८ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

रास्वपाले जोखिम मोलेर प्रधानमन्त्रीलाई साथ दिएकाे छः सांसद वाग्ले

रास्वपाका सांसद स्वर्णीम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीले जोखिम मोलेर प्रधानमन्त्रीलाई साथ दिएको बताएका छन्।  

‘प्रधानमन्त्री जीको आफ्नो लेगिसीलाई दरिलो र फराकिलो बनाउने चाहना र प्रयासमा जोखिम मोलेर साथ दिएको छ’, उनले प्रधानमन्त्रीको समर्थन गर्दै भने।

सांसद वाग्लेले अगाडी भने, ‘नया पार्टी हो,  सरकारमा नगएर चोखो बसेको भएपनि हुन्थ्यो। पुराना दलसँग नटासिएको भएपनि हुन्थयो। २०८४ मा बहुमत ल्याएर सरकारमा गएको भए पनि हुन्थ्यो।  तर राजकाजको अवसर आउँदा अभ्यास गर्नै पर्छ। प्रधानमन्त्रीको सम्बन्धमा हाम्रो चाल यही हो।’

उनले राजनीतिमा फ्रेसनेस र अनुभवको  प्रिमियम हुने उल्लेख गर्दै भने, ‘अवसरको सुदपयोग गर्नुपर्छ भनेर आएका छौं। चेसमा जसरी गोटी चाल्न हामीआएका छौं। व्याज खाएर होइन कामै गरेर राष्ट्र हितको सवालमा काम गर्न आएका र्छौ।’

वाग्लेले रास्वपा देश बिगार्न, भत्काउन, तोडन र उखेल्न नआएको बताए। ‘काम देखाउन आएका छौं। सरकारबाट डेलिभरी गर्न सकिन्छकी भनेर आएका छौ। मन्त्रालयहरु रोजेर लिएका छौं। गर्न नसको दिन प्रधानमन्त्रीलाई सजिलो बनाइदिन्छौ’, उनले भने।

‘सामाजिक प्रगतिका बिषयमा केही अर्थपूर्ण काम गरियो। आर्थिक उन्नयनका बिषयमा केही गर्न सकिन्न? तीन महिना अघि पनि प्रधानमन्त्रीको कुर्सी हल्लिएको थिएन्। एक हस्ता अघि पनि कुर्सीै हिल्लीएको थिएन्’, वाग्लेले भने। 

प्रकाशित: ३० फाल्गुन २०८० १३:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App