ससुराली पुगेका युवकले पत्नीको हत्या गरी आत्महत्या गरे
रंगेलीमा एक युवकले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेका छन्। मंगलबार बिहानका पौन ३ बजेतिर युवकले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेको मोरङ प्रहरीले जनाएको छ।
रंगेलीमा एक युवकले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेका छन्। मंगलबार बिहानका पौन ३ बजेतिर युवकले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेको मोरङ प्रहरीले जनाएको छ।
कृषि बिमा सुरुवातदेखि हालसम्म बीमांक रकम ३० खर्ब ३६ अर्ब २६ करोड ८५ लाख नौ हजार एक सय ८८ रुपैयाँ रहेको छ। यस अवधिमा बिमा शुल्क १८ खर्ब २२ अर्ब २६ करोड २७ लाख दुई हजार नौ सय ७९ रुपैयाँ लागेको छ। किसानले क्षतिपूति मार्फत सरकारसमक्ष दाबी गरेको रकम नौ अर्ब ५७ करोड ५२ लाख ९४ हजार छ सय २१ रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ।
बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्यअघि नै सम्पन्न भएको छ।
आगजनी र तोडफोडमा भाटभटेनी सुपरस्टोरका २१ वटा स्टोरमा गरी १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार आठ सय ५४ रुपैयाँबराबरको क्षति भएको देखिएको थियो। २१ मध्ये बालुवाटारस्थित मुख्य स्टोरसहित १२ वटा स्टोर पूर्णरूपमा आगजनी भएको थियो भने बाँकी नौवटा स्टोरमा आंशिक क्षति पुगेको थियो।
पाठेघरको मुखको क्यान्सर रोगविरुद्ध यहाँका एक हजार ८०६ जना किशोरीलाई खोप लगाइने भएको छ।
दुवै टोली गोल गर्न असफल भएपछि मच्छिन्द्रको विजययात्रा पाँचौं खेलमा पूर्णविराम लाग्यो। मच्छिन्द्रका एलिजोन एलिजोनोभ प्लेअर अफ दी म्याच भए। लिगमा पाँच खेलबाट १२ अंक जोड्दै मच्छिन्द्र शीर्ष स्थानमा यथावत् छ। समान खेलबाट लालीगुराँस ११ अंक जोड्दै पाँचौं स्थानमा यथावत् छ। यो लालीगुराँसको लगातार दोस्रो बराबरी हो।
सरकारले फागुन २१ को निर्वाचन सुरक्षाका लागि भोलि (बुधबार)देखि नेपाली सेना खटाउने भएको छ।
पछिल्ला वर्षमा नागरिकका विवरणलाई बैंकिङ सेवा, सामाजिक सुरक्षा, बिमा, सरकारी अनुदान र विभिन्न सार्वजनिक सेवासँग क्रमशः एकीकृत र अनिवार्य बनाउँदै लगिएको छ।
विगतमा एकता, विघटन र तीव्र आरोप–प्रत्यारोपको लामो यात्राबाट गुज्रिएका ओली र दाहालबिच फेरि सहकार्यको सम्भावनाबारे खुलेर छलफल हुनुलाई अर्थपूर्ण रूपमा लिइन्छ। चुनावी माहोल तातिएपछि ओली र दाहालले एकअर्कालाई आरोप–प्रत्यारोप गरेका छैनन्। त्यसअघि उनीहरूबिच व्यक्तिगत रूपमै आरोप–प्रत्यारोप चल्दै आएको थियो।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले पहिलो पटक आमाको नाममा नागरिकता जारी गरेको छ।
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
मुलुकको अर्थतन्त्रका सूचक अपेक्षित रूपमा सुधार नदेखिए पनि बाह्य सूचक भने मजबुत रहेको राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकले देखाउँछ। विदेशी विनिमय सञ्चिति, चालु खाता, शोधनान्तर स्थितिमा उल्लेख्य सुधार भएको छ। विदेशी विनिमय सञ्चिति पुस मसान्तमा ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ।
रघुगङ्गा गाउँपालिका-५ मा पर्ने झीँ गाउँको जङ्गलमा बेवारिसे अवस्थामा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला परेका छन्।
पेसागत महासंघ नेपालका पूर्वअध्यक्ष प्रमोद शर्मा पुनः नेकपा एमालेमा फर्किएका छन्।
उनले थप भनेका छन्, ‘जब विश्वका दुई ठुला अर्थतन्त्र र ठुला लोकतन्त्रहरू मिलेर काम गर्छन्, यसले हाम्रा जनतालाई फाइदा पुर्याउँछ र पारस्परिक लाभका लागि अपार अवसरहरू खोल्छ।’