२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

१६ वर्षीया किशोरी एक हप्तादेखि बेपत्ता

विगत एक सातादेखि सप्तरीको रुपनी गाउँपालिकाकी एक बालिका बेपत्ता भएकी छन्। स्थानीय विष्णुदेव सरदारको १६ वर्षीया छोरी आरती सरदार गत चैत्र ३० गतेदेखि बेपत्ता भएकी हुन्।

जलबीरे झरनामा पर्यटक वृद्धि

चितवनको इच्छाकामना गाउँपालिका – ६ स्थित जलबीरेको लामो झरना हर्न पर्यटकको वृद्धि भएको छ। गर्मी याम शुरु भएसँगै झरनामा पर्यटकको आवागमन बढेकोे हो।

६ वर्षमा पनि बनेन पुल

रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका–८ सिम्लीबाट सोही गाउँपालिका–३ गरायलाको पेदी जोड्ने पुल निर्माण गर्न सुरु भएको ६ वर्ष पूरा भएको छ। अझैसम्म पनि पुल निर्माणको कुनै छाटकाट छैन।

साकेलामा गरिब परिचयपत्र वितरण

साकेला गाउँपालिकाले गरिब परिचयपत्र वितरण सुरु गरेको छ। गरिबीको रेखामुनि रहेका नागरिक लक्षित कार्यक्रम सञ्चालन गरी राज्यको स्रोत, साधन र क्षमताले भ्याएसम्म सामाजिक संरक्षण प्रदान गर्ने प्रयोजनका लागि साकेला गाउँपालिकाले बुधबारदेखि गरिब परिचयपत्र वितरण सुरु गरेको हो। साकेला गाउँपालिका–४, मात्तिमस्थित वडाकार्यालयबाट गरिब परिचयपत्र वितरण सुरु गरिएको गाउँपालिका अध्यक्ष अर्जुन खड्काले बताए।

यार्सा टिप्न नजान शैक्षिक अभियान

यार्सा टिप्ने याम शुरु भएपछि यहाँका बालबालिकालाई पाटनतिर लैजाने क्रम रोक्नका लागि जुम्लाको पातारासी गाउँपालिकाले शैक्षिक अभियान शुरु गरेको छ।

मार्सी धान जोगाउन डिपिआर तयार

विश्वमै सबैभन्दा अग्लो स्थानमा फल्ने मार्सी धान जोगाउनका लागि डिपिआर तयार गर्न थालिएको छ। जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर क्षेत्रमा फल्ने मार्सी धान जोगाउन गाउँपालिकाले डिपिआर तयार गर्न थालेको हो।

बाबुद्वारा अपांगता भएका छोराको हत्या

मृतक केसी जन्मजातै कान नसुन्ने बिरामी थिए। प्रहरीका अनुसार वैशाख २ गतेदेखि हराइरहेका केसी बुधबार गाउँ नजिकैको खहरे खोलामा मृत भेटिएका हुन्।

पोखराबाट दमौली जाँदै गरेको बस दुर्घटना, ५ जना घाइते

म्याग्दे गाउँपालिका–१ गुणादीमा यात्रुवाहक बस दुर्घटना हुदाँ ५ जना घाइते भएका छन्।

छुवाछूतविरुद्ध जागरण

मुलुकभर करिब १३–१४ हजार हाराहारी जनसंख्या रहेको डोम समुदाय मुलुककै अल्पसंख्यक मात्रै हैन, कथित सबैभन्दा तल्लो जाति हो।

मूलधारमा महिला

हिमा गाउँपालिका–७ की अम्बिका अधिकारी तरकारी किसान हुन् । उनले तरकारी खेतीबाट मनग्ये आम्दानी गरिरहेकी छिन् । मौसम या बेमौसम उनका लागि कुनै बेला फुर्सद हुँदैन । उनले भनिन्, ‘उत्पादित तरकारी बेचेर जीवनस्तर बदलेको छु ।’ दशकअघिसम्म श्रीमानको कमाइमा निर्भर उनी अहिले आफूले कमाएर श्रीमानलाई खर्च दिन्छिन् । ‘पहिले चुलो–चौकोमै सीमित थियौं, अहिले आयआर्जनका क्रियाकलापमा संलग्न छौं । परिवारको समृद्धिका लागि व्यावसायिक रुपमा अघि बढेका छौं,’ उनले भनिन् ।

पञ्चकोशीमा मनको शुद्धीकरण

दैलेख कहिले आउने ? मित्र रुपक थापा फेसबुक र फोनमा बरोबर निम्तो दिइरहन्थे । मलाई पनि पञ्चकोशी घुम्नु थियो । पञ्चकोशी दर्शनले पितृउद्वार, आत्मशुद्धि र मनोकांक्षा पूरा हुन्छ भन्ने जनविश्वास छ । साथै आत्मीय आनन्द र मानसिक सुख प्राप्त हुन्छ ।

स्थानीय उत्पादनको बजारीकरण गर्न कोसेली घर

स्थानीय लघु तथा घरेलु उद्यमीद्वारा उत्पादित सामग्रीको बजारीकरणका लागि कोसेली घर सञ्चालन गरिएको छ।

एसेलुखर्कमा निःशुल्क जग्गा दान

ऐसेलुखर्क गाउँपालिकाका स्थानीयले इलाका प्रशासन कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र, बसपार्क र खेलमैदानका लागि निःशुल्क जग्गा दान गरेका छन्। स्थानीय गोपीकृष्ण लयालु, शम्भु दाहाल र मदन दाहालले इलाका प्रशासन कार्यालयको भवन निर्माणका लागि निशुःल्क जग्गा प्रदान गरेका हुन्। आफ्नै जग्गा र भवन नहुँदा हालसम्म भाडाको घरबाट सञ्चालन भइरहेको इलाका प्रशासन कार्यालयलाई स्थानीयले निशुःल्क जग्गा दान गरेको गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्