२१ आश्विन २०८१ सोमबार
image/svg+xml

चुनावमा गठबन्धन गर्ने निर्णय अराजनीतिकः शंकर पोखरेल

‘अहिले पाँच दलीय गठबन्धन नीतिको प्रश्नमा, उद्देश्यको प्रश्नमा, लक्ष्यको प्रश्नमा स्पष्ट छैन भन्ने त्यसले मुलुकलाई सही बाटो दिन कसरी सक्छ? कहिलेकाँही जनताले दिएको म्यान्डेटमा कुनै दल विशेषले बहुमत ल्याउन सकेन भने सरकार निर्माणका समयमा गठबन्धन गर्ने कुरा दुनियाँको लोकतन्त्रमा पाइन्छ। तर, चुनावमा गठबन्धन गर्ने कुरा भनेको अराजनीतिक कुरा हो।'

प्रतिकुल माैसमका कारण ओली चढेको हेलिकप्टर सिमरामा अवतरण

एमालेले रौतहटको सदरमुकाम गौरमा आयोजना गरेको पार्टी प्रवेस तथा वृहत जनसभालाई आज दिउँसो १ बजे ओलीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो। हेलिकप्टर राैतहटकाे गाैरमा अवतरण गर्ने भनिएको थियो।

मुलुकको विकास र समृद्धिका लागि गठबन्धन आवश्यक छैन: महासचिव पोखरेल

उनले अदालतमा समस्या एवम् विकृति धेरै रहेकाले त्यसको पूर्ण सुधार हुनु आवश्यक रहेको बताए। पोखरेलले मुलुकको विकास र समृद्धिका लागि गठबन्धन आवश्यक नरहेको चर्चा धारणा व्यक्त गरे।

एमालेलाई ढाल्न प्रचण्ड र माधव काँग्रेसको बिँड बनेका छन्ः ओली

'अनि अरु रुखहरुले सोधे–किन यसरी आँशु खसाएर रोएको? आखिर ढल्नु त छदैछ, मर्नु त छँदैछ। अब ८ अर्व वर्षपछि केही विचमा भएन भने, केही बीचमै भयो भने त ध्वस्त भइहाल्छ। बीचमा केही पनि भएन भने पनि २३ सिटमा पुर्‍याएको काँग्रेसले हामीतिर लडने त होइन, लडने कुरा छाडिदिउ, सोझो हेर्ने अवस्था पनि थिएन। यिनै बिँडले कम्युनिष्ट आन्दोलन भाँडेर, सरकार फुटाएर, अदालत गएर कम्युनिष्ट सरकार ढालीपाउ, दक्षिणपन्थी सरकार गठन गरी पाउँ भनेका हुन्। काँग्रेसको बिँड हेर्नुस्त कस्ता छन्? एमाले सिध्याउने, भनेका बिँड कस्ता छन्। के–के नामका छन्?'

निर्वाचनप्रति एमालेले असन्तुष्टि जनाइरहेका बेला सञ्चारमन्त्रीद्वारा स्पष्टीकरण

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आफ्नो दलसँग परार्मश समेत नगरी सरकारले निर्वाचनको मिति घोषणा गरेको भन्दै असन्तुष्टि जनाइरहेका बेला मन्त्री कार्कीले यस्तो स्पष्टीकरण दिएका हुन्।

सरकारले प्रधानसेनापतिलाई आईपीएसको कार्यक्रममा पठाएर देश द्वन्द्वतिर धकेल्योः रावल

सांसद रावलले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा संलग्न हुँदैनौँ भनेर पत्र पठाएको भनेपनि प्रधानसेनापतिलाई आईपीएसको कार्यक्रममा पठाएर नेपाललाई द्वन्द्वतिर धकेलेको बताए। उनले सरकार विदेशी शक्तिसँग घुँडा टेकेर र थर्कमान भएर जनता र जनताका प्रतिनिधिहरुलाई एसपीपीको बारेमा पूर्ण जानकारी गराउन डराइरहेको बताए।

देशलाई निर्दलीय अभ्यासतिर धकेलिएको छः डा. भीम रावल

अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी)देखि लिएर, एमसीसीदेखि लिएर भर्खरै केही समय अगाडि माथिल्लो कर्णालीमा जिएमआर कम्पनीसँग गरिएको सम्झौंताको ठाडो उलंघन गरेर सरकारले कुनै हिच्किचाहट नगरी २ वर्ष म्याद थप गर्ने जस्ता राष्ट्रिय स्वाधिनतामाथि नै प्रहार गर्ने काम भइरहेको उल्लेख गर्दै नेता रावलले त्यस्ता व्यक्तिलाई तत्काल कारबाही हुनुपर्ने पनि बताए।

