२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

विद्यार्थीलाई चरम यातना दिने शिक्षिका कर्माचार्य गिरफ्तार

परीक्षामा कम अंक ल्याएको भन्दै विद्यार्थीलाई ब्लेडले हात चिर्न लगाउने शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ।

नेविसंघले बाड्यो एक हजार 'मास्क'

नेपाल विद्यार्थी संघले कोरना भाइरसको प्रकोपबाट बच्नका लागि काठमाडौंको बानेश्वरमा सर्वसाधारणलाई एक हजार मास्क वितरण गरेको छ।

सरङ्गी खेल सिक्दै विद्यार्थी

लोप हुन लागेको सरङ्गी (लट्ठी) खेल पुराना पुस्ताका लागि निकै लोकप्रिय खेल हो। मनोरञ्जनको साधनहरु गाउँमा नहुँदा यस्ता खेलहरु मार्फत सामूहिक रुपमा गाउँलेहरुलाई भेला गराएर या चाँडपर्वमा सरङ्गी खेल देखाइने गरिन्थ्यो। त्यति बेला खेल हेरे खुवै मनोरञ्जन लिने गर्दर्थे।

राजधानीमै दलित विद्यार्थीलाई डेराबाट निस्कन दवाव, घरवेटीविरुद्ध उजुरी

कैलाली घर भई काठमाडौं तारकेश्वर नगरपालिका– १० वस्दै आएकी दलित छात्रा दीपा नेपालीले महानगरीय प्रहरी बृत्त वालाजुमा घरवेटी विरुद्ध उजुरी दिएकी छिन्। उनले सोमवार तारकेश्वर – १० का घरवेटी श्रीकृष्ण विडारी तथा उनकी पत्नी विडारी बिरुद्ध उजुरी दिएकी हुन्। घरभाडामा बसेको भोलिपल्टदेखि नै घरवेटीले कथित अछुत जातको भन्दै कोठा छोड्न दवाव दिएपछि आफुले न्याय खोज्न प्रहरी समक्ष पुगेको उनले बताएकी छिन्।

पढाइविनै परीक्षाको तयारीमा विद्यार्थी

लक्ष्मी माध्यमिक विद्यालय जिल्लीमा माध्यमिक तहको नेपाली विषय पढाइ नभएको ७ महिना बित्योे। विद्यालयका प्रअसमेत रहेका नेपाली शिक्षक कुष्मराज पण्डित १५ दिनको काज विदा लिएर अमेरिका हिँडेदेखि नेपाली विषय पढाइ भएको छैन। कुनै दिन आलोपालोमा पाठ अभ्यास बाहेक ८ देखि १० सम्मको नेपाली विषय पढाइ नभएको निमित्त प्रधानाध्यापक लालचन्द्र जैशीले स्वीकार गरेका छन्।

विद्यालयको भवन नहुँदा खुल्ला चौरमा पढ्न बाध्य विद्यार्थी

यहाँको गोलञ्जोर गाउँपालिका-३ सिम्लेबसीको कुशेश्वरी प्रावि विद्यालयलाई जग्गा अभाव हुँदा विद्यालय भवन बन्न सकेको छैन। स्थानीय मनोज श्रेष्ठको नाममा हाल विद्यालय रहेको जग्गा भएको र विद्यालयकै नाममा जग्गा नभई भवन दिन नमिल्ने सम्बन्धित निकायले बताएपछि वर्षौदेखि सांघुरो दुई कोठे जीर्ण भवनमा पठनपाठन गराउन बाध्य भएको विद्यालयले जनाएको छ।

आठ हजार विद्यार्थीले दिए ज्ञान परीक्षा

नेपालको संस्कृति, रितिरिवाज र समाजिक उत्तरदायित्वको सन्देश दिने उद्देश्यसहित काठमाडौंमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा आयोजना भएको छ।

विद्यार्थीले बनाए रोबोट र जेनेरेटर

गुरासँ गाउँपालिका–३ पातिकाल्लास्थित सरस्वती माध्यमिक विद्यालयको २९ औं वार्षिकउत्सवमा विद्यार्थीहरुले कलात्मक विज्ञान सामग्रीहरु देखाएर सबैलाई चकित पारेका छन्। उनीहरुले रोवोट, कार, जेनेरेटर, डोजरलगायतका सामग्रीहरु बनाएर देखाएका थिए। ब्याट्री जोडेर उनीहरुले कार पनि गुडाए।

विद्यार्थीलाई कस्तो गृहकार्य दिने ?

पाठ्यपुस्तक पढाउनु अनि पाठ्यपुस्तकमै रहेका अभ्यासमध्ये केही छानेर गृहकार्यका रूपमा दिनुमै आफ्नो पेसागत कर्तव्य पूरा भएको ठान्ने शिक्षकको संख्या निकै बढी देखिन्छ।

कर्णाली तरेर आउने ५५ विद्यार्थीलाई 'लाइफ ज्याकेट'

कैलालीको मोहन्याल गाउँपालिका–३ मलेखाका कवीराम नेपाली सुर्खेतको चौकुने गाउँपालिकाको जगन्नाथ माविमा ११ कक्षामा अध्ययनरत छन्। घरबाट विद्यालय आउँदा बीचमा कर्णाली नदी पर्छ। उनी दैनिक कर्णाली नदीमा जोखिमपूर्ण यात्रा गर्छन्।

गाडेको शव प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले गाडेको शव नियन्त्रणमा लिएको छ। रामग्राम नगरपालिका-७ उजौनीका ९ वर्षिय विवेक पासवानको मृत्यु रहस्मय भएपछि प्रहरीले अन्तिम संस्कारकै क्रममा शव नियन्त्रणमा लिइएको हो।

पढ्दै, सिक्दै, कमाउँदै

विद्यालयले उनीजस्तै प्राविधिक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई निःशुल्क जमिन उपलब्ध गराएको छ। त्यही जमिनमा विद्यार्थीहरू पढेको कुरालाई व्यवहारमा लागू गर्छन्, उत्पादन बिक्री गरेर पकेट खर्च चलाउँछन्।

पाँचसय विद्यार्थीलाई पाकिस्तानी राजदूत छात्रवृत्ति

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशका विभिन्न उच्च माध्यमिक विद्यालयमा दशजोड दुई अध्ययन गरीरहेका पाँच सय विद्यार्थीलाई ‘एम्बासडर अफ पाकिस्तान स्कलरसिप्स्’ प्रदान गरेका छन्।

टिपरको ठक्करबाट दुई विद्यार्थीको मृत्यु

विराटनगर महानगरपालिका–४ को विराटनगर–धरान सडक खण्डमा टिपरको ठक्करबाट दुई जना मोटरसाइकलमा सवार विद्यार्थीको आज मृत्यु भएको छ।

स्ववियु निर्वाचन अन्योलमा

पटक–पटक स्थगन हुँदै आएको त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन यसपटक पनि निर्धारित समयमा नहुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्