५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

जन्मदिनमा वृद्धाश्रमलाई एक लाख सहयोग

आमाको हातबाट वृद्धाश्रमलाई एक लाखको चेक दिँदै खड्का ।तस्बिर : नगेन्द्र उपाध्याय

सुर्खेत – युवा व्यवसायी एवम् समाजसेवी पदमबहादुर खड्काले आफ्नो जन्मदिनको अवसर पारेर प्रशान्ति वृद्धाश्रमलाई एक लाख १० हजार ५१ रुपैयाँ सहयोग प्रदान गरेका छन् । ४० औं जन्मदिनको अवसर पारेर वृद्धाश्रममा आयोजित कार्यक्रममा उनले आमा विष्णा खड्काको हातबाट वृद्धाश्रमलाई सो रकम प्रदान गरेका हुन् ।

यो रकम मध्ये एक लाख ५१ रुपैयाँ वृद्धाश्रमले सुरु गरेको अक्षयकोषमा जम्मा हुने तथा१० हजार आश्रमको सभाहलका लागि साउण्ड सिष्टम खरिदमा खर्च गरिने वृद्धाश्रमले जनाएको छ । जन्मदिनको अवसर पारेर आयोजिक कार्यक्रममा खड्काले वृद्धवृद्धाहरूका लागि सहयोग गर्न पाउँदा आफू हर्षित भएको बताए ।

‘कोही नभएका र केही नभएका आमा–बुवा बस्ने स्थानमा आएर जन्मदिन मनाउन पाउँदा धेरै खुशी छु’ खड्काले भने, ‘आश्रमका लागि आगामी दिनहरुमा पनि नियमित सहयोग गर्दै जाने वचन दिन्छु ।’ खड्काले दुई वर्षअघि आश्रमको अक्षयकोषका लागि दुई लाख एक हजार एक सय ११ पनि सहयोग गरेका थिए । खड्काले व्यवसायबाट गरेको आम्दानीको केही प्रतिशत रकम नियमित सामाजिक सेवामा प्रयोग गर्दै आएका छन् । विभिन्न स्थानमा विद्यालय निर्माण, धार्मिक क्षेत्रमा उनले महत्वपूर्ण सहयोग पुर्याएका छन् ।

आश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठले खड्काले आफ्नो जन्मदिनको अवसर पारेर गरेको सहयोग आश्रमका लागि महत्वपूर्ण रहेको बताए । ‘यस्ता मनकारीको समाजका लागि खाँचो छ’ अध्यक्ष श्रेष्ठले भने, ‘आगामी दिनहरुमा पनि नियमित सहयोग र समन्वयको अपेक्षा गरेका छौं ।’ उनले सहयोगी दाताहरुबाटै आश्रम सञ्चालन भइरहेको बताए।

 

प्रकाशित: १९ पुस २०७४ १०:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App