२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

जेठ २ मा जस्ताको तस्तै फर्किन सम्भव छैनः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ २ मा जस्ताको तस्तै फर्किन सम्भव नभएको बताएका छन्। मंगलबार पोखरामा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले त्यसो बताएका हुन्।  

माधवकुमार नेपाल समूह छाडेर एमालेमा बसेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको गुनासो गरेका बेला ओलीले पुरानै अवस्थामा फर्कन नसकिने बताएका हुन्।

'१० बुँदे समस्या समाधान गर्नका लागि हो, समस्या खडा गर्न होइन। त्यसकारण १० बुँदे के? जसो गर्दा समस्या समाधान हुन्छ, त्यसो गर्नुस् न। त्यही हो १० बुँदे। जेठ २ गते भन्नुहुन्छ, जस्ताको तस्तै चार वर्ष अगाडिको २०७५ साल कहाँबाट फर्किन्छरु जस्ताको तस्तै त फर्किँदै फर्किँदैन नि।'

प्रकाशित: २२ भाद्र २०७८ १०:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App