२० आश्विन २०८१ आइतबार
image/svg+xml

बालविवाहमुक्त वडा घोषणा

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ। गाउँपालिकाको कार्यालयमा वडा कार्यालयद्वारा आयोजित बालविवाहमुक्त घोषणा सभामा प्रदेश नं २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले बालविवाहले समाजमा परिवर्तन नहुने बताए।

बालविवाह रोक्ने रणनीति बनाउँदै स्थानीय तह

बालविवाह रोकथामको लागि बैतडीका स्थानीय तह रणनीतिक योजना बनाउन थालेका छन्। जिल्लाका ६ वटा स्थानीय तह रणनीतिक योजना बनाउन जुटेका हुन्।

एकै वडामा १६३ को बालबिबाह

बालविवाह समाज, क्षेत्र वा जाति विशेषभन्दा पनि सबैमा समान रहेको पाइएको छ। यसरी पुण्यका नाममा बालविवाह गर्नेमा जनजाति पाँच, दलित ६०, क्षेत्री समुदायमा ९८ रहेको उक्त संस्थाले गरेको अनुसन्धानमा देखिएको छ। मुख्यतया बालविवाह परिवारको दवाब, मोबाइल तथा इन्टरनेटको प्रयोग, लहैलहैमा, गरीबी, राम्रो घर परिवार पाउँदा, चाँडो विवाह गर्ने मान्यता, मेला पर्वमा, भविष्य राम्रो हुने आशामा हुने गरेको छ।

बालविवाह रोक्न किशोरीको घरमा हरियो झण्डा

यसअघि जिल्लाका विभिन्न क्षेत्रमा बालविवाह न्यूनीकरणको लागि धार्मिक अगुवा, धामी, झाक्री, पुजारीलाई समेत तालिम दिइएको थियो। धामी, पुजारीले बालविवाहका बेफाइदाबारे जानकारी गराउँदा सर्वसाधारणमा राम्रो प्रभाव पर्ने भएपछि धार्मिक अगुवालाई अघि सारिएको हो। चेतना अभाव र धार्मिक अन्धविश्वासले यहाँ बालविवाह गर्ने क्रम रोकिएको छैन। छोरीलाई कम उमेरमै कन्यादान गर्दा पुण्य पाइन्छ भन्ने मान्यताले बालविवाह जटिल समस्याको रुपमा रहेको छ। देशमै बालविवाह बढी हुने पाँच जिल्लामध्ये बैतडी पनि एक हो।

मण्डपमै बालविवाह रोकियो

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्डेमा प्रहरीले बालविवाह रोकेको छ। १६ वर्ष उमेरकी दाहाल थरकी बालिकाको विवाह हुन लागेको जानकारी पाई प्रहरीले विवाह मण्डपमै पुगी विवाह रोकेको हो।

बालविवाहविरुद्ध सामुहिक लड्ने प्रतिबद्धता

‘गाउँमा कतैबाट बिहे भोजको निम्तो आयो र तपाई त्यहाँ भोज खान जानु भयो तर त्यो बालविवाह हो भने तपाई भोज खाएर फर्किनु हुन्छ कि के गर्नुहुन्छ सर?’ अछामको मेल्लेख गाउँपालिका अध्यक्ष लोकबहादुर बोहरालाई लक्षित गर्दै तुलाराम रोकायाले प्रश्न सोधे।

पढ्ने उमेरमा काखमा छोेराछोरी

एक छोरा र दुई छोरीकी आमा सानुकान्छी चेपाङ २१ वर्षकी भइन्। ३ वर्षको उमेरमा भागेर बिहे गरेकी बेनिघाट रोराङ गाउँपालिका–१ चिम्माङकी उनको दैनिकी अहिले काखे बच्चा स्याहार र घरधन्दामा बित्छ। ‘१३ वर्षको उमेरमा ख्यालख्यालमै भागियो, सानैमा बच्चा जन्मिएपछि निकै गाह्रो भयोे,’ उनले भनिन्, ‘सानैमा विवाह गरियो, अहिले पढ्न मन लाग्छ तर कामधन्दा कसले गरिदेओस्, अब मेरो भाग्य यस्तै हो भन्ने लाग्छ।’

सुत्केरी हुने ३० प्रतिशत आमा २० वर्षमुनिका

रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका–१० की पार्वती खड्काको १४ वर्षको उमेरमा विवाह भयो। त्यो बेला उनलाई विवाह एक रमाइलो खेल हो जस्तो मात्रै लागेको थियो। तर विवाह भएको एक वर्षमै पहिलो सन्तान छोरी र ३० वर्ष नपुग्दै चार सन्तान भए। सुत्केरी अवस्थामा पोषिलो खाना र स्याहारसुसार नपाएका कारण पार्वतीको स्वास्थ्यमा समस्या सिर्जना भयो। ३५ वर्षको उमेरमै पाठेघर फाल्नुप-यो।

