एमालेका शीर्ष नेताहरू रास्वपाका नेताहरूसँग पछाडि
झापा क्षेत्र नं ५ मा केपी शर्मा ओलीलाई रास्वपाका बालेन्द्र शाहले निरन्तर पछि पारिरहेका छन्।
झापा क्षेत्र नं ५ मा केपी शर्मा ओलीलाई रास्वपाका बालेन्द्र शाहले निरन्तर पछि पारिरहेका छन्।
प्रारम्भिक नतिजा अनुसार प्रलोपाका जनार्दन शर्माको सुरुवाती अग्रता देखिएको छ।
इलामको निर्वाचन क्षेत्र नम्बर २ को मतगणना अहिले केहीबेरमा सुरु हुने भएको छ । साढे १२ बजेदेखि गणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत रोशन गजुरेललले जानकारी दिए ।
हिमाली जिल्ला मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका छन्। एउटा मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा थकालीले ३ हजार ३ सय ७ मत पाएका छन।
मुस्ताङमा काँंग्रेसका योगेश गौचन विजयी भएका छन्। यसको औपचारिक घोषणा हुन बाँकी छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार ४२ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ।
यस क्षेत्रमा देवघाट गाउँपालिकाको छ हजार ५६६ मतगणना भएकामा छ हजार २३४ मत सदर भएको छ ।
इलाम क्षेत्र नम्बर १ को सर्वदलीय बैठक स्थगित भएको छ । मतगणनाको विषयमा आपसी समझदारी नभएपछि बैठक स्थगित भएको छ । अनौपचारिक छलफलपछि बैठक केही बेरमा फेरि बोलाइएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर २ मा प्रारम्भिक मतगणना जारी छ।
दाङको निर्वाचन क्षेत्र नम्बर ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ।
धनकुटाकाे सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीकाे अनुसार मतगणनाकाे तयारी अन्तिम चरणमा पुगेकाे छ।
कास्की ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी बिना गुरुङको अग्रता कायमै छ। उनले अहिलेसम्म ७ हजार ५ सय ९१ मत ल्याएर अग्रस्थान ओगटेकी छिन्।
अर्को सूचना नआउन्जेलसम्म मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत कार्यालय धनुषाले जनाएको छ।
रास्वपाका उम्मेदवार देवराज पाठकले ५ हजार ९ मतका साथ अग्रता कायमै गरेका हुन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शना न्यौपाने १५ हजार ४५५ मत प्राप्त गरी विजयी भएकी छन्।