८ आश्विन २०८१ मंगलबार
image/svg+xml

भलिबल संघको निर्वाचनः उपाध्यक्ष र महासचिव चुनावी प्रतिस्पर्धामा

यस्तै मनवीर छन्त्यालले महासचिव पदमा उम्मेदवारी घोषणा गर्दा रोशन श्रेष्ठले पनि महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। वर्तमान कार्यसमितिमा सचिव रहेका छन्त्याल नेपाली भलिबलको लोकप्रिय क्लव ढोरपाटन क्लवका संस्थापक हुन भने कार्यसमिति सदस्य श्रेष्ठले भोजपुरबाट भलिबलमा प्रतिनिधित्व गरेका हुन्।

कालिकोटमा प्रदेश स्तरिय खेलाडी छनोट सुरु

पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेश स्तरिय महिला,पुरुष भलिबल खेलको छनोट कालिकोटमा सुरु भएको छ।

अरूणाको साथले चम्किएको म्याग्दी महिला भलिबल

नवाैं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय छनौट खेलमा म्याग्दी महिला भलिबलले उपाधी जित्यो।

भलिबल संघको अध्यक्षमा चन्दको उम्मेदवारी

चन्दले १४ बुँदे प्रतिवद्धता पत्रसहित उम्मेदवारी घोषणा गरेको हो। भलिबललाई विश्व स्तरमा पुर्‍याउने र नेपालको भलिबलबाट खेलाडी बाँच्न सक्ने आधार बनाउने सहित अध्यक्ष पदमा चन्दले उम्मेदवारी घोषण गरेको हो।

महासचिवमा छन्त्यालको दाबी

नेपाल भलिबल संघका सचिव मनवीर छन्त्यालले भदौ २२ हुने निर्वाचनका लागि महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।

कालिकोटमा दोस्रो कर्णाली गोल्ड कप हुने

‘खेलकुद, पर्यटन, संस्कृति विकासका लागि, विकास समाजका लागि’ भन्ने मुल नाराका साथ कर्णाली प्रदेशस्तरीय खुल्ला भलिबल प्रतियोगिता असोज १० गते सुरु हुने आयोजक कमिटीले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। १० गते प्रतियोगिताको उद्घाटन गरेर १३ गतेसम्म सञ्चालन हुनेछ।

कोभिडपछि राष्ट्रिय भलिबलको रौनक फर्काउँदै नवआदर्श

कोरोना भाइरसको त्रासले गरिएको लकडाउनले रोकिएको पोखरा–१९ लामाचौरको तीजेमेलासँगै राष्ट्रिय महिला भलिबल फेरी शुरु हुदैं छ। महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा नवआदर्श सामुदायिक विकास समाजले वर्षेनी तीजे मेलासँगै राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ। प्रतियोगिताको पहिलो दिन नै नेपाल पुलिस क्लबको दुवै टोलीले उदघाटन खेल खेल्ने छन।

राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनी प्रदेश पहिलो

१२औं केन्द्रीय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लुम्बिनी प्रदेश पहिलो बन्दै रनिङ शिल्डको उपाधि उचालेको छ।

गण्डकी प्रदेश भलिबल संघ गठन, अध्यक्षमा गुरुङ सर्वसम्मत

संघीय संरचनासँगै गण्डकी प्रदेश भलिबल संघ गठन गरिएको छ। गण्डकी प्रदेशका ११ वटै जिल्लामा जिल्ला भलिबल संघ गठनपछि शुक्रबार प्रदेश भलिबल संघ गठन गरिएको हो। प्रदेशका ११ वटै जिल्लाका प्रतिनिधि सहभागिता भएपनि प्रदेश भलिबलको पदाधिकारमा स्याङजा जिल्लाको बर्चस्व रह्यो।

रत्नराज्य र पाटन क्वार्टरफाइनलमा

रत्नराज्य क्याम्पस र पाटन क्याम्पस बुधबार राष्ट्रव्यापी खेलकुदअन्तर्गत प्रथम उपत्यकाव्यापी पुरुष भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

एशियन गेम्सका लागि महिला भलिबलको प्रशिक्षण सुरु

चीनको हाङ्गझाउमा आयोजना हुने १९औं एशियाली खेलकुदका लागि भलिबल संघले पहिलो चरण प्रशिक्षण सुरु गरिसकेको छ। भलिबल संघले प्रारम्भिक ३५ महिला खेलाडीको छनोट गरेपनि राष्ट्रिय खेलकुद परिषदले २५ खेलाडीलाई समेट्दै अभ्यास गराइरहेको हो।

पुलिसका दुवै टोलीको जित

विभागीय टोली नेपाल पुलिस क्लबका महिला तथा पुरुष दुवै टोलीले छैटौं आरबिबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा बुधबार जित निकालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्