५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसले नयाँ सत्ता समिकरणलाई स्वभाविक रुपमा लिनुपर्छ: माओवादी सांसद आलेमगर

फाइल तस्बिर

सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का सांसद सुरेश आलेमगरले नेपाली कांग्रेसले नयाँ सत्ता समिकरणलाई स्वभाविक रुपमा लिनुपर्ने बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसलाई धोका दिएको नेपाली कांग्रेसका नेताहरुले प्रतिक्रिया दिइरहेका बेला माओवादी केन्द्रका सांसद आलेमगरले नयाँ सत्ता समिकरणलाई स्वभाविक र सामान्य प्रक्रियामा रुपमा लिन सुझाव दिएका हुन्।

आईतवार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद उनले केही मान्छेहरुले नयाँ सत्तासमिकरणप्रति तितो ओकलेको भन्दै त्यसलाई स्वभाविक प्रक्रियाको रुपमा बुझनुपर्ने बताए। सांसद आलेमगरले काँग्रेसप्रति लक्षित गर्दै आफूसँग हुँदा इमानी र नहुँदा बेइमानी भन्न नमिल्ने तर्क समेत गरे। उनले सहयात्रा सधैंसँगै नहुने कुरालाई आत्मसात गर्न पनि काँग्रेस नेताहरुलाई आग्रह गरे। 

प्रकाशित: २७ फाल्गुन २०८० १३:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App