९ मंसिर २०८१ आइतबार
image/svg+xml

भारतलाई ३-१ ले हराउँदै नेपाल सेमिफाइनलमा

रेसकोर्स रंगशालामा सम्पन्न खेलमा नेपाललाई जित दिलाउन सरोज दर्लामीमगर, युनेस बुढाथोकी र सुवास बमले गोल गरे। खेलको २५ औं मिनेटमा ड्यानी मेइटीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए। तर, पहिलो हाफको अन्तिम मिनेटमा सरोज दर्लामीमगरले गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए।

नेपाल र भारत दुवैको बंगलादेश छल्ने दाउ

श्रीलंकाको कोलम्बोमा जारी साफ यु–१७ च्याम्पियनसिपअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा शुक्रबार साबिक विजेता भारतको सामना गर्दा नेपाल जितसहित समूहविजेता बन्ने लक्ष्यमा हुनेछ।

लेवान्डोस्कीको ह्याट्रिक गोलमा बार्सिलोनाको जित

बार्सिलोनालाई जिताउन लेवान्डोस्कीको ह्याट्रिक गोल गरे। यस्तै फ्रेन्कि किसी र फेरान टोरेसले एकएक गोल गरे। भिक्टोरिया प्लजेनका जान सिकोराले एक गोल फर्काए। लेवान्डोस्कीले बार्सिलोनाका लागि पछिल्ला ५ खेलमा ८ गोल गरेका छन्।

भारत र बंगलादेशको विजयी सुरुआत

चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानको चुनौती ३-० ले पन्छाउँदै साबिक विजेता भारतले नेपालमा मंगलबारबाट सुरु भएको छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपमा बुधबार विजयी सुरुआत गर्दा दिनको दोस्रो खेलमा बंगलादेशले पनि माल्दिभ्समाथि समान ३-०को जित निकालेको छ।

साफ महिला च्याम्पियनसिप: भारतको विजयी शुरुवात

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको समूह ए को पहिलो खेलमा साविक विजेता भारतले ८ वर्षपछि फुटबलमा फर्किएको पाकिस्तानमाथि जित निकाल्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो।

भुटानविरुद्ध फराकिलो अन्तरको जित लक्ष्य

दक्षिण एसियाली फुटबलको उमेरसमूहमा आफूलाई सधैं उपाधि दाबेदार टोलीको रूपमा उभ्याउँदै आए पनि नेपाल पछिल्ला केही वर्षयता भने सोही छवि फर्काउन संघर्षरत छ।

साफ महिला च्याम्पियनसीपमा नेपालको विजयी सुरुआत

खेलको ६८ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाएकी थिइन्। खेलको ७३ औं मिनेटमा अनिताले गोल गर्दै नेपाललाई ३–० को अग्रता दिलाएकी थिइन्। त्यसपछि खेलको ८५ औं मिनेटमा अनिताले दोस्रो गोल गर्दै नेपाललाई ४–० गोलको जित दिलाईन्।

भुटानविरुद्ध नेपाललाई एक गोलको अग्रता

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको १२ औं मिनेटमा साबित्री भण्डारी 'साम्बा'ले गोल गरेकी हुन्।

उपाधि हाम्राे हुन्छः एन्जिला तुम्बापो

मंगलबारबाट आरम्भ हुने प्रतियोगितामा नेपालले उद्घाटन खेलमा भुटानसँग खेल्ल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नियमित कप्तान रेनुका नगरकोटी प्रतियोगिता तयारीको क्रममा चोट बोक्दै बाहिरिएपनि कप्तानको आर्मब्याड पाएकी एन्जिलाले घरेलु समर्थक र मैदानको भरपुर फाइदा उठाउँदै खेल्ने र उपाधि जित्न प्रयास गर्ने बताइन्।

महिला साफ प्रतियाेगिता खेल्न बंगलादेश नेपाल आइपुग्याे

साफ महिला च्याम्पियनसिप खेल्नका लागि बंगलादेशकाे टिम नेपाल आइपुगेकोछ। बंगालदेशी महिला टिम आज (शनिबार) नेपाल आइपुगेको हो।

उपाधि खडेरी तोड्छौंः थापा

‘फुटबलमा कमभन्दा कम गल्ती गर्नेले जित निकाल्न सक्छ। अघिल्लो संस्करणका कतिपय भिडियो नियाल्दा हाम्रो टोलीले धेरै गल्ती गरेको देखिन्छ। यो संस्करणमा हामी कमभन्दा कम गल्ती गर्दै गोल गर्ने लक्ष्यमा हुनेछौं।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्