६ चैत्र २०८२ शुक्रबार
image/svg+xml

मध्यपूर्वमा तनावले नेपाली खेलकुदमा असर

इरानसँग इजरायल र अमेरिकाबीच भएको युद्धपछि मध्यपूर्वमा बढेको तनावका कारण नेपाली खेलकुदमा पनि असर परेको छ।

इरान युद्ध : ट्रम्पको शक्ति रोक्ने प्रस्ताव सिनेटमा असफल

प्रस्तावका सह-प्रायोजक सिनेटर टिम केनले भने, ‘प्रशासन र उनीहरूको परिवर्तनशील तर्कहरूले अमेरिकालाई इरानबाट कुनै तत्काल खतरा थियो भन्ने कुनै प्रमाण दिन सकेनन्।’ उनले थपे, ‘के हामीले मध्य पूर्वको २५ वर्षे युद्धबाट केही सिकेका छैनौं? इरान र अफगानिस्तानमा १४ हजार अमेरिकी मारिए, ८ ट्रिलियन डलर खर्च भयो। हामीले यसको बदलामा के पायौं?’

प्रधानमन्त्रीसहित शीर्ष नेता कसले कहाँबाट मतदान गर्दै छन् ?

प्रतिनिधिसभा सदस्यको आज फागुन २१ गते हुन गइरहेको निर्वाचनका लागि मुलुकका अतिविशिष्ट पदाधिकारीदेखि राजनीतिक दलका मुख्य नेता र समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरूले तोकिएका मतदान केन्द्रमा मतदान गर्दै छन्।

आज मुलुकभर महोत्सवमय मतदान

‘जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै आउँदो फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व हामीमाथि छ।

चुनावको लहरसँगै मनाङमा पर्यटकको चहलपहल बढ्यो

बिस्तारै ‘सिजन’ पनि सुरु भएको र यस पटक निर्वाचन पनि भएकाले मतदातासँगै पर्यटकको आगमन भइरहेको गुरुङले बताए। ‘पर्यटकका लागि बसोबास गर्ने तथा होटल सरसफाइ गर्न बाँकी हुँदै पर्यटकको आगमन बढ्न थालेको छ’, संरक्षण शिक्षा सहायक गुरुङले भने।

देशका अधिकांश भागमा आज मौसम सफा रहने

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ।

निर्वाचनविरोधी गतिविधि गर्ने ९२ जना हिरासतमा, १०३ जना सोधपुछपछि छुटे

निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १९५ जनालाई पक्राउ गरिएकामा बुधबार साँझ १०३ जनालाई छाडिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०४ रुपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०८ रुपैयाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ४६ पैसा र बिक्रीदर ११५ रुपैयाँ ९३ पैसा तोकिएको छ।

लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान होः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान भएको बताएका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचन : आज मतदान

जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ।

१,८९,०३,६८९

लोकतान्त्रिक व्यवस्थाको विकल्प भनेको झन् बढी लोकतन्त्र हो भन्नेमा अब कसैको द्विविधा छैन। यसैलाई फलाउन, फुलाउन र यसैका माध्यमबाट मुलुकलाई अग्रगमनतर्फ लैजान सबैको ऐक्यबद्धता र प्रतिबद्धता रहेको छ। यो निर्वाचनले नि:सन्देह आमनागरिकका अपेक्षा पूरा गर्न मद्दत गर्नेछ।

लागु औषधसहित चार जना पक्राउ

मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली पार्कबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद २० हजार ४९५ सहित चार जना पक्राउ परेका छन्।

रुपन्देही-२ : रास्वपा उम्मेदवार खरेलको सचिवालयमा आक्रमण

रुपन्देही क्षेत्र नम्बर-२ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलको सचिवालयमा अज्ञात समूहले आक्रमण गरेको छ। बुटवल बसपार्क नजिकै रहेको होटल नमोबुद्धस्थित सचिवालयमा प्रवेश गरेर बुधबार राति आक्रमण भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्