८ वैशाख २०८१ शनिबार
राजनीति

ठूला उद्योगी र व्यवसायीको बैंक कब्जाले सानालाई ऋणनै नपाउने अवस्था आउँदा पनि सरकार बेखबर: लालबाबु पण्डित

फाइल तस्बिर।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद लालबाबु पण्डितले ठूला ठेकदारहरुले ठेक्कापट्टा कब्जा गर्ने गरी सरकारले नीति बनाएकाले विकास, निर्माणको काम अवरुद्ध भइरहेको आरोप लगाएका छन्। 

उनले ठूला उद्योगी र व्यवसायीहरुले बैंकहरुलाई नियन्त्रणमा लिएकाले साना व्यापारी र उद्यमीहरुले बैकबाट ऋणनै नपाउने अवस्था आउँदा पनि बेखवर भएको भन्दै सरकारको चर्को आलोचना गरे।  

सांसद पण्डितले भने, ‘देशको विकास, निर्माणको कानुन तीव्र गतिमा अगाडि बढेन। किनभने ठूला ठेकदारहरुले ठेक्कापट्टा कब्जा गर्ने नीति अन्तरगत गए। काम गर्ने नीति अन्तरगत गएन। त्यसकारण विकास अवरुद्ध भएको छ। त्यस्तै देशका उद्योगी र ठूला व्यवसायीहरुले बैंकहरु आफ्नो नियन्त्रणमा लगे। त्यसकारणले गर्दाखेरी साना उद्योगी र साना व्यापारीहरुले बैंकबाट ऋण पाउने स्थिति भएन। त्यसकारणले गर्दाखेरी साना उद्योग र व्यवसायहरु धरासायी हुँदै गएको कुरा मैले जानकारी गराउन चाहन्छु।’

प्रकाशित: ३१ श्रावण २०७९ ०८:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App