१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

चौथो सिर्जनाकप छात्र-छात्रा भलिबल प्रतियोगिता चैतमा

पोखरामा हुने चौथोल सिर्जना कप सामुदायीक मावि छात्र–छात्रा भलिवल प्रतियोगिताबारे जानकारी गराउँदै आयोजक। तस्बिरः उमेश पुन/नागरिक

पोखरामा चैतको पहिलो साता सिर्जनाकप सामुदायीक मावि छात्र–छात्रा भलिबल प्रतियोगिता हुने भएको छ। कास्की जिल्ला भलिबल संघ र सिर्जना विकास केन्द्रको संयुक्त आयोजनामा चैत ४ गतेदेखि ७ गतेसम्म प्रतियोगिता चल्नेछ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ विगत चारवर्षदेखि शुरु भएको प्रतियोगिताको यो चौथो संस्करण गर्न लागेको आयोजक कास्की जिल्ला भलिबल संघ र सिर्जना विकास केन्द्रले पत्रकार भेटघाट गरी जानकारी गराएको हो।

प्रतियोगिता पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा आयोजना हुने आयोजकले जनाएको छ। प्रतियोगितामा कास्कीका सामुदायीक (सरकारी) विद्यालयहरुले सहभागिता जनाउन सक्नेछन्। सहभागिताका लागि कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीहरु सम्मिलित टिमले सहभागिता जनाउन सक्ने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए।

 भलिबलको जग मानिने सामुदायीक विद्यालयमा भलिबल खेलमा पुर्नजागरण ल्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष पराजुलीले बताए। ‘खेलकुदको जग भनेको विद्यालय हो, त्यसैले भलिबलको जग (बेस) बलियो बनाउनका लागि प्रतियोगिता आयोजना गर्न लागेका हौ,ं’उनले भने। प्रतियोगिताले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ। ‘हामीलाई विश्वास छ, प्रतियोगिताले सामुदायिक विद्यालयमा खस्किएको भलिबल उकास्न भूमिका खेल्नेछ,’ उनले भने।

प्रतियोगिताले खेलाडी उत्पादन गर्न मद्दत पुग्ने केन्द्रका अध्यक्ष ईन्द्रप्रसाद पौडेलले बताए। ‘यसले सामुदायीक विद्यालयदेखि गाउँघरसम्म भलिबल खेलप्रति जागरण पैदा गराउँछ, भलिबल खेलप्रति आकर्षण जगाउँछ,’उनले भने। मध्यम र न्यूनस्तरका विद्यार्थी पढ्ने सामुदायीक विद्यालयका विद्यार्थीलाई भलिबल खेल्न प्रोत्साहित गर्दै भविष्यमा राष्ट्रिय–अन्र्तराष्ट्रिय स्तरको खेलाडी उत्पादनमा सघाउने आफुहरुको उद्देश्य रहेको अध्यक्ष पौडेलले बताए। प्रतियोगितामा ५० टिमले सहभागिता जनाउने आयोजकले बताएको छ।  

प्रतियोगितामा उपाधि बिजेता छात्रछात्रा दुवै तर्फकालाई एकएक लाख रुपैयाँ, उपबिजेतालाई ५० हजार र तृतीय हुने विद्यालयलाई ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ। त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी छात्र तथा छात्रालाई जनही ५ हजारसहित ट्रफी तथा अन्य उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर र उत्कृष्ट ब्लकरलाई १÷१ थान भलिबल प्रदान गरिने अध्यक्ष पराजुलीले जानकारी दिए।

प्रतियोगिता सञ्चालन गर्न १० लाख ५० हजार खर्च लाग्ने आयोजकले अनुमान गरेका छन्। प्रतियोगिताबाट १० लाख ५० हजार आम्दानी गरी ५० हजार रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको पराजुलीले बताए। बचत रकम भलिवल खेलकै विकास र बिस्तारका लागि खर्च गरिने उनले बताए।

प्रकाशित: २३ फाल्गुन २०७८ ०७:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App