५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

काठमाडौं महानगरको ज्यादतीमाथि संघीय सरकारले हस्तक्षेप गरोस्: सांसद पाण्डे

नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले काठमाडौँ महानगरपालिकाले फुटपाथ व्यापारीमाथि ज्यादती गरेको भन्दै संघीय सरकारले हस्तक्षेप गर्नुपर्ने बताएका छन्।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पाण्डेले काठमाडौं महानगरपालिकाको प्रहरीले फुटपाथ व्यापारीमाथि गरेको ज्यादती अत्यन्त निन्दनीय भएको बताए। उनले यस्तो काम गर्दा आवश्यकता परे संघीय सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने बताए।

उनले मिटरब्याज पीडित, लघुवित्त पीडित र सहकारी पीडितहरुको समस्या समाधान गर्न सरकारलाई आग्रह गरे। त्यस्तै दुग्ध किसानहरुको रकम भुक्तानी गर्न पनि माग गरे।

उनले भने, ‘काठमाडौं महानगरपालिकाको प्रहरीले फुटपाथ व्यापारीमाथि गरेको ज्यादती अत्यन्त निन्दनीय छ। यस्ता कार्य गर्ने कुराको तत्काल संघीय सरकारले पनि आवश्यकता पर्‍यो भने हस्तक्षेप गरोस्।’

प्रकाशित: १८ फाल्गुन २०८० १४:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App