पुल निर्माण अलपत्र, एक वर्षमा १० प्रतिशत काम
एक वर्षअघि पृथ्वी राजमार्गको मलेखु र आरुवासटारलाई जोड्न त्रिशुली नदीमाथि निर्माण सुरु गरिएको पक्की पुलको काम अलपत्र बनेको छ। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि गत वर्ष शिलान्यास गरिएको पुलको काम १० प्रतिशत मात्र सम्पन्न भएको छ।