७ वैशाख २०८१ शुक्रबार

राजनीतिमा सक्रिय हुन आयल निगमका कार्यकारी निर्देशक थानीद्वारा राजिनामा

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजिनामा दिएका छन्।

ईञ्जिनियरको अपमान गरेको भन्दै मेयर साम्पाङको राजिनामा माग, कडा आन्दोलन गर्ने चेतावनी

मेयर साम्पाङले आफुबाहेक अरु कोही पनि सक्षम नरहेझैं शैलीमा इञ्जिनियरको क्षमता र पेशमा आवद्ध, अध्ययनमा उर्जाका साथ समर्पित सम्पुर्ण इञ्जिनियरिङ पेशाप्रति अपमानपुर्ण टिप्पणी गरेको भन्दै विज्ञप्तीमा विरोध प्रकट गरिएको छ।

घोडाघोडीका मेयरसहित ७ वडाध्यक्षले राजीनामा दिए

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्ने आकांक्षा राखेर कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममता चौधरीले राजीनामा दिएका छन्। यसैगरि ७ जना वडा अध्यक्षले पनि राजीनामा दिएका छन्।

इन्जियिरिङ्ग अध्ययन संस्थानका प्राडा संग्रौलाले दिए पदबाट राजीनामा

मंसिर १ गतेदेखि लागू हुने गरी दिएको राजीनामामा उनले प्रश्नपत्रको लापरवाहीले विद्यार्थीमा पर्न गएको मानसिक पीडा र शिक्षकहरुको आत्मसम्मानमा पारिएको चोटप्रति नैतिक जिम्मेवारी लिँदै राजिनामा दिएको उल्लेख गरेका छन्।

‘मान–सम्मानको लागि मन्त्री त्यागेँ’ : गजेन्द्र हमाल

बाँके स्वर्गीय सुशील कोइराला र भाइराजा(रणेन्द्रबहादुर हमाल)को जिल्ला भएकाले बाँके जिल्लाबासीलाई पदको कुनै लोभ नभएको पूर्वमन्त्री हमालले बताए।

काम गर्ने वातावरण नभएको भन्दै सुदूरपश्चिमका दुई मन्त्रीद्वारा राजिनामा

एमाले विभाजनपछि सरकारमा बसेर काम गर्ने वातावरण नभएपछि राजिनामा दिएको एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाहले बताए। एमाले विभाजनपश्चात पार्टी र पदमध्ये एउटा रोज्नुपर्ने बाध्यता रहेको बताउँदै उनले आफ्ना लागि पदभन्दा पार्टी ठूलो भएको बताए।

वीपीका चारै जना पदाधिकारीको कार्यालयमा तालाबन्दी, सबैको राजिनामा माग

पदाधिकारीहरु असक्षम एवं गैरजिम्मेवार भएको भन्दै संघर्ष समितिले प्रतिष्ठानका सबै पदाधिकारीहरुको राजिनामा एवं बहिर्गमनको माग गरेका छन्। यस्तै, प्रधानमन्त्रीकै पहलमा उच्चस्तरीय वार्ता टोलीको गठन गर्न पनि संघर्ष समितिले माग गरेको छ।

समितिको अर्थ छैन भन्दै मनाङेले दिए राजिनामा

गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सदस्य राजिव गुरुङ मनाङेले राजिनामा दिएका छन् । गुण्डा नाइके पृष्ठभूमिका उनले समितिको कार्यकारी अधिकार नभएको भन्दै पदबाट राजिनामा दिएका हुन् ।

बाँस्कोटा पद गुमाउने नवौं मन्त्री

पदीय मर्यादाविपरीत काम गरेको अभियोगमा पद गुमाउने गोकुलप्रसाद बाँस्कोटा पहिलो मन्त्री होइनन्। २०६२/६३ को जनआन्दोलनपछि विभिन्न विवादमा परी पद गुमाउने मन्त्रीमा बाँस्कोटा नवौं हुन्।

कृषि सचिवको राजीनामा स्वीकृत

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ । खुल्ला प्रतिस्पर्धाबाट संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) एसियाप्यासिफिक प्रमुखमा नाम निस्किएपछि जिसीले राजीनामा पेश गरेका थिए ।

राजीनामा दिने श्रीलङ्काका प्रधानमन्त्रीको तयारी

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आज बुधबार राजिनामा दिने तयारी गरेका छन्।

कुवेतका प्रधानमन्त्रीद्वारा राजिनामा

कुवेतका प्रधानमन्त्री शेख जाबर अल–मुबारक अल–हमाद अल–सबाहले कुवेती अमिर समक्ष राजिनामा गरेका छन्।

बोलिभियाका राष्ट्रपति मोरालेसद्वारा राजिनामा, १४ वर्षे शासन ढल्यो

दक्षिण अमेरिकी राष्ट्र बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतबार राजिनामा गरेका छन्। विगत तीन सातादेखि हिंसात्मक प्रदर्शन जारी रहेको अवस्थामा देशको सेना र प्रहरीले पनि राष्ट्रपतिका कदमलाई समर्थन नगर्ने घोषणापछि राष्ट्रपति मोरालेसले राजिनामा गरेका हुन्। राष्ट्रपति मोरालेसको राजिनामाको घोषणासँगै राजधानी ला पाजमा विशाल जुलुस निकालिएको थियो।

राजिनामा दिन सबै मन्त्रीलाई चिलीका राष्ट्रपतिको निर्देशन

चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले राजिनामा दिन आफ्नो मन्त्रिमण्डलका सबै मन्त्रीलाई निर्देशन दिएका छन्। आन्दोलनकारीहरुको झण्डै एक हप्ता लामो सडक प्रदर्शनपछि उनले शनिबार आन्दोलनको सम्बोधन स्वरुप मन्त्रीहरुलाई राजिनामा दिन लगाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्