८ आश्विन २०८१ मंगलबार
image/svg+xml

गण्डकी, पुलिस र आर्मी विजयी

गण्डकी प्रदेश भलिबल क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले छैटौं आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा आइतबार पुरुषतर्फ विजयी सुरुआत गरेका छन्।

पोखरा-२१ अन्तरवडास्तरीय भलिबल च्याम्पियन

अन्तरवडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि पोखरा–२१ कृस्ति–निर्मलपोखरीले जितेको छ। पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगिताको मंगलबार भएको फाईनलमा पोखरा–२२ पुम्दीभुम्दीलाई सोझो सेटमा पराजित गर्दै उपाधि जित्यो।

अन्तरवडास्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु

पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा मंगलबारदेखि अन्तरवडास्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ। प्रतियोगिताको उदघाटन पोखरा महानगरपालिका उपप्रमुख मन्जुदेवी गुरुङले गरिन्।

मंगलबारदेखि अन्तरवडास्तरीय पुरुष भलिबल प्रतियोगिता

पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा मंगलबारदेखि अन्तरवडास्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु हुने छ। महिलाको टिम समावेश गर्न आईतबारसम्म म्याद राखेपनि कुनैपनि वडाले महिलाको टिम पठाउन नसकेपछि सोमबारदेखि भनिएको प्रतियोगिता मंगलबार सारिएको हो।

वडास्तरीय भलिबलमा महिला टिमको सहभागिता शून्य

पोखरा महानगर खेलकुद विकास समितिले आयोजना गरेको वडास्तरीय भलिबल प्रतियोगितामा महिला सहभागिता शून्य रहेको छ। महानगरकै आयोजनामा हुने प्रतिस्पर्धामा वडाहरुले टिम पठाउन नसक्दा महिला सहभागिता शून्य हुन पुग्यो।

सोमबारदेखि अन्तरवडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता

पोखरा महानगरपालिका खेलकुद विकास समितिले आगामी सोमबारदेखि अन्तरवडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्दैछ।

महालक्ष्मी विकास बैंकद्वारा सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको बैतडीस्थित पाटन शाखाले पाटन नगरपालिकास्थित वडा नम्बर ४ को भुमेश्वर माध्यमिक विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ।

भलिबल खेलाडीलाई छात्रवृत्ति

कास्कीमा सामुदायिक विद्यालयमा भलिबलको स्तर निकै कमजोर छ। विद्यालयदेखि नै भलिबल खेलाडी उत्पादन गर्ने ध्येय कास्की जिल्ला भलिबल संघको छ। संघले भलिबल प्रतियोगिता मात्रै नभई भलिबलको आधारस्तम्भ नै विद्यालयदेखि नै बनाउनुपर्छ भन्ने बुझेको छ। त्यही बुझाईलाई सार्थकता दिन कास्की जिल्ला भलिबल संघले दुई सामुदायिक विद्यालयका छात्र तथा छात्रालाई भलिबल छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ।

चौथो सिर्जनाकप छात्र-छात्रा भलिबल प्रतियोगिता चैतमा

पोखरामा चैतको पहिलो साता सिर्जनाकप सामुदायीक मावि छात्र–छात्रा भलिबल प्रतियोगिता हुने भएको छ। कास्की जिल्ला भलिबल संघ र सिर्जना विकास केन्द्रको संयुक्त आयोजनामा चैत ४ गतेदेखि ७ गतेसम्म प्रतियोगिता चल्नेछ।

युवा प्रशिक्षक बानियाँलाई भलिबल प्रशिक्षणमा भ्याइनभ्याई

गाउँघरमा आफ्नै तरिकाले भलिबल खेल्ने खेलाडीलाई प्रशिक्षक बानियाँले खेलको मापदण्ड, शैली मात्रै सिकाएनन, व्यवसायीक खेलाडीलाई आवश्यक पर्ने सीप समेत हस्तान्तरण गरे।

माछापुच्छ्रे वडाध्यक्ष भलिबलको उपाधि ल्वाङघलेललाई

तेस्रो माछापुच्छ्रे गाँउपालिका–८, वडाध्यक्ष पुरुष भलिबल प्रतियोगिताको उपाधि ल्वाङघलेलले जितेको छ। युवा विकास तथा खेलकुद समन्वय समितिमाछापुच्छ्रे गाउँपालिकाको आयोजनामा ल्वाङघलेल ८ लुम्रेमा आयोजित प्रतियोगिताको फाईनल खेलमा ल्वाङघलेलस्थित ग्रिनहिल क्लबले लालुपाते क्लब खोराकोमुखलाई निकै प्रतिस्पर्धात्मक ३–२ सेटमा पराजित गर्दै उपाधि जित्न सफल भयो।

भलिबल खेलाडीलाई जनही पाँच लाख

बंगलदेशको ढाकामा २०८७ पुस ६ देखि १६ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा साबिक विजेता नेपालले उज्वेकिस्तानलाई ३–२ सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको थियो। शुक्रबार प्रधानमन्त्री निवास बालुलाटारमा आयोजिक कार्यक्रमका बीच प्रधानमन्त्री देउवाले विजेता खेलाडीलाई जनही ५ लाख प्रदान गरेका थिए।

टाईगर कप भलिबल: हेल्प नेपाल र त्रिभुवन आर्मी उपाधिको लागि भिड्ने

हेल्प नेपालले गण्डकी प्रदेशलाई र त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै दोस्रो संस्करणको टाईगर कपको उपाधि फाईनल प्रवेश गरेका छन्।

प्रधानमन्त्री कप क्रिकेटः एपिएफलाई लगातार तेस्रो सफलता

अन्तिम ६ बलमा गण्डकीलाई जितका लागि ६ रन नै आवश्यक भएको अवस्थामा बलिङमा आएका किशोर महतोले केवल ३ रन खर्चिएर २ विकेट लिएपछि एपिएफले रोमाञ्चक जित निकाल्दै अपराजित यात्रालाई निरन्तरता दिएको हो।

टाईगर कप भलिबलः फाईनल प्रवेश रोमाञ्चक, अन्तिम खेलको प्रतिक्षा

एक सेटले पछि परेको अवस्थालाई उल्ट्याउँदै हेल्प नेपाल स्पोर्टस क्लबले विभागीय क्लब शसस्त्र प्रहरीलाई ३–१ को सेटले पन्छाएपछि दोस्रो संस्करणको टाईगर कप फाईनल प्रवेशको लागि अंक तालिका रोमाञ्चक बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्