१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

माछापुच्छ्रे वडाध्यक्ष भलिबलको उपाधि ल्वाङघलेललाई

ल्वाङका खेलाडीले नयाँपुल विरुद्ध स्पाईक गर्दै । तस्बिर धन बस्नेत/नागरिक

तेस्रो माछापुच्छ्रे गाँउपालिका–८, वडाध्यक्ष पुरुष भलिबल प्रतियोगिताको उपाधि ल्वाङघलेलले जितेको छ।  युवा विकास तथा खेलकुद समन्वय समिति माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा ल्वाङघलेल ८ लुम्रेमा आयोजित प्रतियोगिताको फाईनल खेलमा ल्वाङघलेलस्थित ग्रिनहिल क्लबले लालुपाते क्लब खोराकोमुखलाई निकै प्रतिस्पर्धात्मक ३–२ सेटमा पराजित गर्दै उपाधि जित्न सफल भयो।  

ल्वाङले पहिलो सेट २७–२५ ले लिएको थियो। तर, दोस्रो सेट खोराकोमुखले २६–२४ मा लिदैं बराबरी र प्रतिस्पर्धात्मक बनायो। तेस्रो सेट ल्वाङले २५–२३ मा लिदैं अग्रता बनायो। चौथो सेट भने ल्वाङले गुमाउँदै निर्णायक सेटमा पुग्यो। चौथो सेट ल्वाङ २२–२५ मा गुमाएको थियो। अन्तिम निर्णायक सेटमा ल्वाङले १५–११ को सेटमा पराजित गर्दै उपाधि उचाल्यो। महिला तर्फको उपाधि पनि ल्वाङघलेलले नै जितेको छ। महिला तर्फ ल्वाङले नयाँपुल साँखुलाई सोझो सेटमा पराजित गरेको थियो।  

विजेता क्लबलाई गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले नगदसहित पुरस्कार प्रदान गरेका थिए। विजेता महिला तथा पुरुष टोलीले नगद ४० हजार प्राप्त गरे। उपविजेता टोलीले ३० हजार र तेस्रो हुने टोलीले नगद १० हजार रुपैयाँ प्राप्त गरेको थियो। फाईनलको अवसरमा गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले स्थानीय विभिन्न ८ वटा क्लबलाई खेलकुद सामाग्री समेत हस्तान्तरण गरे। ल्वाङ घलेल पोखरादेखि झण्डै २१ किलोमिटर उत्तरमा पर्छ। प्रतियोगितामा महिला तर्फ ६ र पुरुष तर्फ ८ टोलीले प्रतिस्पर्धा गरेका थिए। फाईनलमा कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुली लगायतको उपस्थिति थियो। 

प्रकाशित: १६ फाल्गुन २०७८ ०९:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App