२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

टाईगर कप भलिबल: हेल्प नेपाल र त्रिभुवन आर्मी उपाधिको लागि भिड्ने

हेल्प नेपालले गण्डकी प्रदेशलाई र त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै दोस्रो संस्करणको टाईगर कपको उपाधि फाईनल प्रवेश गरेका छन्। हेल्प नेपाल १० अंकसहित फाईनल प्रवेश गर्दा त्रिभुवन आर्मी नौ अंकसहित उपाधि निकट पुगेको हो। हेल्प नेपालले शनिबार पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्ने छ। राउण्ड रोविन लिगमा हेल्प नेपालले त्रिभुवन आर्मीलाई सोझो सेटमा पराजित गरेको थियो।  

शुक्रबारसम्म आईपुग्दा हेल्प नेपाल, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबलाई फाईनल प्रवेशको अवसर थियो। राउण्ड रोविन लिग निकै रोमाञ्चक बन्दा अन्तिम खेलले मात्रै फाईनल प्रवेशको ढोका खोल्ने थियो। शुक्रबार भारतीय खेलाडी सम्मिलित हेल्प नेपालले गण्डकी प्रदेशलाई २५–१८, २५–१५ र २५–२३ को सोझो सेटमा पन्छाउँदै फाईनल प्रवेश गर्यो। डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेश दोस्रो संस्कराण्मा चौथो स्थानमा रहँदा शसस्त्र प्रहरी बल भने जितविहनी पाँचौ स्थानमा खुम्चियो।  

उता विभागीय डर्बी प्रतिस्पर्धामा निकै रोचक हुने अपेक्षा गरिएको थियो। जितले फाईनल प्रवेश गराउँदा हारले तेस्रो स्थानमा झर्ने अवस्था थियो। खेलमा त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पन्छायो। २५–१५, २५–१८ र २५–१३ को स्थितिमा पराजित गर्दै आर्मी फाईनल  प्रवेश गर्दा नेपाल पुलिस क्लब तेस्रो स्थानमा खुम्चियो। हेल्प नेपाल स्पोर्टस क्लबलाई पाँच सेट खेल्दै पराजित गरेको नेपाल पुलिस क्लब आर्मीसँग सोझो सेटमा नतमष्तक बन्न पुग्यो।  

प्रकाशित: ३० पुस २०७८ १०:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App