coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

तीन दिनसम्म ओली झापामाः भेटघाट गर्न चाहने नेता-कार्यकर्ताको नाम संकलन

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तीन दिनसम्म झापा क्षेत्रनम्बर ५ का कार्यकर्ता र मतदातासँग अन्तरक्रिया गर्ने भएका छन्। ओली बुधबार बिर्तामोडमा उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा सहभागी हुनेछन्।

नेकपा एमाले प्रदेश १ कमिटीका सचिवालय सदस्य एवम् झापा जिल्ला इञ्चार्ज होमबहादुर थापाका अनुसार बुधबार झापाको बिर्तामोडमा हुने एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने बाहेक १३ गते साँझसम्म उनले झापाका नेता, कार्यकर्ता र मतदाताहरुसँग एक्लाएक्लै तथा सामूहिक रुपमा भेटघाट गर्ने छन्।

त्यहाँ ओलीसँग भेटघाट गर्ने नेता-कार्यकर्ताहरुको नामावली पहिले नै संकलन गरिसकेको थापाले बताए। (भोलि) बिहीबारदेखि भने सार्वजनिक कार्यक्रममा सहभागी नभएर कार्यकर्ता लक्षित कार्यक्रम तय गरिएको उनले बताए।

बिहीबार बिहान ९ बजेदेखि नै ओलीले कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ। ओलीले दमक, गौरादह, कमलका स्थानीय जनप्रतिनिधि, युवासंघका प्रतिनिधि, अगुवा कार्यकर्ता र मतदाताहरूसँग छलफल गर्ने छन्।

प्रकाशित: ११ श्रावण २०७९ ०७:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App