२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

कपडा पेल्ने मेसिन पड्किदा एक जनाको मृत्यु, ४ घाइते

रोल्पाको त्रिबेणी गाउँपालिका ४ निगालपानीमा मंगलवार कपडा पेल्ने मेसिन पड्किदा एक जनाको मृत्यु भएकाे छ।

रोल्पामा बस पल्टियाे, २ जनाको मृत्यु

रोल्पाको लुङ्ग्री गाउँपालिका–३ जुतुङखोलामा साेमबार बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। आशिर्वाद यातायात प्रालीको बा १ ख ५५२१ नम्वरको बस सडकबाट करिब ५० मिटर तल खसेको हाे।

अस्पताल बनाउन २२ रोपनी जग्गा दान

साेलुखुम्बुका एक स्थानीयले अस्पतालका लागि २२ रोपनी जग्गा दान गरेका छन्। दूधकोसी सामुदायिक अस्पताल निर्माणका लागि थुलुङ दूधकोसी गाउँपालिका मुक्लिका गोरे राईले उक्त क्षेत्रफलको जमिन निःशुल्क उपलब्ध गराएका हुन्।

आयोजक बलेफीको विजयी सुरुवात

आयोजक बलेफी गाउँपालिकाले प्रथम बलेफी गाउँपालिका जिल्ला स्तरीय फुटवल प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

नागरिककर्मी भादगाउँले सम्मानित

नेपाल पर्यटन बोर्डले नागरिककर्मी अमृत भादगाउँलेलाई सम्मान गरेको छ। विगत २ दशकदेखि पर्यटन बिटमा कलम चलाउँदै आएका भादगाउँलेलाई सोमबार आफ्नो २० औं स्थापना दिवसको अवसरमा पर्यटन बोर्डले विशेष समारोहमा कदर पत्रसहित सम्मान गरेको हो। बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले कदरपत्र प्रदान गरेका थिए।

सेवाप्रदायक निकायमा भ्रष्टाचार

गत पुस १३ गते शुद्धोधन गाउँपालिकामा कार्यरत इन्जिनियर कपिल अर्याल र सबइन्जिनियर लक्ष्मण ढुंगाना पुरानो भवनको नक्सा पास गराउन लिएको ८० हजार घुससहित अख्तियारको नियन्त्रणमा परे। पुस ८ गते बुटवल उपमहानगरपालिका–१३ का वडा सचिव भरत काउछा बसाइँसराइँको प्रमाणपत्र मिलाइदिन भन्दै ५ हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परें।

खेतीयोग्य जमिन जंगलमा परिणत

सुविधा, रोजगारी र गुणस्तरीय शिक्षाको खोजीमा बजार झर्दै गर्दा ग्रामीण बस्ती सुनसान त छ नै। त्यहाँ रहेका सयौं रोपनी खेतीयोग्य जमिनसमेत बाँझिएको छ । खेत बारी, बारी खरबारी, खरबारी झाडीमा परिणत भएका कुरा सुन्ने गरेपनि यहाँका सयौं रोपनी खेतीयोग्य जमिन जंगलमा परिणत भएको छ।

निर्माणाधीन कार्यालय भवन गाउँपालिका प्रमुखले कोदालोले भत्काए

खोटाङको रावाबेँसी गाउँपालिकाको निर्माणाधीन कार्यालय भवन गुणस्तरहिन बनेको भन्दै गाउँपालिका प्रमुख लिलानाथ निरौलाले भत्काएका छन्।

हुँदै गरेको विवाह प्रहरीले रोक्यो

बराहताल गाउँपालिका–९ स्थित थारीगाउँकी रत्नकला मर्याङ्गीको घरमा छोराको विवाहको तयारी धुमधामका साथ चलिरहेको थियो। निम्त्याइएका आफन्त, इष्टमित्र र छरछिमेकीहरुले घर आँगन ढाकिएको थियो। ध्वजापताकाले घर सजाइएको थियो।

सुन्तलाले बजार पाएन, बोट मर्ने समस्याले किसान चिन्तित

धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० को स्राङका इन्द्रबहादुर मगरको बारीभरी लटरम्म सुन्तला फलेको छ। घरै वरिपरी दुई रोपनी जग्गामा लगाइएको सुन्तलाले पाखा नै पहेलो बनाएको छ। पहेलै भएर फलेका सुन्तला बारीभरी नै झरेको छ भने केही बस्तुभाउलाई पनि खुवाउने गरेको मगरले बताए।

गाडी किन्ने बजेट विकासमा

स्थानीय तहहरुले पुँजीगत बजेट अनावश्यक क्षेत्रमा खर्च गरेको आरोप लागिरहेका बेला महाकुलुङ गाउँपालिकाले सवारी साधन खरिदक लागि विनियोजित रकम विकास निर्माणमा खर्च गर्ने निर्णय गरेको छ। उक्त गाउँपालिकाले सवारी साधन खरिद शीर्षकमा विनियोजित ६२ लाख रुपैयाँ रकमान्तर गरी विकासमा खर्च गर्ने निर्णय गरेको हो।

बनमा लागेको डढेलो नियन्त्रण बाहिर

खोटाङको जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ। स्थानीय ढाँडेपाखा–हाँडीखोलास्थित डम्बर्खुशिवालय सामुदायीक बनमा बुधबार दिउँसो १ बजेदेखि सुरु भएको डढेलो नियन्त्रण बाहिर गएको हो।

सामागाउँको आगो नियन्त्रणबाहिर

चुमनुब्री गाउँपालिका–१ सामागाउँको जंगलमा आइतबार रातिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। मंगलबार पनि आगो लागिरहेको स्थानीयले बताएका छन्। ‘आगो लगिरहेको छ, सोमबारजस्तो मुस्लो ननिस्किएको भए पनि जंगलबाट धुवाँ आइरहेको छ’, घटनास्थल पुगेका प्रहरीलाइ उद्धृत गर्दै गोरखाका प्रहरी प्रमुख एसपी भोला रावलले भने।

सामागाउँको आगो अझै नियन्त्रणमा आएन, ५ कस्तुरी मरेको भेटिए

गोरखाकाे चुमनुब्री गाउँपालिका १ सामागाउँको जंगलमा आइतवार रातीदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन्। मंगलवार पनि आगो लगिरहेको स्थानीयले बताएका छन्, ‘आगो लगिरहेको छ, सोमवार जस्तो मुस्लो ननिस्कएको भएपनि जंगलबाट धुवाँ आइरहेको छ’, घटनास्थलमा पुगेको प्रहरीलाई उदृत गर्दै गोरखाका प्रहरी प्रमुख एसपी भोला रावलले भने।

तिब्बतसँग जोडिएको गोरखाको सामागाउँमा भिषण डढेलो, हेलिकप्टरबाट ग्यास र पानी फाल्न सुझाव

उत्तरी गोरखाको तिब्बतसँग सिमाना जोडिएको चुमनुब्री गाउँपालिका वडा नम्बर १ को सामागाउँस्थित जंगलमा भिषण आगो लागेको छ। गएराती आगो लाग्न सुरु भएको त्यहाँ प्रहरी र स्थानीय मिलेर आगो निभाएर फर्किएपछि पुनः सोमवार आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी भोला रावलले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्