५ आश्विन २०८१ शनिबार
image/svg+xml

रास्वपाले जोखिम मोलेर प्रधानमन्त्रीलाई साथ दिएकाे छः सांसद वाग्ले

रास्वपाका सांसद स्वर्णीम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीले जोखिम मोलेर प्रधानमन्त्रीलाई साथ दिएको बताएका छन्।

काँग्रेससँगको माओवादीको गठबन्धनमा गोत्र मिलेन: सांसद यादव

नेकपा (माओवादी केन्द्र) का सांसद महिन्द्र राय यादवले काँग्रेससँगको माओवादीको गठबन्धनमा गोत्र नमिलेको बताएका छन्।

ठूला विकासे आयोजनाको काम समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई चौधरीको आग्रह

नेपाली कांग्रेस केन्द्रिय सदस्य एवं सांसद विनोद चौधरीले ठूला विकास आयोजनालाई समयमै सम्पन्न गर्न निर्माण कम्पनीहरुसँग आग्रह गरेका छन्।

कांग्रेसले नयाँ सत्ता समिकरणलाई स्वभाविक रुपमा लिनुपर्छ: माओवादी सांसद आलेमगर

सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का सांसद सुरेश आलेमगरले नेपाली कांग्रेसले नयाँ सत्ता समिकरणलाई स्वभाविक रुपमा लिनुपर्ने बताएका छन्।

राष्ट्रिय सभाका नवनिर्वाचित सांसदहरूद्वारा शपथग्रहण

सङ्घीय संसद भवनको लोहोत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले १९ जना नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्।

राष्ट्रिय सभामा निर्वाचित सांसदहरूको शपथग्रहण आज

उनीहरूलाई राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ।

काठमाडौं महानगरको ज्यादतीमाथि संघीय सरकारले हस्तक्षेप गरोस्: सांसद पाण्डे

नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले काठमाडौँ महानगरपालिकाले फुटपाथ व्यापारीमाथि ज्यादती गरेको भन्दै संघीय सरकारले हस्तक्षेप गर्नुपर्ने बताएका छन्।

माओवादीलाई रघुजी पन्तको प्रश्न: तपाईहरुको शरीरमा रगत बगेको छ कि पानी ?

नेकपा (एमाले) का सांसद रघुजी पन्तले छिमेकी देश भारतको एक सञ्चारमाध्यममा प्रकाशित लेखले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतको उपयुक्त पात्रको रुपमा उल्लेख गरिएको भन्दै सरकारसँग जवाफ माग गरेका छन्।

रास्वपाका ६ सांसद आजदेखि इलामका ६ पालिकामा खटिँदै

रास्वपाका अनुसार आज साँझ ६ जना सांसदहरू इलामका विभिन्न ६ पालिकामा पुग्नेछन्। भोलि ती ६ जनै सांसदहरूले इलामका नागरिकहरूसँग अन्तरक्रिया गर्ने र पर्सि फर्किने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।

सांसद अर्यालको प्रश्न: सिंहदरबारको पहुँच बाहिरका नागरिकले सधैँ असुरक्षित नै बस्नुपर्ने हो ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले सिंहदरबारको पहुँच बाहिरका नागरिकले सधैँ असुरक्षित रहनुपर्ने हो ? भन्दै प्रश्न गरेका छन्।

समितिले सरकारलाई दिएका निर्देशन कार्यान्वयन भएनन्: सांसद थापा

नेपाली काँग्रेसका सांसद दुर्लभ थापाले समितिले सरकारलाई दिएका निर्देशन कार्यान्वयन नभएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

सरकार आफैँले विरोधको वातावरण बनाइरहेको छः लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवी लामिछानेले सरकारले संसदको मर्यादालाई उल्लङ्घन गरिरहेको बताएका छन्।

लघुवित्त पीडितलाई सरकारले न्याय नदिएको प्रतिपक्षीको आरोप

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले लघुवित्त पीडितको समस्या समाधान गर्न सरकारले महत्त्वपूर्ण भूमिका नखेलेको भन्दै सरकारको आलोचना गरेका छन्।

एमाले देखाउँदै कांग्रेस कज्याउँदै प्रधानमन्त्री

‘प्रधानमन्त्रीलाई यसमा अप्ठ्यारो लाग्नुपर्दैन ? प्रधानमन्त्रीले मन्त्री हटाउनुपर्दैन ? मन्त्रीले राजीनामा नदिने भए आफूले हटाउनुपर्दैन ? मन्त्री निर्लज्ज भयो भने प्रधानमन्त्री, सिंगै सरकार नै निर्लज्ज हुने ?’ ओलीले भनेका थिए ।

सांसद आचार्यको प्रश्न: वार्षिक ११ अर्ब बचाउने त्रिभुवन विमानस्थल निजीलाई दिन किन खोज्दै छ सरकार ?

नेकपा एमालेका सांसद भिमप्रसाद आचार्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रलाई दिन सरकारले विभिन्न प्रपञ्च गरिरहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्