उसको बोलीमात्र सुन्न पाएपनि कस्तो हुन्थ्यो !
घरको पेटीमा गुन्गुनाउँदै गरेकी एक वृद्धाको आवाज सुनिन्थ्यो, ‘त्यसको बोली मात्र सुन्न पाएपनि कस्तो हुन्थ्यो !’ उनी आँखाभरि आँसु पारेर भन्दै थिइन्, 'पैसा कमाएर आमाबुबाको दुःख हेर्ला भनेको त ऊ आफैँ सम्पर्कमा छैन। जसरी भएपनि घर फर्केर आइदिए हुन्थ्यो!'