतिनिधिसभा सदस्यलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरी नयाँ पार्टी खोल्न सघाएको भन्दै ओलीले रिट निवेदन दर्ता गराएका हुन्।

काम गर्ने वातावरण नभएको भन्दै सुदूरपश्चिमका दुई मन्त्रीद्वारा राजिनामा

एमाले विभाजनपछि सरकारमा बसेर काम गर्ने वातावरण नभएपछि राजिनामा दिएको एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाहले बताए। एमाले विभाजनपश्चात पार्टी र पदमध्ये एउटा रोज्नुपर्ने बाध्यता रहेको बताउँदै उनले आफ्ना लागि पदभन्दा पार्टी ठूलो भएको बताए।

जेठ २ मा जस्ताको तस्तै फर्किन सम्भव छैनः ओली

माधवकुमार नेपाल समूह छाडेर एमालेमा बसेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको गुनासो गरेका बेला ओलीले पुरानै अवस्थामा फर्कन नसकिने बताएका हुन्।

सभामुखविरुद्ध ओलीले दिएको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले पक्षलाई छलफलमा बोलाएको छ।

सुदूरपश्चिम र प्रदेश २ मा नेकपा एस एमालेभन्दा ठूलो दल

संघीय संसदमा ३० जनाले एकीकृत समाजवादी पार्टी रोजेका थिए। तर प्रदेशसभामा भने ५४ जना पुगेका हुन्। माधव नेपालले सुदूरपश्चिम, प्रदेश २, बागमतीमा धेरै सांसद लगेका छन्। सुदूरपश्चिम प्रदेशमा १४ जना सांसद पुगेपछि त्यहाँ सबैभन्दा ठूलो दल बनेको छ। प्रदेश २ मा पनि ठूलो दल बनेको छ।

सभामुख गठबन्धनको मतियार हुन्: ओली

नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले वर्तमान सरकारको आयु लामो नभएको दाबी गरेका छन्। जबर्जस्ती मेजमानीको रुपमा आएको पाहुना भन्दै उनले यो सरकार धेरै दिन नटिक्ने बताएका हुन् ।

ओलीले अस्वीकार गरे सरकारको प्रस्ताव

ओलीले नियम निलम्बन गरेर बजेट पास गर्ने प्रस्ताव अस्विकार गरेको सरकारका प्रवक्ता कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

सुदूरपश्चिममा एमाले चौथो दलमा सीमित

कुनै सयम सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको नेकपा (एमाले) चौथो दलमा सीमित भएको छ। एमालेबाट विभाजन भएर नेकपा (एकीकृत समाजवादी)मा अधिकांस संसद जाँदा चौथो दलमा सीमित हुन पुगेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्