४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

बौद्धनाथ क्षेत्रमा बढ्न थाले बाह्य पर्यटक

आर्थिक वर्ष २०७७/७८ मा यस क्षेत्रमा दक्षिण एसियाली देशका एक हजार पाँच सय ४४ र अन्य देशका एक हजार दुई सय ५६ पर्यटक आएका थिए। कोरोना महामारीका कारण त्यस आर्थिक वर्षमा पर्यटक कम आएका थिए। धेरै समय बन्दाबन्दी (लकडाउन) गरिएकाले कम पर्यटक आएका हुन्।

काठमाडौँ महानगरले कालोपत्र गरेको सडक तीन महिनामै भत्कियो

बौद्ध क्षेत्रको टुसालबाट महाँकाल र सम्पदा मार्ग हुँदै बौद्ध चैत्य पुग्न सकिने सडक गत आर्थिक वर्षमा कालोपत्र भएको थियो। कालोपत्र भएको तीन महिना पनि सडक नटिकी भत्केर पानी जम्न थालेको बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक नयनकुमार लामाले जानकारी दिए।

बौद्धनाथ क्षेत्रमा टिकटक खिच्न निषेध

विश्व सम्पदा सूचीमा रहेको बौद्धनाथ क्षेत्रमा सामाजिक सञ्जाल टिकटक भिडियो खिच्न निषेध गरिएको छ । श्री बौद्धनाथ क्षेत्र विकास समितिले सोमबारदेखि टिकटक भिडियो खिच्न निषेध गरेको हो ।

बौद्धनाथ क्षेत्र ‘सडक मानवमुक्त’

काठमाडौं महानगरपालिकाले ‘सडक मानवमुक्त’ बनाउने घोषणा गरेसँगै अहिले यहाँका पर्यटक स्थाल तथा धार्मिक क्षेत्रमा मगन्ते हटाउन सुरु सञ्चालन भएको छ।

बौद्ध स्तुप चिरैचिरा

विश्व सम्पदामा सूचीकृत बौद्ध स्तुप परिक्रमा गर्ने दोस्रो स्टेप चिरैचिरा परेको छ। २०७२ सालको भूकम्पले क्षति पु-याएपछि उक्त स्टेप चर्किएको थियो। चर्किएको भागमा हालिएको सुर्की उप्किएपछि यस्तो अवस्था आएको हो।

ऐतिहासिक बौद्ध तेमाल जात्रा तयारी पूरा

बौद्ध तेमाल जात्राको सम्पूर्ण तयारी पूरा भएको छ। बौद्धनाथ क्षेत्र विकास समितिले शुक्रबार पत्रकार सम्मेलन गरी जात्राको तयारी पूरा भएको जानाकारी गराएको हो।

बौद्ध तेमाल जात्राको तयारी पूरा, धुम्रपान र मध्यपानमा प्रतिबन्ध

बौद्ध तेमाल जात्राको सम्पूर्ण तयारी पूरा भएको छ। बौद्धनाथ क्षेत्र विकास समितिले पत्रकार सम्मेलन गरेर (बौद्धमा, वैशाख ५) जात्राको तयारी पूरा भएको जानकारी गराएको हो। ऐतिहासिक, धार्मिक एवं साँस्कृतिक महत्व बोकेको यस पर्वलाई यसवर्ष पनि चैत पूर्णिमाको अघिल्लो दिन भव्य र सभ्य रुपमा मनाउने जनाएको छ।

डेढ वर्षमा पनि सञ्चालन भएन धर्मशाला

बौद्धनाथ क्षेत्र विकास समितिले सामाजिक योगदानका लागि बौद्ध टुसालमा लिएको धर्मशाला डेढ वर्ष बितिसक्दा पनि सञ्चालन हुन सकेको छैन। आर्थिकरूपले विपन्न भई विभिन्न स्थानबाट बौदनाथ स्तुपमा आएका भक्तजनहरूलाई राख्ने उद्देश्यले २०७४ असार १६ गते उक्त धर्मशाला राख्नको लागि तीन तलाको भवन समितिले लिएकोे थियो।

बल्ल हटाइयो बौद्धनाथको डिजिटल डिस्प्ले

पुरातत्व विभाग, स्थानीय, महानगरपालिका, सम्पदाप्रेमीलगायतको लामो प्रयासपछि बौद्धनाथ स्तूपमा राखिएको डिजिटल बोर्ड मंगलबार हटाइएको छ।

बौद्धनाथमा राखिएको डिस्प्ले हटाउन अल्टिमेटम

पुरातत्व विभागले बौद्धनाथ स्तूपमा राखिएको डिजिटल बोर्ड मंगलबार विहान १० बजेभित्र हटाउन निर्देशन दिएको छ। बौद्ध तथा मेलम्ची घ्याङ गुठीले २८ दिनदेखि अवैध रुपमा बौद्धनाथ स्तूप सौन्दर्य नै छोपिने गरी बोर्ड राख्दै आएको थियो।

बौद्धनाथ स्तुपको नयाँ अवतार

काम गरेर देखाउनेलाई सहयोगीको खाँचो नहुँदो रहेछ। एकपछि अर्को हात थपिँदै जाने रहेछ। आवश्यक मात्र होइन, बढी नै सहयोग आउने रहेछ। यसको पछिल्लो प्रमाण हो, पुरातात्विक विश्व सम्पदा बौद्धनाथ महाचैत्य (स्तुप) को पुनर्निर्माण।

बौद्धनाथ पुनर्निर्माणमा ३० किलो सुन

२०७२ वैशाख १२ को महाभूकम्पमा क्षतिग्रस्त बौद्धनाथ स्तुपको त्रयोदश भुवन पुनर्निमाण अन्तिम चरणमा पुगेको छ। कार्तिकसम्ममा पुनर्निमाण सम्पन्न हुनेगरी काम भईरहेको श्री बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्