२१ आश्विन २०८१ सोमबार
image/svg+xml

अध्यक्ष ओली र नेपाल आज पनि होटल मेरियटमा भेट्दै

बुधबार साँझ होटल मेरियटमा दुई घण्टा बढी एक्लाएक्लै कुराकानी गरेका ओली र नेपालबीच आज दिउँसो दुई बजेपछि एक्लाएक्लै भेटवार्ता हुन लागेको हो।

ओली र नेपालबीच ‘आइस ब्रेक’

वार्तामा ओलीले नेपाललाई निसर्त पार्टीभित्र आउन र काम गर्न आग्रह गरेको तर नेपालले फागुन २८ को निर्णय खारेज गर्दै पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थाबाट अघि बढाउँदा कसैलाई पनि आपत्ति नहुने बताएको स्रोतको दाबी छ ।

नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण

नेकपा एमालेले पार्टीका नेता माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण सोधेको छ। पार्टीको आज बसेको केन्द्रीय महाविधेशन आयोजक कमिटीले पार्टी गतिविधि र संसदीय दलको अनुशासन उल्लघङ्न गरेका आरोपमा २७ सङ्घीय सांसद र कर्णाली प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको हो।

बादलले लिए शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिशमा नेकपा एमालेका नेता थापालाई गृहमन्त्रीमा पुनः नियुक्त गरेकी छन्।

एमसिसी पास गराएर सत्ता टिकाउने दाउमा ओली

बैठकमा एमसिसी सदनबाट पास गर्नुपर्ने विषय आएपछि नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाललगायतले विरोध गरेका थिए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने उनीहरूले गरेको विरोधप्रति आपत्ति जनाएका थिए। प्रधानमन्त्री ओली आफ्नो सत्ता जोगाउन राष्ट्रिय राजनीतिको मुख्य विषय बनेको विवादास्पद एमसिसीलाई पारित गर्ने तयारीमा देखिएका छन्।

‘फ्लोर क्रस’ बाट जोगिएला लुम्बिनी प्रदेश ?

४२ मत सहित अविश्वासको प्रस्तावका लागि तयारी भैरहेको यो प्रदेशमा मुख्यमन्त्री पोखरेललाई पदमुक्त गर्नका लागि बाँकी १ भोटको आवश्यक्ता पर्छ । कांग्रेसको १९, माओबादी केन्द्रका १७, जसपाका ५ र राजमोका १ सांसदले मुख्यमन्त्रीका बिरुद्ध जाने रणनीति बनाईसकेका छन् । जसपाको अनिर्णित एक मत अविश्वासको प्रस्तावका पक्षमा नआए मात्रै एमालेको नेपाल÷खनाल समुहको फ्लोर क्रस आवश्यक पर्ने छ ।

प्रम ओलीले झुटको खेती गरी भ्रम सिर्जना गर्नुभयो : नेता नेपाल

नेपाल कम्यूनिस्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले झुटको खेती गरी भ्रम सिर्जना गरेको आरोप लगाएका छन्।

ओलीको निम्तो दाहालबाट अस्वीकृतः बालुवाटार होइन, सिंहदरबारमा भेटाैं

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटघाट नगर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले भेटघाटको प्रस्ताव राख्दै शुक्रबार दाहाललाई फोन गरेका थिए । दाहालले ‘भेटघाट बालुवाटारमा होइन, सिंहदरबारमा गरौं । अबदेखि बालुवाटारमा भेटघाट नगरौं’ भन्ने जबाफ दिँदै आफू बालुवाटार नआउने स्पष्ट पारे ।

कर्णालीमा फ्लोर क्रस : यो संकेत मात्रै हो

‘कर्णालीमा भएको फ्लोर क्रस मतदान संकेत मात्रै हो, नकारात्मक ढंगबाट ओली जी हिँडे हाम्रा पनि बिकल्पहरु थुप्रै छन् भन्ने उदाहरण कर्णालीमा देखाएका हौँ,’ ज्ञवालीले नागरिकसंग भने ‘यदि अँझै त्यहि नकारात्मकताको बाटोमा हिँडिरहे हाम्रा यस्ता कैयन बिकल्पहरुलाई अन्य प्रदेशमा पनि खुल्ला राख्ने छौँ ।’

आफ्नालाई लखेटेर बिपरित ध्रुवका महन्थहरुसँग गठबन्धन गर्नु राजनीतिक विसंगति हो : भुसाल

नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले विचार र सिद्धान्तमा असंगतीला महन्त ठाकुरसँग मिलेर सरकार टिकाउन खोज्नु गलत भएको बताएका छन्।

ओली र माओवादीबीच सांठगांठको आशंका छ : डा. कोइराला

‘कि आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्‍यो कि त अरुलाई सरकार बनाउन सहयोग गर्नुपर्‍यो हैन भने ओलीसँगै मिलेर जाने भन्नुपर्‍यो’ कोइरालाले भने,‘कांग्रेस अब चुप लागेर बस्नु हुँदैन।’

ओलीको कार्यकालमा जनताको भलो भएन अब राजसंस्था कायम गर्नुपर्छः अध्यक्ष जबरा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा जनताको भलो नभएको भन्दै प्रजातन्त्र र राष्ट्रियता सुढृद तुल्याउन दलभन्दा माथि रहने राजसंस्था र सनातन हिन्दुराष्ट्र कायम गर्नुपर्ने बताएका छन्।

किसानका लागि मेरो कित्ता कार्यक्रम आजैदेखि शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षमा नयाँनयाँ कामहरू थालनी गरेको उल्लेख गर्दै किसानका लागि आजदेखि नै मेरो कित्ता कार्यक्रम शुभारम्भ हुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्