नाटकमा महिनावारी, गोठ, बलात्कार र गर्भपतन

उमेरले पन्ध्र वर्ष टेकेकी टिउकीलाई आमाबुवाको दबाबमा पोल्लो गाउँका पन्ध्र वर्षकै राईदासेसँग पठाइयो। उमेरले दुवै जना किशोरावस्थामा छन्। घरायसी काममा सघाउनु पर्ने भन्दै उमेर नपुग्दै विहे गरिदिए अभिभावकले। उच्च शिक्षा दिनुपर्ने पिरलो आमाबुवामा थियो। दुवै पक्षका अभिभावकले २० वर्ष नपुग्दै विवाह गर्नु गैरकानुनी भएपछि अनौपचारिक रुपमा विवाह गराए।

बालविवाह विरुद्ध क्लबको अभियान

अछामको वान्नीगढी जयगढ गाँउपालिका उपाध्यक्ष लोगबहादुर साउद आइतवार दिउँसो कार्यालयको काममा व्यस्त थिए। कार्यालयमा झुण्डिएको घडीले २ः३० बजेको संकेत गरिरहेको थियो। दुई जना कलिला नानीहरु साउदलाई खोज्दै उनको कार्यकक्षमा आइपुगे। ‘सर हाम्रो गाँउमा बालविवाह भयो रोकिदिनु पर्यो’ भन्दै नानीहरुले गाँउपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक साउदलाई निवेदन बुझाए।

जुम्लामा पहिलोपटक बालविवाह मुद्दा दर्ता

तिला गाउँपालिका ३ की परिवर्तित नाम जेटक्यू लाई चन्दननाथ नगरपालिका १० वस्ने दीपक कामीले ललाईफकाई भगाएको जाहेरी जिल्ला प्रहरी कार्यालयमा परेपछि पहिलो पटक जिल्लामा बालविवाह कसुर मुद्दा दर्ता भएको हो।

बालविवाह गराउने बाबु पक्राउ

प्रहरीले बालविवाह गराउने दुलाहा र दुलहीका बुवालाई पक्राउ गरेको छ। आइतबार पक्राउ परेका उनीहरुलाई बालविवाह अन्तर्गतको मुद्दा दायर गरिएको छ।

बालविवाहविरुद्ध १५ हजारलाई प्रतिबद्ध गराइने !

बालविवाहविरुद्ध १५ हजार व्यक्तिले साझा प्रतिबद्धता जनाउने भएका छन्। सोमबारबाट सुरु बालविवाहविरुद्धको सञ्चार अभियानमा देशभरिका ७७जिल्लाका १५ हजार व्यक्तिले प्रतिबद्धता जनाउनेछन्।

रोकिएन मुगुमा बालविवाह : ३२ वर्षको उमेरमा ७ सन्तान

छायानाथ रारा नगरपालिका ३ साँयाखोलाकी २५ वर्षीया ईश्वरमाया कामी २५ वर्षकी भइन्। उनको १६ वर्षको उमेरमा बिहे भएको हो। विपन्न परिवारकी उनी ६ बच्चाकी आमा भइसकिन्। उमेर २५ वर्षको भए पनि उनको शरीर ४० वर्षकी महिलाको जस्तै देखिन थालिसक्यो। उनका पति ज्याला मजदुरी गर्छन् भने उनी बच्चा बोकेरै भए पनि गिट्टी कुट्ने काम गर्छिन्। कामी मात्र होइन, किशोरावस्थामै आमा बन्ने किशोरी मुगुमा थुप्रै छन्। दशकअघि बालविवाहको चरम रुप देखिने मुगुमा यो संख्या अझै उस्तै छ।

१३ वर्षमै एकल

गत वर्षको असोज महिनामा रीता गजमेरको मोबाइलमा अपरिचितको फोन आयो। फोन उठाइन्, बोलिन्। नचिनेको मान्छे भएकाले रङ नम्बर भनेर फोन काटिन्। त्यसपछि त्यही नम्बरबाट दैनिक फोन आउन थाल्यो। सुरुसुरुमा धेरै कुराकानी नभए पनि पछि फोनमै चिनजान भयो। उनलाई फोन गर्ने सुनिल विक रहेछन्। रीता र सुनिलबीच कुराकानीको क्रम लम्बिन थाल्यो। रीताले सुनिलसँग कुरा गर्ने क्रम बढाइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्