१९ असार २०८१ बुधबार
image/svg+xml

मुस्ताङको कोरला नाकामा नेपाली र चिनियाँ सुुरक्षाकर्मीको संयुक्त गस्ती

हिमाली जिल्ला मुस्ताङको कोरला नाकामा नेपाल प्रहरी र चिनियाँ सुरक्षाकर्मीले संयुक्त गस्ती गरेका छन।

सशस्त्र पल्टुनको एक फौज २४ सै घण्टा सीमा गस्तीमा

सशस्त्र प्रहरी बल नेपालले ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’अन्तर्गत २४सै घण्टा सीमा क्षेत्रमा गस्ती परिचालनका लागि ‘सीमा पैदल गस्ती परिचालनसम्बन्धी अवधारणापत्र, २०८०’ लागू गरेको छ।

बेलकामा अवैध दर्जन सालका रुख फडानी

उदयपुरको बेलका नगरपालिकास्थित राष्ट्रिय तथा सामुदायिक वन समूहको जंगल क्षेत्रमा दर्जन हाराहारी सालका रुख अवैध रुपमा फडानी गरी बिक्रीवितरण भइरहेको पाइएको छ।

तिहारमा साँझ ८ बजेदेखि राति १ बजेसम्म महानगर प्रहरीले गस्ती गर्ने

काठमाडौं महानगरपालिकाले तिहारलाई सुरक्षित रुपमा मनाउन आग्रह गरेको छ।आज शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौं महानगरपालिकाले नेपालीहरूको महान् पर्व तिहारलाई भव्य रुपमा र सुरक्षित रुपमा सम्पन्न गर्न साँझ ८ बजेदेखि राति १ बजेसम्म गस्ती गर्ने भएको हो।

सीमा सुरक्षामा भाषा बन्यो समस्या

खासगरी नेपाल–चीन सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरीलाई चिनियाँ भाषा नबुझ्दा समस्या हुने गरेको छ।

भन्सार छलिएको सामान बरामद

गस्तीमा खटिएको नेपाल प्रहरीको टोलीले पूर्वीनाका काँकडभिट्टा भन्सारबाट छली गरी ल्याइएको रू एक करोड २० लाखभन्दा बढी मूल्यको सामान बरामद गरेको छ।

अब सीमामा एकतर्फी गस्ती गर्दैनौं : एसएसबी

भारतीय सीमा सुरक्षा बल (एसएसबी) नेतृत्वले पूर्वी नेपालमा अब आफूहरूले एकतर्फी गस्ती नगर्ने बताएको छ।सीमामा एकतर्फी गस्तीका कारण आफूहरूले ज्यादती खेप्नुपरेको त्यस क्षेत्रका नेपालीले गुनासो गरेपछि एसएसबीले अब संयुक्त रूपमा मात्रै सीमाको गस्ती गर्ने ‘पुरानै प्रतिबद्धता’ दोहोर्‍याएको हो।

ग्रामिण र सहरी क्षेत्रमा गस्ती बढाउन निर्देशन

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले प्रदेश मातहतका सम्पूर्ण जिल्ला प्रहरी कार्यालय एवं अन्य प्रहरी कार्यालयका प्रमुखहरुसँग जिल्लाको शान्ति सुरक्षाबारे छलफल गरेका छन्। त्यस अवसरमा ग्रामिण र सहरी क्षेत्रमा गस्ती बढाउन पनि उनले निर्देशन दिएका छन्।

धनुषाको पूर्वी क्षेत्रका गाउँगाउँमा साइकल गस्ती

'नागरिकका समस्यालाई नजिकबाट देख्न र सुन्न साइकल गस्ती सुरु गरेका छौँ, प्रहरी निरीक्षक हरिविष्णु ढकालले भने, 'यसले गर्दा दूरदराजमा प्रहरीको उपस्थिति बढ्नुका साथै जनताले शान्ति सुरक्षाको अनुभूति गर्न पाएका छन्।'

रौतहटमा वन गस्ती टोली र सिकारीबीच झडप

रौतहटको वनमा वन गस्ती टोली र सिकारी समूहबीच दोहोरो झडप भएको छ । कोरोना महामारीको मौका छोपेर वनमा व्यापक काठ तस्करी भइरहेको भनेर आलोचना बढेपछि वन गस्ती टोलीले सक्रियता बढाएको हो ।

वन जोगाउन पालैपाली उपभोक्ताको गस्ती

उदयपुरको बेलका नगरपालिका ३ र ४ स्थित गणेश साँढेचौरी सामुदायिक वन समूहका उपभोक्ता आफैं वन जोगाउन गस्ती जान थालेका छन्। आफ्नो वन जंगलको सुरक्षा आफैले गर्न सके मात्र हुने भन्दै उनीहरु घरलौरी गस्ती जान थालेका हुन्।

तस्करी नियन्त्रण गर्न हेरालुको सामूहिक गस्ती

भजनी क्षेत्रका सामुदायिक वनका हेरालु वन संरक्षणमा एकजुट भई संयुक्त गस्ती गर्न थालेका छन्। रातिको समयमा काठ तस्करी हुन थालेपछि सामुदायिक वनका हेरालुहरुले समूह बनाई सामूहिक गस्ती गर्न थालेका हुन्।

सीमामा गस्ती गर्दागर्दै जान्छ सशस्त्र प्रहरीको दसैं

‘फौजीलाई कुन हो दसैं कुन हो चाड तिहार’ हरेक सालका दसैं तिहारका बेला घन्कने यि गीतका शब्द र शैली जति सदाबहार छन्, कर्मक्षेत्रमा खटिने सुरक्षाकर्मीका सयौं पीडा तिनै गीतका भावले मेट्ने गर्छन्। यि गीतका भावहरुले पीडा मात्र भुलाउँदैनन्, फौजीहरुको पौरखी र कर्तव्यलाई समेत प्रतिबिम्वत गरिरहेका हुन्छन्।

अब सीमामा सैनिक गस्ती

चोर बाटो हुँदै भारतबाट नेपाली र भारतीय नागरिकसमेत नेपाल छिर्न थालेपछि प्रमुख जिल्ला अधिकारीहरुलाई सबै सीमा नाकामा सेनाको उपस्थिति देखाउन निर्देशन दिइएको छ।

वडाध्यक्षको नेतृत्वमा संयुक्त गस्ती

रसुवाको नौकुण्ड गाउँपालिकामा कोरोना भाइरसको बारे जनकारी दिनका लागि संयुक्त गस्ती सुरु भएको छ। गाउँपालिकाको ६ वटै वडाका वडाध्यक्षले संयुक्त गस्ती गरिरहेका हुन्। गाउँपालिकाभित्र कोरोना बारे जानकारी दिने, सचेत गराउने र बाहिरबाट आएका व्यक्तिको निरीक्षण गर्नका लागि गस्ती भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्