६ आश्विन २०८१ आइतबार
image/svg+xml

बल प्रयोग तथा अभद्र व्यवहार गर्ने सुरक्षाकर्मीलाई कानुनी कठघरामा उभ्याउँछौंः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले सवारी आगमनमा अवरोध गरेकाले गुठी विधेयकको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सामान्य बल प्रयोग गरेको बताएका छन्। उनले प्रदर्शनका क्रममा कानुन विपरित बल प्रयोग गर्ने र अभ्रद व्यवहार गर्ने सुरक्षाकर्मीमाथि कारवाही गरिने प्रष्ट पारे।

नारकीय जीवन बिताइरहेकी पूर्वलडाकुको उद्धार

आठ वर्ष अघिदेखि बिरामीले थलिएकी त्रिवेणी–५ जुगार जबरबोटकी ३२ वर्षीया पूर्वलडाकु निर्मला विक ‘साधना’ले उपचार पाउने भएकी छिन्।

लोकसेवा आयोगको विज्ञापनविरुद्ध आन्दोलन

लोकसेवा आयोगले स्थानीय तहका लागि नयाँ कर्मचारी नियुक्त गर्न सार्वजनिक गरेको विज्ञापनविरुद्ध प्रदेश २ आन्दोलित भएको छ। आयोगको उक्त कर्मचारी भर्ना प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्री लालबाबु राउतले अस्वीकार गर्ने चेतावनी दिएपछि प्रदेश सत्तापक्ष समर्थक युवाहरू आन्दोलित भएका हुन्।

काठमाडौंमा निर्माण व्यवसायी महासंघको विरोध र्‍याली

नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद नियमावली छैठौ संशोधनको विरोधमा राजधानीमा विरोध र्‍याली निकालेको छ। सरकारले आयोजना ठेक्का समयअवधिको ५० प्रतिशत भन्दा बढी म्याद थप गर्न नपाउने व्यवस्थासहित नियमावली संशोधन गरेपछि व्यवसायी त्यसको विरोधमा उत्रिएका हुन्।

पुष्पकमलसँग अनुरोध

जब तपाईँहरू आपसमा अग्लो बन्ने झेली खेलमा लाग्नुहुन्छ र गोलपोस्टमा गोल गर्न हतारिनुहुन्छ, त्यो सत्ताको बल गोलपोस्टभन्दा बाहिरबाट जाने खतरा रहन्छ। आवेग नियन्त्रण गरी धैर्यपूर्वक आफ्नै ठाउँमा बसिदिनुभयो भने सत्ताले तपाईँलाई पछ्याउनेछ।

नतिजा खारेज नगरे कडा आन्दोलनमा उत्रने विद्यार्थीको चेतावनी

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले अवैधानिक रुपमा प्रकाशित गरेको नतिजा तत्काल खारेज नगरे कडा आन्दोलनमा उत्रने चेतावनी विद्यार्थीहरुले दिएका छन्।

आन्दोलनप्रति गेसोको ध्यानाकर्षण

गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका आन्दोलनमा आफ्नो समर्थन भएको जनाएको छ।

लोकतान्त्रिक पथबाट विचलनमा जानसक्ने चिन्ता

जनआन्दोलनका क्रममा दुवाकोटमा बन्दी बनाइएका नागरिकले देश लोकतान्त्रिक पथबाट विचलनमा जानसक्ने चिन्ता गर्दै अपिल गरेका छन्।

बदलियो व्यवस्था, बदलिएन अवस्था

गरिबी, बेरोजगारी, गाँस, बास, कपास, शिक्षा, स्वास्थ्यलगायत जनताका आधारभूत समस्या उस्तै रहेको उनी बताउँछन्।

मधेसले के पायो ?

मधेस मामिलाका विश्लेषक डा. विजयप्रसाद मिश्रको विश्लेषणमा एक दशकमा भएका तीन आन्दोलनमा मधेसले केही उपलब्धि हासिल गरे पनि अपेक्षाकृत उचाइ लिन सकेको छैन।

'देशका निम्ति एक छिन सोचेनन्'

हिजो बम पड्काउनेहरूले आज बम पड्काउनेहरूलाई गाली गरिरहेका छन्, आज बम पडकाउनेहरूले हिजो बम पड्काउनेलाई हेर्लास् भनिराखेका छन्। किन ?

'जनतामा दल र गणतन्त्रप्रति वितृष्णा'

त्यसकारण सुरुमा प्रतिगमनविरोधी आन्दोलनमा जनसहभागिता न्यून थियो। आन्दोलनमा जिम्मेवारी लिएको संख्याभन्दा अत्यन्त कम मात्रै संख्यामा नेपाली कांग्रेस र तत्कालीन एमालेले सहभागी ल्याउने गरे।

गणतन्त्रले बिर्सिएको रुविन गन्धर्व (भिडियो)

यो गीत गाएको सुनेपछि नेताहरूको नजर उनीमाथि पर्न थाल्यो। नेताहरू मात्रै होइन, प्रहरीको नजरमा पनि उनी परे। ‘म बच्चा नै थिएँ। प्रहरीले समाते पनि मानवअधिकारवादीहरूले थुन्न दिने थिएनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्