३१ चैत्र २०८१ आइतबार
image/svg+xml २३:४३ अपराह्न
समाज

बौद्ध तेमाल जात्राको तयारी पूरा, धुम्रपान र मध्यपानमा प्रतिबन्ध

काठमाडौं– बौद्ध तेमाल जात्राको सम्पूर्ण तयारी पूरा भएको छ। बौद्धनाथ क्षेत्र विकास समितिले पत्रकार सम्मेलन गरेर (बौद्धमा, वैशाख ५) जात्राको तयारी पूरा भएको जानकारी गराएको हो। 

ऐतिहासिक, धार्मिक एवं साँस्कृतिक महत्व बोकेको यस पर्वलाई यसवर्ष पनि चैत्त पूर्णिमाको अघिल्लो दिन भव्य र सभ्य रुपमा मनाउने जनाएको छ। राष्ट्रिय पर्वको रुपमा मनाउनका लागि बाौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा विभिन्न संघसंस्था, गुठी, क्लव, र स्थानीय समाजसेवी बुद्धिजिवीहरुको सहभागितामा ‘राष्ट्रिय पर्व बौद्ध तेमाल जात्रा मूल व्यवस्थापन समिति’ गठन भएको छ। 

यस जात्राको साँस्कृतिक गरिमालाई व्यापक रुपमा प्रचार प्रसार संरक्षणमा सबैको दायित्व भएको समितिका प्रमुख कार्यकारी निर्देशक बसन्त लामाले बताए। बौद्ध तेमाल जात्रालाई राष्ट्रिय पर्वको रुपमा मनाउने तयारी हो। 

बौद्ध तेमाल जात्रामा विशेषगरी तामाङ समुदायले आफ्ना दिवंगत आत्माहरुको चीरशान्तिका लागि बौद्ध महास्तूपमा छ्योमिबत्ती बाल्दै लामा गुरुहरुद्धारा विशेष पूजापाठ (ङोवा÷मोन्लम) गरी मनाउने गरिन्छ। 

तेमाल जात्रामा विगतको दिनमा तेमाल क्षेत्रका तामाङहरु आउने हुनाले यस जात्राको नाम तेमाल जात्रा रहन गएको हो। 

बौद्ध तेमाल जात्राको दिन आफ्ना दिवंगत पितृहरुको स्मरणमा दियो बत्ती बाल्दै (ङोवा मोन्लम) गर्नाले आफ्ना पितृहरु षङ्गतिमा पर्दैनन र अर्को जुनीमा सुख भएको ठाउँमा जन्मिन्छन भन्ने धार्मिक विश्वास रहेको पाइन्छ।   

नेपाल सरकारद्धारा यस बौद्ध तेमाल जात्रालाई राष्ट्रिय पर्वको मान्यता प्रदान गरिसकेको छ। बौद्ध तेमाल जात्रा तामाङ समुदायको धार्मिक एवम् साँस्कृतिक पहिचानको रुपमा रहेको जीवन्त पर्व हो। 

जात्रामा भक्तजनहरुलाई बौद्ध स्तुपा परिसरमा त्रिपालको व्यवस्था गरिएको छ। घ्योई लिसाङ शान्ति वाटिका, बौद्ध स्तूप परिसर र समितिको कार्यालय मुनी रहेको शौचालयहरु प्रयोग गर्ने व्यवस्था गरिएको छ।

निः शुल्क स्वास्थ्य शिविरको व्यवस्था, रक्तदान कार्यक्रम, लामा गुरुहरुबाट ङोवा मोन्लम गराउने गरिएको छ। यस वर्षको जात्रामा स्तुपमा बत्ती बाल्न र पूजा गर्न लाइनको व्यवस्था गरिएको छ।

श्रद्धालु भक्तजनहरुको निम्ती बौद्ध तामाङ कल्याण गुठीको प्राङगनमा प्रसाद वितरणको व्यवस्था गरिएको छ।  विभिन्न संघ संस्थाले निः शुल्क पिउने पानीको व्यवस्था गरिएको छ। जात्रामा धुम्रपान र मध्यपान गर्न निशेध गरिएको छ। 

हाल यस जात्रामा काभ्रेको तेमाल लगायत दोलखा, रामेछाप, मकवानपुर, ललितपुर, नुवाकोट, सिन्धुपाल्चोक, धनकुटा, भोजपुर, सर्लाही काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट तामाङहरु आउने गरेका छन्। 

यसै जात्राको अवसरमा बौद्धमा पूजापाठ गरेर चैत्र पूर्णिमाको दिन बालाजु बाईस धारामा स्नान गर्दै स्वयम्भू महाचैत्यमा पुगेर पूजापाठ गरी तेमाल जात्राको विर्सजन हुने ऐतिहासिक किवदन्ति छ। यस जात्रालाई बौद्ध जात्रा समेत भन्ने गरिन्छ। पछिल्लो समय यसलाई बौद्ध तेमाल जात्रा नामकरण गरिएको छ। 

दिवंगत व्यक्तिहरको शीघ्र बुद्धत्व प्राप्त गरोस भनी गरिने प्रार्थना वा प्राणिधानलाई मोन्लम भनिन्छ। विशेष गरी बुद्ध प्रतिमा र स्तुपहरुको सामु दुई हात जोडि मोन्लम गरिन्छ। बौद्धमार्गीहरुले सबे सत्व प्राणिहरमा सुखशान्ति छाओस र मृत्यु पश्चात सुखवती भुवनमा जन्म लिन पाओस भनी ङोवा मोन्लम गर्नु आवश्यक छ। 

बौद्ध महास्तूप धार्मिक, साँस्कृतिक एवं ऐतिहासिक महत्व र विशेषता बोकेको स्तुपा हो। सन् १९७९ मा युनेस्कोले यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेको थियो। 

बौद्ध किवदन्ती अनुसार सत्ययुगमा विपश्वी बुद्ध काठमाडौं उपत्यकामा आएर नागर्जुन डाँडामा साधना गरेका थिए। उनैले ऋषी शक्तिले चैत पूर्णिमाको दिन काठमाडौं उपत्यकाको दहमा एक कमलको बिज रोपेको थियो। सोही कमलको फूलमा स्वयम्भूको अलौकिक ज्योति उत्पन्न भएको कथन पाइन्छ। यसरी विपश्वी बुद्धले कमलको विज रोपेको स्मरणमा तेमाल जात्रा प्रारम्भ भएको मानिन्छ।  

राजा रिन्जन दोर्जे बलको राजकीय चाड ‘तेमाल जात्रा’ विं.स.१८९१ असोज २ तेमालका अन्तिम राजा रिन्जन दोर्जे बलले तेमाल जात्रालाई राजकीय चाडको मान्यता दिएको थियो। उनले जात्रालाई सम्पन्न गर्न जनतालाई पठाउने गरेको जनश्रुति समेत पाइन्छ। साथै अर्को किवदन्ति अनुसार बौद्ध स्तूपाको जीर्णोद्धारा कार्य सम्पन्न भएको खुशीयालीमा तेमालका तत्कालिन राजा बलले तेमाल जात्रा चलाएको पाइन्छ।  

प्रकाशित: ३० चैत्र २०७५ ००:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App