६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

आगामी निर्वाचनपछि सांसदको संख्या बढी हुने खतरा छः खगराज अधिकारी

नेकपा (एमाले)का सांसद खगराज अधिकारीले आगामी निर्वाचनपछि संविधानले तोकेको सीमा भन्दा बढी सांसदहरु हुने जोखिम रहेको बताएका छन्।

मंगलबार संसद बाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा सांसद अधिकारीले मनोनयन दर्ता गर्ने सांसदरुहको त्यसपछि समय सकिएपछि मनोनयन नगर्ने सांसदरुको समय आगामी फागुन २१ गतेसम्म रहने कुरा रहेको बताएका हुन्।

उनले कुनैपनि मनोनयन दर्ता नगराएका सांसद फागुन २१ गतेसम्म सांसद हुन पाउनुपर्छ भनेर मुद्दा हाल्न गएमा सांसदको संख्या संविधानले तोकेको भन्दा बढी हुने खतरा रहेको बताए। उनले आगामी निर्वाचनमा राष्ट्रिय स्वाधिनता र स्वाभिमानको लडाइँमा र भूराजनीतिमा नेपालको अस्तित्व रहनेकी नरहने भन्ने लडाइँमा विदेशीका लागि कम्फरटेबल हुनेहरु र देशका लागि कम्फरटेबल हुनेहरुबीचको प्रतिस्पर्धा हुने बताए।

उनले भने, ‘हामी हाम्रो निर्वाचन चिन्हमा र हाम्रो विचारसँग सहमत हुने सबैलाई मुल ढोका खुला छ। राष्ट्रिय स्वाधिनता र स्वाभिमानको लडाइँमा यो भूराजनीतिमा नेपालको अस्तित्व रहनेकी नरहने भन्ने लडाइँमा उहाँहरु विदेशीका लागि कम्फरटेबल हुनेहरु गठबन्धन गर्दै जान्छन्, हामी देशका लागि कम्फरटेबल हुनेहरु जो छौँ मिल्छौँ। हामी हाम्रै खुट्टामा उभिन्छौँ। हामीलाई वित्तीय गठबन्धन गर्नु छैन। मनोनयन दर्ता गरेपछि अवधि सकियो भन्नेछ, मनोनयन दर्ता नगर्नेको फागुन २१ गते भनेर व्याख्या गर्न बेर छैन। शपथ खाएको दिनसम्म भन्न बेर छैन। सांसदहरु एकै पटक धेरै हुने भए। तोकिएको संविधानको सीमा भन्दापनि बढी हुने भए। निर्वाचित भएर आएका र शपथ २१ गते भएकोले ती पनि हुनेभए। त्यो बेलासम्म हुन्छ भनेर मुद्दा हाल्यो भने यो अदालतले त ती पनि हुन् भन्ने भयो । यस्तो गन्जागोल यही गठबन्धनले पारेको हो।’

सांसद अधिकारीले आगामी संघ र प्रदेश सदस्य निर्वाचनमा आफ्नो निर्वाचन चिन्ह र  विचारसँग सहमत हुनेहरुसँग कतिपय ठाउँमा मिलेर जाने बताए।

प्रकाशित: २४ श्रावण २०७९ १०:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App