coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

काम गर्ने वातावरण नभएको भन्दै सुदूरपश्चिमका दुई मन्त्रीद्वारा राजिनामा

 

धनगढी

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजिनामा दिएका छन्। मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष दुवैले राजिनामा पत्र बुझाए।

एमाले विभाजनपछि सरकारमा बसेर काम गर्ने वातावरण नभएपछि राजिनामा दिएको एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाहले बताए। एमाले विभाजनपश्चात पार्टी र पदमध्ये एउटा रोज्नुपर्ने बाध्यता रहेको बताउँदै उनले आफ्ना लागि पदभन्दा पार्टी ठूलो भएको बताए।

विगतमा शाह र गहतराज दुबै एमालेभित्र माधवकुमार नेपालको पक्षमा थिए। अर्थ राज्यमन्त्री अर्चना गहतराजले आफू पदको लोभमा नलागेको बताउँदै  आफ्नो नाम नाम नेकपा (एस) मा जोडेर बदनाम गराउन खोजिएको गुनासो गरिन्।

प्रकाशित: २२ भाद्र २०७८ १३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App