५ आश्विन २०८१ शनिबार
image/svg+xml

कलैयामा दलित छात्रावास र वृद्धाश्रम बन्दै

कलैया उपमहानगरपालिका–२ को दोहरीस्थित अमर माविमा दलित छात्रावास र लंग्डा मठनजिक वृद्धाश्रम बन्ने भएको छ। प्रदेश सरकारको सहयोगमा निर्माण गरिने सो छात्रावास र वृद्धाश्रम प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल र कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादले शनिबार एक कार्यक्रमबिच शिलान्यास गरेका हुन्।

जब आँसुले कपोल भिजायो

मेघाको कायापलट गर्ने अमेरिकन धुरन्धर शिक्षक वायने डेयरले आफ्नोे पुस्तक ‘योर सेक्रेट सेल्फ’मा टर्मिनलको ट्रेनझै एउटा ट्रेन भित्रिन्छ, अर्को निस्किन्छ, एउटाले अर्काको ठाउँ लिन्छ। एकपछि अर्को ट्रेन आउने जाने गर्छ। यो प्रक्रिया दिनभरि नै चल्ने गर्छ त्यसरी नै मानिसको मन मस्तिष्कमा हरेक दिन हजारौं कुरा आएर भरिने गर्छ भनी लेखेका छन्। मानिसको जीवन यात्रामा धेरै मानिस भेटिन्छन्, विभिन्न घटना घट्ने गर्छन्। विभिन्न समस्याको सामना मानिसले गर्ने गर्छ। तीमध्ये मानिसले धेरैजसो कुरा समयको अन्तरालसँगै झुल्छन् या सपनासरि मन मस्तिष्कबाट हराएर जान्छ। तर, केही कुराले यस्तो अमिट छाप छोडेर जाने गर्छ कि कुनै मानिससँगको भेटघाट, उसको हृदयस्पर्शी व्यवहार एवम् केही घटनाले पछिसम्म प्रभाव पार्ने गर्छ वा जीवनशैलीमा टर्निङ प्वाइन्टमा उभ्याइदिन्छ। मानिसको जीवनशैली नै बदलिदिने गर्छ।

गाउँ : वृद्धाश्रम

आधुनिक जीवनशैली अपनाउने क्रम बढेसँगै समाजमा परिवारबाट छुट्टिएर बस्ने चलन पनि निकै बढेको छ । पश्चिमा समाजमा छोराछोरी बालिग हुनासाथ अभिभावकबाट छुट्टिने गर्छन् । त्यही संस्कृतिको प्रभावमा परेका नेपालीहरूमा पनि बाबुआमासँग छुट्टिएर अलग बस्ने परिपाटी सुरु भएको छ ।

वृद्धाश्रमलाई बेल्जियमवासी नेपालीको सहयोग

बेल्जियममा कार्यरत नेपालीले सर्लाहीस्थित एक वृद्धाश्रमलाई नगद सहयोग गरेका छन्। नेपाली जनसम्पर्क समिति बेल्जियमले लालबन्दी नगरपालिका–२, जुटपानीस्थित पद्म–भुवनेश्वरी वृद्ध सेवाश्रमलाई १ लाख ५७ हजार ६५१ रुपैयाँ प्रदान गरेको हो।

वृद्धाश्रमको अर्काे पाटो

भियनास्थित मेरा साथी बेन्जामिन भ्याएसम्म महिनामा दुई पटक आफ्ना पिता भेट्न वृद्धाश्रम जान्छन्। उनकी श्रीमती पनि आफ्नी आमा भेट्न अर्को वृद्धाश्रम जान्छिन्। कहिलेकाहीँ दुवैजनाले सँगै बाबुआमालाई घर ल्याउँछन् अथवा सबैजना कुनै रेस्टुराँमा भेट्ने कार्यक्रम बन्छ।वृद्ध मातापिता आउने खबरले अरु नाताकुटुम्ब पनि आउँछन् र ठूलो जमघट हुन्छ। घरायसी छलफल, छोराछोरी नातिनातिनाको खबर आदानप्रदान र तत्कालकै विषयवस्तुमा कुराकानी–गफगाफ हुन्छ। खानपिन भेटघाट सकिएपछि साँझ दुवैजना आ–आफ्ना बाबुआमालाई वृद्धाश्रम पु-याइदिन्छन्। मैले एकपटक बेन्जामिनलाई सोधेँ, ‘तिमीहरूको बाबुआमासँग बडा राम्रो सौहार्दपूर्ण सम्बन्ध रहेछ, तिमीहरूको आय पनि राम्रो छ, केबुवालाई घरमै राखेर पाल्न सक्दैनौ?’

