२० आश्विन २०८१ आइतबार
image/svg+xml

१७ वर्ष नपुग्दै दुई सन्तान

जिल्लाको सर्केगार्ड गाउँपालिका–३ उनापानीकी मनमती सार्की भर्खर १७ वर्षमा लागिन्। उनी दुई सन्तानकी आमा हुन्। पहिलो सन्तान जन्माउँदा उनी १४ वर्षकी मात्र थिइन्। उनका तीन वर्षका छोरा र ६ महिनाकी छोरी छन्।

बालविवाह गर्ने भारतीयलाई कैद

बालविवाह गरेको आरोपमा भारत बिहार राज्य मधुबनी जिल्ला न्यौरग्राम पञ्चायतका २३ वर्षीय नसरुल भनिने निसरुल मियाँलाई एक वर्ष कैद र पाँच हजार जरिवाना गरिएको छ।

हुँदै गरेको विवाह प्रहरीले रोक्यो

बराहताल गाउँपालिका–९ स्थित थारीगाउँकी रत्नकला मर्याङ्गीको घरमा छोराको विवाहको तयारी धुमधामका साथ चलिरहेको थियो। निम्त्याइएका आफन्त, इष्टमित्र र छरछिमेकीहरुले घर आँगन ढाकिएको थियो। ध्वजापताकाले घर सजाइएको थियो।

बालविवाह न्यूनीकरणमा किशोरी सक्रिय

बैतडीमा बालविवाह न्यूनीकरण गर्न स्थानीय किशोरी जुट्न थालेका छन्। बालविवाह घटाउन विभिन्न प्रयास गरिएपनि कमी नआएपछि स्थानीय किशोरी सामुहिक रुपमा अग्रसर हुन थालेका छन्।

महिलामा आङ खस्ने समस्याको प्रमुख कारण बालविवाह

डोल्पाका महिलाहरूमा आङ खस्ने समस्याको प्रमुख कारण बालविवाहा भएको एक कार्यक्रमका सहभागिले बताएका छन्।

केटीले नै मन्जुर नगरेपछि बालविवाह रोकियो

महोत्तरी प्रहरीले आइतबार एक बालविवाह रोकेको छ । जलेश्वर नगरपालिका–१ स्थित महादेव मन्दिरमा हुन लागेको विवाह केटीले नै विवाह मन्जुर नगरेपछि प्रहरीको सहयोगमा सो विवाह रोकिएको हो ।

प्रहरीद्वारा बालविवाह बदर

यहाँको एक नगरपालिकामा उमेर नपुगेर गरिएको बालविवाहालई प्रहरीले बदर गरिदिएको छ । त्रिपुरासुन्दरी नगरपालिका वार्ड–४ रंग घर भएकी १५ वर्षीया बालिका अनिसा बुढा र सोही नगरपालिका वार्ड–२ रूम घर भएका १८ वर्षीय गोबिन्द बुढाबीच हुनै लागेको विवाह प्रहरी चौकी त्रिपुराकोटले बदर गरिदिएको हो ।

अटेर गरी बालविवाह गर्ने जोडी प्रहरी खोरमा

रोल्पामा बालविवाह अत्यधिक बढेको भन्दै न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन गरिरहेका बेला अटेर गरी बालविवाह गर्ने एकजोडी विवाहमण्डपबाटै पक्राउ परेका छन्।

घट्दै बालविवाह

बाल विवाहको संख्यामा विश्वभर उल्लेख्य मात्रामा कमी आएको संयुक्त राष्ट्रसंघीय बालबालिकासम्बन्धी नियोग (युनिसेफ)ले जनाएको छ।

बालविवाह रोक्न गाउँपालिकालाई सुझाव

माथागढी गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाईमा स्थानीयहरूले बालविवाह रोक्न आग्रह गरेका छन् । उनीहरूले विद्यालयका किशोर किशोरीलाई बालअधिकारका विषयमा सचेतिकरण कार्यक्रम सञ्चालन गर्न सुझाएका हुन्।

बालविवाह अन्त्य र साझा संकल्प

सन् २०२० सम्म बालविवाह अन्त्य गर्ने सरकारी प्रतिबद्धताअनुरुप नतिजा हासिल गर्नु चुनौतीको विषय रहेको छ। बालविवाह अपेक्षित रूपमा न्यूनीकरण हुन सकिरहेको छैन। बरु, बहुआयामिक समस्याका रूपमा यथावत छ। दिगो विकासको लक्ष्यले यो सवाल सम्बोधन गर्न विश्वसमुदायलाई मार्गनिर्देश गरे पनि स्थानीयस्तरमा पर्याप्त कदमको कमी देखिन्छ।

बालविवाह न्यूनीकरण गर्न पाँच वर्षे रणनीतिक योजना

बैतडीमा बालविवाह न्यूनीकरणका लागि पाँच वर्षे रणनीतिक योजना तयार पारिएको छ।  आगामी पाँच वर्षभित्र बालविवाहमुक्त जिल्ला घोषणा गर्नका लागि अपनाउनुपर्ने कार्ययोजनासहित रणनीतिक योजना तयार पारिएको हो। संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा नेपाल रेडक्रस सोसाइटी र परामर्शदाता संस्था ओआरडीएसले सो रणनीतिक योजना तयार पारेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्