२० आश्विन २०८१ आइतबार
image/svg+xml

मोबाइल र सामाजिक सञ्जालका कारण बालविवाह बढ्दो

बैतडी- पछिल्लो समयमा बैतडीमा बालविवाहको मुख्य कारण सञ्चारका साधन तथा सामाजिक सञ्जाल बन्न थालेका छन् ।  फेसबुक, मोबाइललगायत सञ्चारका साधनले गर्दा बालविवाह न्यूनीकरणमा समस्या बढ्दै गएकोे किशोरी अभियन्ताहरुको भनाइ छ । आधारभूत तहदेखि नै किशोरकिशोरीको हातहातमा मोबाइल हुने भएकाले सञ्चारको दूरुपयोग गर्दा यो समस्या निम्तिएको अभियन्ताहरुले बताएका हुन् ।

बालविवाहविरुद्धको राष्ट्रिय अभियान राष्ट्रपतिद्वारा शुभारम्भ

बालविवाह अन्त्यका लागि ‘नेपाली जुटौं, बाल विवाह रोकौं’ राष्ट्रिय अभियान शुरु भएको छ। राजधानीमा आज आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले दीप प्रज्वलन गरेर अभियानको शुरुवात गरिन्।

बालविवाह रोक्न प्रहरीको बढ्दो सक्रियता

बढ्दै गएको बालविवाहलाई रोक्न दोलखा प्रहरी कडाइका साथ कानून कार्यान्वयनमा लागिपरेको छ । यो सातामात्रै जिल्ला प्रहरी कार्यालय दोलखाले दुईवटा बालविवाह रोकेको छ।

ग्रामीण भेगमा बढ्दै बालविवाह

दक्षिण ललितपुरको गिम्दीस्थित श्रीनारायण उमाविमा कक्षा  सातमा पढ्ने सरिता घिमिरे (नाम परिवर्तन)ले पाँच महिनाअघि प्रेम विवाह गरिन्।  उमेरले भर्खर १४ टेकेकी उनी सोही स्कुलमा कक्षा १० मा पढ्ने युवकसँग भागेर विवाह गरेकी थिइन्।

बालविवाह गराउने ४ पक्राउ

बालविवाहका अभियोग लागेका चारजनालाई प्रहरीले हिरासतमा लिएको छ। हिरासतमा लिएकाहरुमा गुल्मी खड्गकोट गाविस–४ का पवन ढकाल, पर्वत शङ्कर पोखरी गाविस–९ की सुशीला भुसाल, पर्वत देवीस्थान–७ की सीता भुसाल र सोही गाविस–२ का नारायणप्रसाद कँडेल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए।

बालविवाह बदर हुने कानुन माग

सांसदले नेपालमा बालविवाह नियन्त्रणसम्बन्धी कानुन प्रभावकारी हुन नसकेको स्विकारेका छन्। बालविवाह हुने विश्वका देशहरूको सूचीमा नेपाल प्रमुख पाँचभित्र पर्छ। बालविवाहलाई  मुलुकी ऐन र अन्य कानुनले अपराधको रुपमा परिभाषित गरे पनि समाजले संस्कारको रुपमा ग्रहण गर्दा उन्मूलन गर्न नसकिएको तर्क सांसदहरूको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्