कतै वृद्धाश्रम सञ्चालनमा, कतै अन्योलमा

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ वुङमा वृद्धाश्रम सञ्चालनमा आएको छ। गत असोज १५ गते अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा वृद्धाश्रम सञ्चालनमा ल्याइएको हो।

जीवनयात्रा

जीवन के हो ? सुख–दुःख, उतार–चढाव, पीडा–आनन्द, भोग–चलन, आँशु–हाँसो यी सबैको सगोल जीवन हो कि अरु नै केही ? जीवन एउटा भावना मात्र हो कि अरु पनि केही ? जीवनको उत्तरार्द्धमा आएर अहिले रमिलालाई यी सबैको लेखाजोखा गर्ने फुर्सद भएको छ।

वृद्धाश्रम पैसा कमाउने माध्यम : मानवअधिकार अायाेग

देशभर सञ्चालनमा रहेका अधिकांश वृद्धाश्रम र दिवासेवा केन्द्रलाई पैसा कमाउने माध्यम बनाइएको पाइएको छ।

वृद्धाश्रममा बस्नेहरूको कथा

पुरानो बानेश्वरकी लक्ष्मीदेवी थापा २१ वर्षदेखि पशुपति वृद्धाश्रममा आफ्नो दैनिकी बिताइरहेकी छन् । ८६ वर्षकी उनी बिरामी हुँदा अपरिचित मान्छेले ल्याएर राखिदिएका थिए।

गुँरास लाइफद्वारा वृद्धाश्रममा सामूहिक भोजन

गुराँस लाइफ इन्सुरेन्सले पशुपतिस्थित समाज कल्याण केन्द्र, बृद्धाश्रमका बृद्धबृद्धालाई सामूहिक भोजन गराएको । कम्पनीले ११ वर्षमा प्रवेश गरेको अवसरमा एक सय ७० जना बृद्धबृद्धालाई सामूहिक भोजन गराएको कम्पनीले जनाएको छ ।

वृद्धाश्रमको फरक संसार (भिडियो)

पुरानो बानेश्वरकी लक्ष्मी देवी थापा विगत २१ वर्षदेखि पशुपति वृद्धाश्रममा आफ्नो दैनिकी बिताइरहेकी छन्। ८६ वर्षकी उनी बिरामी हुँदा अपरिचित मान्छेले यहाँ ल्याएर राखिदिएका थिए। उनको कोही परिवार छैनन्। उनले न आफ्नो आमाको मुहार देखिन् न बुवाको माया पाइन्। अहिले वृद्धाश्रम नै उनको घर आँगन बनेको छ। उनको विहान आश्रममा शुरु हुन्छ र रात पनि आश्रममै सकिन्छ।

जन्मदिनमा वृद्धाश्रमलाई एक लाख सहयोग

युवा व्यवसायी एवम् समाजसेवी पदमबहादुर खड्काले आफ्नो जन्मदिनको अवसर पारेर प्रशान्ति वृद्धाश्रमलाई एक लाख १० हजार ५१ रुपैयाँ सहयोग प्रदान गरेका छन् । ४० औं जन्मदिनको अवसर पारेर वृद्धाश्रममा आयोजित कार्यक्रममा उनले आमा विष्णा खड्काको हातबाट वृद्धाश्रमलाई सो रकम प्रदान गरेका हुन् ।

जन्मदिन मनाउने खर्च वृद्धाश्रमलाई

विराटनगर–५ की यशस्वी पोखरेलका अभिभावले छोरीको जन्मदिन मनाउन लाग्ने खर्च वृद्धाश्रमका वृद्धवृद्धालाई सहयोग गरेका छन्। विराटनगरको सेन्टमेरिज विद्यालयमा कक्षा ६ मा अध्ययनरत पोखरेलले बुधबार बिहान विराटेश्वर वृद्धाश्रम पुगेर आश्रमका अध्यक्ष जगतप्रसाद अर्याललाई नगद हस्तान्तरण गरिन्।

आफ्नै सन्तानले वृद्धाश्रममा छोडेपछि ...

आफ्नो श्रीमान्, छोराछोरी, परिवार या आफन्तको साथ नपाएपछि को पो खुसी हुन सक्छ र ! आश्रममा आफन्त नभएका कोही छैनन्। सबैका आफन्त छन्, तैपनि उनीहरू आश्रममा बस्न बाध्य छन्।

राष्ट्रपति भण्डारी अामा भेट्न वृद्धाश्रममा

राष्ट्रपति विद्यादेवी भण्डारीले आमा मिथिला पाण्डेलाई बुधबार सुनसरी बराहक्षेत्रस्थित चतरा आश्रममा भेट गरेकी छन्। भण्डारी बराहक्षेत्रसँगै चतराको भ्रमणमा आएको बेला आमासँग भेट गरेकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्