७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

भलिबल संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित

नेपाल भलिबल संघ (एनभीए) को अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन्।  

संघको नवौँ चुनावी साधारणसभाबाट चन्द निर्वाचित भएका हुन्। चन्दले अर्का प्रत्यासी निरोज मास्केलाई २६ मतले पछि पारेका छन्।  

निर्वाचनमा १२८ मत खसेको थियो। चन्दले ७६ मत प्राप्त गरे भने मास्केले ५० मत ल्याएकी थिइन्।  

महासचिवमा चन्द प्यानलका रोशनकुमार श्रेष्ठ ८५ मतसहित विजयी भएका छन्। महासचिव पदका अर्का प्रत्यासी मनवीर छन्त्यालले ३९ मत पाए।

२८ पदका लागि ४८ जना चुनावी प्रतिस्पर्धामा थिए। जसमा ७ मध्ये ५ उपाध्यक्ष र ५ सचिव निर्विरोध निर्वाचित भएका थिए।

प्रकाशित: २३ भाद्र २०७९ ०३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App