३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

शेखरलाई प्रश्न: आरजुको व्यवस्थापन गर्नेले नै सभापति जित्छ भनिन्छ नि?

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले पत्नी डा. आरजु राणा देउवालाई राजनीतिमा अगाडी सार्नु स्वाभाविक रहेको बताएका छन्। बुधवार नागरिक फ्रन्टलाइन संवादमा कुराकानी गर्दै नेता कोइरालाले यस्तो बताएका हुन्। 

संवादमा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले ‘कांग्रेसमा सभापति शेरबहादुर देउवाकी पत्नी पनि, नेता पनि आरजु राणाको व्यवस्थापन जसले गर्छ, उसैले सभापति जित्छ भनिन्छ नि?’ भनेर प्रश्न गरेका थिए। 

त्यसको जवाफमा कोइरालाले त्यो ‘न्यारेटिभ’ पार्टीभित्र रहेको स्वीकार गरे। ‘त्यो न्यारेटिभ पार्टीभित्र छ। त्यसलाई म स्वाभाविक रूपमा लिन्छु,’ उनले भने, ‘सभापतिको सक्सेसरका रूपमा परिवार आउनु अन्यथा होइन।’

प्रकाशित: ९ पुस २०८२ १९:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App