२१ आश्विन २०८१ सोमबार
image/svg+xml

ओली गुटले नागरिकता विधेयक विरोध गर्नु राष्ट्रवादको मुकुण्डो लगाएर भोट बटुल्न खोज्नु होः प्रचण्ड

‘राजनीतिक स्थायित्व र विकासको सपना देखेर हामीले नेकपा बनाएका थियौँ। केपी ओलीलाई मेरै प्रस्तावमा प्रधानमन्त्री बनाइएको थियो, उनले भने, ‘तर दुर्भाग्य, जे सपना देखेर गरेका हौँ। त्यो सपना चकनाचुर भयो।’

ओली र प्रधानमन्त्री देउवाबीच भेटवार्ता: के-के कुराकानी भयो?

अध्यक्ष ओलीसँगै एमालेका नेताहरू सुवास नेम्वाङ र विष्णु पौडेल पनि बालुवाटार पुगेका थिए। भेटवार्तामा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए।

एमालेसँग गठबन्धन गर्न चाहने पार्टीलाई ढोका खुला छः पृथ्वीसुब्बा गुरुङ

‘गठबन्धन गर्नै हुँदैन भनेर ढोका बन्द गरेर बसेको पार्टी एमाले होइन। एमालेसँग जो–जो गठबन्धन गर्न चाहन्छ, त्यो पार्टीहरुलाई ढोका खुला छ। तर हामी के भन्दैनौ भने गठबन्धन भएन भने एमाले चुनावमा जाँदैन एमाले चुनावमा हार्छ भन्ने मानसिकता चाहाँदैनौ। हामी एक्लैले चुनाव जित्नसक्छौँ। चुनाव लड्नुपर्छ। चुनौतीको सामना गर्नुपर्छ।’

गठबन्धन सरकार बनेको एक वर्षमा देश तहसनहस भयोः ओली

सत्ता गठबन्धनकै सरकारका कारण बेतिथि उत्कर्षमा पुगेको बताए। परमादेशबाट बनेको सरकारले जनादेश प्राप्त गरेर फेरि पनि अहिले सरकारमा भएका दलहरूको सरकार बन्यो भने ओलीकै शब्दमा त्यो सरकारले मान्छे कुट्दै हिँड्ने उनले दाबी गरे।

ठूला उद्योगी र व्यवसायीको बैंक कब्जाले सानालाई ऋणनै नपाउने अवस्था आउँदा पनि सरकार बेखबर: लालबाबु पण्डित

त्यस्तै देशका उद्योगी र ठूला व्यवसायीहरुले बैंकहरु आफ्नो नियन्त्रणमा लगे। त्यसकारणले गर्दाखेरी साना उद्योगी र साना व्यापारीहरुले बैंकबाट ऋण पाउने स्थिति भएन। त्यसकारणले गर्दाखेरी साना उद्योग र व्यवसायहरु धरासायी हुँदै गएको कुरा मैले जानकारी गराउन चाहन्छु।’

सरकार बिचौलियाहरुबाट कमाउने धन्दामा लागि परेको छ: एमाले सांसद सुनुवार

आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नेताहरु चुनावका लागि चन्द संकलनमा व्यस्त रहेको, कर्मचारीहरु कमिशनमा चलेको, ठेकेदारहरु कामै नगरी कमाउने धन्दामा लागेको भन्दै आपत्ति समेत जनाए।

निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छः अध्यक्ष ओली

'लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ, दलबीच प्रतिस्पर्धा गरौँ, शत्रुता होइन', उनले भने।

यो देशलाई माथि उठाउन एमाले चाहिन्छः ओली

‘तराई मधेशलाई झुक्याउन खोजियो। तराई मधेशलाई झुक्याएर गलत बाटोमा लान खोजियो। आज तराई मधेश जागरुक भएको छ। र, सही बाटो पहिल्याउँदै अगाडि बढेको छ। पाँच दलीय गठबन्धन। अझ त्यो नपुगेर त्यसलाई विस्तार गर्नका लागि कुँदिराखेका छन्। कहिले आठ दलीय गठबन्धन बनाउने, कहिले के बनाउने भनेर। यो गठबन्धन किन बनाउनु पर्‍यो? यति साह्रो गठबन्धन किन बनाउन पर्‍यो।'

