वडाध्यक्षका उम्मेदवारः जसले ल्याए एक भोट
वडाध्यक्षका लागि भएको निर्वाचनमा राप्रपाका उम्मेद्वारले एक भोट पाएका छन्।
वडाध्यक्षका लागि भएको निर्वाचनमा राप्रपाका उम्मेद्वारले एक भोट पाएका छन्।
कोहलपुर नगरपालिका–६ को उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रामशरण थारु निर्वाचित भएका छन्। निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका श्रीकृष्ण थारुलाई ६४ मतको अन्तरले पछाडी पार्दै उनी निर्वाचित भएको जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले जानकारी दिए। कुल २ हजार २६ मतदाता रहेको उक्त वडामा शनिबार भएको मतदानमा १ हजार ६ सय ३४ मत खसेको थियो।
तत्कालीन नेकपा एमालेबाट रुपा शाही २०७४ मा भएको निर्वाचनमा ७६ मतले पराजयी भइन्। हारबाट उनी विचलित भइनन्। अझ संघर्ष र पराजयलाई सिकाइका रूपमा लिइन्। त्यसको नतिजा उनले शनिबार सम्पन्न उपनिर्वाचनमा देखाइन्।
प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको शनिबार भएको उपनिर्वाचनको प्राप्त पछिल्लो मत परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अग्रस्थानमा रहेको छ। हालसम्म घोषणा भएका ४३ स्थानको मत परिणाममा नेकपाले २४ स्थानमा विजय हासिल गरेको छ।
धरानमा मेयर पदको लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले अग्रता कामय गरेका छन्। उनले ७ हजार ९ सय १५ मत ल्याएका छन् भने नेकपाका उम्मेदवार प्रकाश राईले ७ हजार १ सय ७० मत प्राप्त गरेका छन्। कांग्रेसले ७ सय ४५ मतले अग्रता कामय गरेको हो।
प्रतिनिधिसभाको उपनिर्वाचनमा कास्की–२ मा सत्तारुढ दल नेकपाकी उम्मेदवार विद्या भट्टराई र प्रतिद्वन्द्धी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलको मतान्तर ७ हजार २९ रहेको छ।
कास्की २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की विद्या भट्टराईले अग्रता लिएकी छन्। उनले सुरुदेखि नै अग्रता कामय गरेकी छन्। जारी मतगणनामा उनले ८ हजार दुई सय ६५ मत प्राप्त गरेकी छन् भने कांग्रेसका खेमराज पौडेलले ३ हजार ६ सर ६२ मत प्राप्त गरेका छन्। यस्तै समाजवादीका धर्मराज गुरुङले १ सय ७२, साझा पार्टीकी रजनी केसीले ९० मत प्राप्त गरेकी छन्। यो मत वडा नं ३३, २१ र २० को गणना गर्दासम्मको हो।
खोटाङको साकेला गाउँपालिका–३ खिदिमामा वडाध्यक्ष चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ।
रोल्पाको थबाङ १ मा वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार जनक बहादुर बुढामगर विजयी भएका छन्। उनले १ सय ७४ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका कमल बहादुर रोकाले २६ मत ल्याए भने ९ मत बदर भएको छ ।
सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर १२ को वडाअध्यक्ष पदका लागि शनिबार उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । मतदानमा मतदाताको उत्साहजनक सहभागीता रह्यो ।
बैतडीका तीन वडामा वडाध्यक्ष पदका लागि भएको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । पुर्चौडी नगरपालिका–४, दोगडाकेदार गाउँपालिका–४ र सुर्नया गाउँपालिका–१ मा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए।
प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका लागि आज जारी उपनिर्वाचनमा विभिन्न जिल्लाको मतदानस्थलमा मतदाताले उत्साहजनकरुपमा मतदान गरिरहेका छन्। कूल ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा मतदान जारी रहेको हो।
उपनिर्वाचनमा ३७ जिल्लाका चार लाख ५४ हजार एक सय १४ मतदाता छन्। मतदान बिहान ७ देखि साँझ ५ बजेसम्मको समय तोकिएको छ।
दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा प्रदेशसभा सदस्य र घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा वडाध्यक्ष चयनका लागि शनिबार हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको छ।