२ मंसिर २०८१ आइतबार
image/svg+xml

हत्यामा संलग्न थप दुई जना पक्राउ

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार उर्लाबारी–७ का २७ वर्षीय अभिषेक लिम्बू र उर्लाबारी–८ का २८ वर्षीय विजय लिम्बूलाई पक्राउ गरिएको हो।

स्रोत नखुलेको ९५ लाख सहित दुई भारतीय पक्राउ

सवारीसाधन जाँच गर्ने क्रममा गएराति उक्त रकमसहित भारतको महाराष्ट्र घर भएका २६ वर्षीय सागर माली र सोही ठाउँका १९ वर्षीय कृष्ण अढाडेलाई पक्राउ गरेको हो।

नारायणहिटी भित्र पसेर श्रीपेच चोर्न खोज्ने युवक पक्राउ

उनले संग्रहालय अवलोकन गर्ने क्रममा श्रीपेच देखेपछि 'म अब श्रीपेच लगाएर राजा बन्छु' भन्दै श्रीपेच फुटाएको देखिएको प्रहरीले बताएको छ।

वन्यजन्तु ओसार-पोसार मुद्दाका फरार प्रतिवादी पक्राउ

जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ निवासी ४४ वर्षका मनिराम थारु र सोही ठाउँ निवासी ४३ वर्षीय धनिराम थारुलाई प्रहरीले पक्राउ गरेको हो।

ब्राउनसुगरसहित तीन जना पक्राउ

प्रहरीले गए राति अर्जुनधाराबाट दुई र दिउँसो मेचीनगरबाट एक भारतीय नागरिकलाई ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।

अलैंची ठगी गरेको आरोपका मुख्य योजनाकार पक्राउ

अघिल्लो वर्षको पुसमा अलैंची ठगी गरेको आरोपमा तेह्रथुम अठराई वडा नं. ५ घर भइ मोरङ सुन्दरहरैँचा वडा नं. ४ बस्ने ४३ वर्षे सुरेशकुमार भट्टराईंलाई प्रहरीले पक्राउ गरेको हो।

लागुऔषधसहित एक जना पक्राउ

प्रहरीले बुधबारसाँझ लागुऔषधसहित विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–१३ का २३ वर्षीय सुशील श्रेष्ठ रहेका छन्।

भरुवा बन्दुकसहित दुई जना पक्राउ

पक्राउ परेकाहरुका साथबाट नेपाली सेनाले एक थान भरुवा बन्दुक, बन्दुकमा लाग्ने पाँच थान गोली, बारुद दुई डिब्बा तथा बन्दुकको केप एक डिब्बा बरामद गरेको सिंहसारदुल गुल्म खप्तडले जनाएको छ।

सङ्खुवासभा सामूहिक हत्याकाण्डको आरोपमा थप ६ जना पक्राउ

प्रहरीले थप ६ जनामाथि अनुसन्धान सुरु गरिरहेको छ। हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीका भाइ नरेश कार्की र उनका बुबा, काका, काकी तथा दुई छोरामाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

फरार ११ जना प्रतिवादी पक्राउ

इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले कुटपिट, लुटपाट र सवारी ज्यान मुद्दामा अदालतले दोषी ठहर गरे पनि फरार रहेकालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए।

नमुना समाजको बेइमानी: अध्यक्षसहित १६ जनालाई पक्राउ गर्न पत्राचार

नमुना गाउँ निर्माणका लागि भन्दै स्थानीय तहसँग साझेदारी कार्यक्रम सञ्चालन गरेर ठगी गर्ने सुर्खेतस्थित नमुना समाज नामक गैरसरकारी संस्थाका पदाधिकारीसहित १६ जनालाई पक्राउ गरेर कारवाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ।

पाँच किलो चाँदीसहित दुई पक्राउ

सिरहाको लहानबाट भारततर्फ तस्करी गर्न लगिरहेको करिब पाँच किलो चाँदीसहित प्रहरीले भारतको खुटौना पञ्चायतका रवि महतो र पिन्टु महतोलाई पक्राउ गरेको हो।

बोक्सी भन्दै महिलामाथि कुटपिट, एक युवक पक्राउ

बोक्सी भन्दै छिमेकी महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–१२ सारस्वरबाट एक युवकलाई पक्राउ गरेको छ।

बोक्सीको आरोपमा कुटपिट गर्ने पक्राउ

पीडित महिलाका पति जितेन्द्रले अस्पताल लैजानुको सट्टा मामाको सहयोगमा स्वयम्भूस्थित धामीसमेत रहेका बुबा दीपेन्द्रकोमा झारफुक गर्न लगेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्