केपी ओली र रेखाबीच समसामयिक राजनीतिक विषयमा छलफल

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले राप्रपासँग तालमेल गर्न सक्ने सम्भावनाको पृष्ठभूमिमा ओलीसँग रेखा र कुन्तीले भेट गरेका हुन्।

ओलीको संयोजकत्वमा एमालेले गठन गर्‍यो निर्वाचन परिचालन कमिटी

उपमहासचिव पृथ्वीसुब्बा गुरूङका अनुसार आज बसेको पार्टी सचिवालय बैठकले केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ।

पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ: खगराज अधिकारी

नेता अधिकारीले घटाउनुपर्ने पेट्रोलियम पदार्थको मूल्य नघटाउँदा यसबाट नेपाली जनता प्रत्यक्षरूपमा महँगीको मारमा परेको तर्क गरे।

सरकारबाट स्वास्थ्य शिक्षालाई निषेध गर्ने काम भइरहेको छः ओली

‘स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गरी सरकारी क्षेत्र अगाडि बढिराखेको छ। यसलाई त मेडिकल हव बनाउनुपर्ने हो। मेडिकल एजुकेशन हव बनाउनुपर्ने हो। उपचार अस्पतालको हव बनाउनुपर्ने हो–यो देशलाई। यहाँको हावापानी र भूगोल नै ती चीजहरुलाई दिन्छ।'

कांग्रेस सरकारले राम्रो काम गर्दा पनि एमालेले साथ दिएनः सांसद देव

'यो युगान्तकारी, ऐतिहासिक कामहरु सरकारले गरेको छ। यसबारेमा प्रमुख प्रतिपक्षका साथीहरुले के भन्नु हुन्छ? यो पनि ठिक गरेन? यो कस्तो खालको संस्कार हामीले विकास गरिराखेका छौं? जबकी पार्लियामेन्ट्री डेमोक्रेसीमा प्रतिक्ष भनेको रचनात्मक प्रतिपक्षको भूमिका हुन्छ। र, हुनुपर्छ।'

आगामी निर्वाचनपछि सांसदको संख्या बढी हुने खतरा छः खगराज अधिकारी

‘हामी हाम्रो निर्वाचन चिन्हमा र हाम्रो विचारसँग सहमत हुने सबैलाई मुल ढोका खुला छ। राष्ट्रिय स्वाधिनता र स्वाभिमानको लडाइँमा यो भूराजनीतिमा नेपालको अस्तित्व रहनेकी नरहने भन्ने लडाइँमा उहाँहरु विदेशीका लागि कम्फरटेबल हुनेहरु गठबन्धन गर्दै जान्छन्, हामी देशका लागि कम्फरटेबल हुनेहरु जो छौँ मिल्छौँ। हामी हाम्रै खुट्टामा उभिन्छौँ।'

अहिलेको निर्वाचन प्रणाली भड्किलो र महंगो छः सांसद पहाडी

‘अहिले हाम्रो समस्या निर्वाचनमा छ। निर्वाचन महंगो छ, भड्किलो छ। महिलाहरु मात्रै होइन, पुरुषहरु पनि पहिलो हुने निर्वाचन प्रणालीबाट भागेर समानुपातिकतिर जान खोजिरहनुभएको छ। किनभने जीवनभर राजनीति गर्नुभएको छ, चुनाव लड्न पैसा छैन। त्यसकारण प्रत्यक्षबाट भागेर समानुपातिकमा बस्नको लागि प्रतिस्पर्धा र होडबाजी छ। समस्या त्यहाँ छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्