१७ असार २०८१ सोमबार
image/svg+xml

गरिबी निवारण कोष खारेज

सरकारले गरिबी निवारण कोष खारेज गर्ने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सो घोषणा गरेका हुन्।

सुकीको पार्टी खारेज गर्ने म्यान्मार निर्वाचन आयोगको तयारी

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको पार्टी खारेज हुने संभावना देखिएको छ। सुकीको पार्टी नेस्नल लिग फर डेमोक्रेसी (एनएलडी) लाई देशको निर्वाचन आयोगले खारेज गरिदिने तयारी गरेको हो।

‘संकटमा असहयोग गर्ने निजी अस्पतालको दर्ता खारेज’

विगतमा कोरानाको सामना गरेको अनुभवको अधिकतम सदुपयोग गर्ने, सावधानी पालना गराउन कडाइ र जागरुकता बढाउन र सीमामा कडाइ गर्न तीनवटा प्राथमिक्ता उनले सुझाएका छन्। मुख्यमन्त्री राउतले संकट समयमा असहयोग गर्ने निजी अस्पतालको दर्ता खारेजीको लागि प्रक्रिया सुरु गर्नुपर्ने बताए।

गृहमन्त्री थापाको सांसद पद खारेज, मन्त्रीबाट पनि स्वतः पदमुक्त

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि सांसद पदबाट मुक्त भएका छन् । सांसद पद मुक्त भएसँगै थापा गृहमन्त्रीबाट स्वतः पद मुक्त भएका छन् ।

न्यायाधीश सुवेदीविरुद्धको निवेदन खारेज

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सुवेदीको योग्यताको विषयलाई लिएर परेको रिट निवेदन सोमबार खारेज गरिदिएको हो। सर्वोच्चको आदेशसँगै सुबेदीको संसदीय सुनुवाई प्रक्रिया अघि बढ्ने देखिएको छ।

एमालेतर्फ लागेका चार सांसदको पद खारेज

माओवादीबाट निर्वाचित भइ नेकपा एमालेतिर लागेका चार जना प्रदेश सांसदलाई नेकपा माओवादी केन्द्रले बर्खास्त गरेपछि उनीहरुको संसद पद खारेज भएको छ। सोमबार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोज यादवले चारैजना प्रदेश सांसदको पद खारेज भएको सदनलाई जानकारी गराएको छ।

माओवादी केन्द्र त्याग गरेका चार प्रदेश सांसदको पद खारेज हुँदै

माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका प्रदेश २ का चार सांसदको पद आज खारेज हुँदैछ । आइतबारसम्म स्पष्टीकरणको जवाफ नआएपछि चारजना सांसदले दल त्याग गरेको सूचना माओवादी केन्द्रले प्रदेश सभा सचिवालयलाई पठाएको छ ।

थापालाई सांसदबाट हटाउन पत्राचार

शुक्रबार पठाइएको पत्रमा थापाले दल त्याग गरेर एमालेमा गएका कारण उनलाई स्पष्टीकरण सोधिएकोमा जवाफ नदिएपछि सांसद पद खारेज गरिएको उल्लेख गरिएको छ।

‘एकीकरण गर्ने भए १५ दिनभित्र आउनू’

निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्दै साबिकको नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँँताएको छ। सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भई नेकपा बनेको पूरै प्रक्रिया उत्प्रेषणको आदेशद्वारा बदर गर्ने निर्णय गरेसँगै आयोगले दर्ता नम्बर १४५ रहेको नेकपा खारेज गरेको हो। आयोगले मंगलबार दल खारेजीको जानकारी एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई गराएको छ।

सरकारी कार्यालय आलोपालो प्रणाली खारेज

कोरोना महामारी बढ्न सुरु गरेपछि सरकारी कार्यालयमा लागुु गरिएको आलोपालो प्रणाली आइतबारदेखि नहुने भएको छ।

नगरसभा खारेजीको माग गर्दै जनकपुर उपमहानगरका वडाध्यक्षहरुले दिए सर्वोच्चमा मुद्दा

जनकपुरधाम उपमहानगरपालिकाका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । नगरसभा खारेजीको माग गर्दै वडाध्यक्ष र सदस्यहरुले बुधबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।

मेची पहाडी पर्यटन समिति खारेज

मेची पहाडी पर्यटन प्रबर्धन समिति खारेज भएको छ । प्रदेश १ को मन्त्रीपरिषद्को मंगलबार बसेको बैठकले मेची पहाडी पर्यटन प्रबर्धन समिति खारेज गर्ने निर्णय गरेको हो ।

खारेज कार्यालयको नयाँ भवन ६ महिनायता प्रयोगविहीन

गोरखा नगरपालिका वडा नम्बर ९ टक्सारमा छ महिनाअघि निर्माण भएको सरकारी भवन प्रयोगविहीन छ । तीन करोड ६६ लाख लागतमा जिल्ला आयोजना कार्यन्वयन इकाई भवनले जिल्लाबाट खारेज भएको भू–संरक्षण कार्यालयको नाममा निर्माण गरेको हो ।

पर्यटन बोर्ड खारेज गर्न निर्देशन

कर्णाली प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिले प्रदेश पर्यटन बोर्ड (गठन) आदेश २०७६ खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले प्रदेश मन्त्रिपरिषद् बैठकबाट संवैधानिक एवं कानुनी दायित्यबिनै बोर्ड गठन गरिएको निष्कर्ष निकाल्दै खारेज गर्न निर्देशन दिएको हो ।

अध्यादेश खारेजीको कानुनी परिणाम

संवैधानिक परिषद् बैठक बसी सर्वसम्मतिले निर्णय गर्न हालको कानुनी व्यवस्थाले बाधा नपर्ने देखिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्