१५ मंसिर २०८१ शनिबार
image/svg+xml

विद्यालय बन्द गर्नुपर्ने अवस्था छैन: शिक्षामन्त्री

कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राख्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विद्यालय, शिक्षक, अभिभावक, विश्वविद्यालयका उपकुलपति, विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव, अध्यक्ष, मन्त्रालयका कर्मचारीहरूलालयमै डाकेर सतर्कताका उपायबारे छलफल गरेको छ।

सैनिक आवासीयलाई प्रधानसेनापति अन्तर विद्यालय टी-२० क्रिकेटको उपाधि

सैनिक आवासीय महाविद्यालयको १३ औं प्रधानसेनापति अन्तर विद्यालय टी-२० रनिङ क्रिकेट प्रतियोगिता २०७६ को उपाधि सैनिक आवासीय महाविद्यालयले हासिल गरेको छ। नेपाली सेनाका बलाध्यक्ष रथी गौरव तन्दुलले प्रधानसेनापति अन्तर विद्यालय टी-२० रनिङ क्रिकेटमा प्रथम हुन सफल खेलाडी टोलीलाई बिहीबार नगद एक लाख, ट्रफी र प्रमाणपत्र वितरण गरे।

मदन भण्डारी विश्वविद्यालयमा अध्यक्षको चयन गर्न समयअवधि तोक्नुपर्ने सांसदहरुको माग

सांसदहरुले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्व विद्यालयमा अध्यक्षको चयन गर्न समयअवधि तोक्नुपर्ने, विश्वविद्यालयमा स्थानीय जनप्रतिनिधिको प्रतिनिधित्व हुनुपर्ने तथा महिलाको सहभागिता अनिवार्य हुनुपर्ने बताएका छन्।

विद्यालयमा निर्वाचन शिक्षा कार्यक्रम

जिल्ला निर्वाचन कार्यालय खोटाङले विद्यालय स्तरिय निर्वाचन क्षेत्र कार्यक्रम सुरु गरेको छ। निर्वाचनका क्रममा हुने बदर मतलाई न्यूनिकरण गर्नका लागि निर्वाचन कार्यालयले जिल्लाका विभिन्न विद्यालयमा कक्षा ९ र १० का छात्रछात्रालाई सहभागी गराएर निर्वाचन शिक्षा विशेष कार्यक्रम सुरु गरेको हो।

अख्तियारद्वारा विद्यालयका प्रअ र अध्यक्ष पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई घुससहित पक्राउ गरेको छ।

विद्यालयको भवन नहुँदा खुल्ला चौरमा पढ्न बाध्य विद्यार्थी

यहाँको गोलञ्जोर गाउँपालिका-३ सिम्लेबसीको कुशेश्वरी प्रावि विद्यालयलाई जग्गा अभाव हुँदा विद्यालय भवन बन्न सकेको छैन। स्थानीय मनोज श्रेष्ठको नाममा हाल विद्यालय रहेको जग्गा भएको र विद्यालयकै नाममा जग्गा नभई भवन दिन नमिल्ने सम्बन्धित निकायले बताएपछि वर्षौदेखि सांघुरो दुई कोठे जीर्ण भवनमा पठनपाठन गराउन बाध्य भएको विद्यालयले जनाएको छ।

हिन्दु संस्कार सिकाउने एकल विद्यालयले मनायो स्थापना दिवस

जनकल्याण प्रष्ठिान अभियानाको एकल विद्यालयले मंगलबार विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको छ। बालबालिकालाई हिन्दु संस्कार सिकाउने एकल विद्यालय अन्तर्गत अमरगढी नगरपालिका संचले विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाएको छ।

दुई अध्यक्ष टकरावले विद्यालय भद्रगोल

वडाध्यक्ष र व्यवस्थापन समिति अध्यक्षबीचको टकरावले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा चिउरीडाँडास्थित अन्नपूर्ण मावि द्वन्द्वमा फसेको छ।

वडाध्यक्ष र विव्यास अध्यक्षका कारण विद्यालय भद्रगोल

वडाध्यक्ष र व्यवस्थापन समितिका अध्यक्षका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित अन्नपूर्ण मावि द्धन्द्धमा फसेको छ। वडाध्यक्ष लिला चौहान र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयप्रकाश राईबीचको आन्तरिक विवादको असर विद्यालयमा परेको हो। द्धन्द्धका कारण विद्यालयको शैक्षिक वातावरण खलबलिएको छ। बढ्दो द्धन्द्धका कारण विद्यालयको बिग्रँदो शैक्षिक वातावरणप्रति अभिभावक चिन्तित छन्।

विद्यालय सुधार्दै व्यवस्थापन समिति

जिल्लाको एक सामुदायिक विद्यालय आँट गरे सुधार्न गर्न सकिन्छ भन्ने उदाहरण बन्न थालेको छ। चाहेमा शैक्षिक सुधार गर्न सकिने प्रमाण देखाएको बालकल्याण नमुना माध्यमिक विद्यालयमा यतिबेला विद्यालय ब्यबस्थापन समिति थप सकृय बनेको छ।

शिक्षक नियमित गर्न विद्यालयमा विद्युतीय हाजिरी

नियमित पठनपाठन र शिक्षक निरन्तरताका लागि जगन्नाथ गाउँपालिकाले विद्यालयमा विद्युतीय हाजिरी सुरु गरेको छ। विद्यालयमा शिक्षकको निरन्तरता र विद्यालय समयभित्र अनिवार्य पठनपाठन गराउन गाउँपालिकाले विद्युतीय हाजिरी सञ्चालन गरेको हो।

खाली गराउन प्रशासनको पत्र

१३ वर्षदेखि अतिक्रमणको चपेटामा परेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय च्युरीखेतको १० विघा जमिन खाली गराउन जिल्ला प्रशासन कार्यालय सुर्खेतले पञ्चपुरी नगरपालिका र इलाका प्रहरी कार्यालय बावियाचौरलाई निर्देशन दिएको छ।

सामुदायिक विद्यालयको अवस्था सुधार गर्नुपर्छ : मुख्यमन्त्री पौडेल

बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता डोरमणि पौडेलले सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार गर्नुपर्ने बताएका छन्।

पढ्दै, सिक्दै, कमाउँदै

विद्यालयले उनीजस्तै प्राविधिक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई निःशुल्क जमिन उपलब्ध गराएको छ। त्यही जमिनमा विद्यार्थीहरू पढेको कुरालाई व्यवहारमा लागू गर्छन्, उत्पादन बिक्री गरेर पकेट खर्च चलाउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्