विप्लव समूहका नेतालाई पक्राउ पूर्जी जारी गरेकोप्रति एमालेको आपत्ति

‘हालै सरकारले नेपाल कम्युनिष्ट पार्टीको विप्लव समूह भनेर चिनिने एउटा समूहलाई फेरि थप कारबाहीको लागि पत्र पठाएको हामीले सुन्यौँ। सञ्चारमाध्यमबाट आएको यो समाचार सत्य हो भने कुनै बेला हिंसाको बाटो रोजेको र तन्केर सशस्त्र युद्धमा होमिएको समूहलाई तत्कालीन केपी शर्मा ओलीको सरकारले ३ बुँदे सहमति गरेर हिंसाबाट शान्तिपूर्ण बाटोमा ल्याएका थियौँ।'

महँगी र भ्रष्टाचारविरुद्ध एमालेको जनप्रदर्शन (फोटोफिचर)

गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यान्नको मूल्यवृद्धि र हरेक क्षेत्रमा जीवनयापनको मूल्यवृद्धिको विषयलाई लिएर एमालेले विरोध प्रदर्शन गरेको हाे।

एमालेको जनप्रदर्शन सुरु

मुलुकमा महँगी, भ्रष्टाचारलगायतका गतिविधि बढेको भन्दै सोको विरोधमा राजधानीका विभिन्न स्थानबाट र्‍याली सुरु भएको हो। जनप्रदर्शन आयोजक कमिटीका कृष्णगोपाल श्रेष्ठका अनुसार जनप्रदर्शन दिउँसो वसन्तपुरमा मिसिएर भित्री सहर प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटी हुुँदै शान्तिबाटिकामा पुगेर समापनसभामा परिणत हुनेछ।

शर्मामाथि भएकाे छानविन प्रतिवेदन जनताले पनि अस्विकार गर्नुपर्छ: ओली

‘इन्टरनेशनल छानविन गरौं। यो देशविरुद्धको अपराध हो। देशको अर्थतन्त्र माथिको गम्भीर अपराध हो। जनताले राजस्व तिर्नुपर्छ। उद्योग, व्यवसाय यहाँ चलाउनुपर्नेछ। व्यवसायीको घाटी निमोठिएको छ। केही औद्योगिक घराना पोस्नका लागि देशको उद्योग र अर्थतन्त्रलाई जानीजानी धराशायी पार्ने अपराध गरिएको छ। मामुली कुरा हो यो? आइन्दा सच्याउला भन्ने कुरासम्म पनि छैन।'

'बलात्कार आरोपी सिद्धबाबालाई मन्त्रीले भेटेपछि नेपाली महिलाले के सोच्ने?'

'सिद्धबाबा भनेर चिन्ने गरिएको छ। ती व्यक्ति जोडिएको जहाँ हाम्रो सरकारका मन्त्री, महान्यायाधिवक्ता समेत सो महायज्ञमा गएर आफ्नो उपस्थिति जनाउँदाखेरी यो मुलुकका नेपाली महिलाहरुले, नेपाली जनताहरुले के ठानेका छन् भन्ने कुरा सोच्ने कि नसोच्ने सरकार पक्षले?'

गृहजिल्ला झापामा ओली

नेता-कार्यकर्ता तथा मतदातासँग तीन दिनसम्म चल्ने अन्तरक्रियाका लागि बुधबार झापामा पुगेका हुन्। अध्यक्ष ओलीले आज आफ्नो निर्वाचन क्षेत्र झापा ५ का चार वटै पालिकाका अगुवा कार्यकर्तासँग अलग-अलग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।

तीन दिनसम्म ओली झापामाः भेटघाट गर्न चाहने नेता-कार्यकर्ताको नाम संकलन

बिर्तामोडमा हुने एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने बाहेक १३ गते साँझसम्म उनले झापाका नेता, कार्यकर्ता र मतदाताहरुसँग एक्लाएक्लै तथा सामूहिक रुपमा भेटघाट गर्ने छन्।

विकसित देशमा मंकीपक्सले हायलकायल बनाएको छ, नेपाल सरकार मौनः योगेश भट्टराई

‘अमेरिका, बेलायत लगायतका विकसित देशमा पनि मंकीपक्सले हायलकायल बनाएको छ। हाम्रो सरकार नेपाल सरकारले यसबारेमा अहिलेसम्म पनि कुनै सार्वजनिक ढंगले नेपाली जनतालाई सुसुचित गरेको छैन। सरकार मौन बसिरहेको छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्