२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

भीरबाट लडेर अमेरिकी नागरिकको मृत्यु

खुम्बुपासाङल्हामू गाउँपालिका ३ फाक्दिङस्थित भीरबाट खसेर एक अमेरिकी  नागरिकको ज्यान गएको छ।

कार्यालय रित्याएर भ्रमणमा जाने जनप्रतिनिधिले माफी मागे

रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिकाले सार्वजनिक रुपमा माफी मागेको छ। कार्यालय रित्याएर जनप्रतिनिधि तथा कर्मचारी भ्रमणमा गएको भन्दै चर्काे विरोध भएपछि गाउँपालिकाले माफी मागेको हो।

गाउँपालिका ठप्प पारी सरकारी बजेटमा पारिवारिक घुमघाम

रुकुम (पश्चिम) को सानीभेरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुमारी रिमा मल्ल हुन्। उनका पती यहि गाउँको एक विद्यालयका शिक्षक हुन्। गाउँपालिकाले आयोजना गरेको भ्रमणमा मल्लले आफ्ना पती नरेन्द्र चन्द र दुई बच्चालाई आफुसंगै पाँच दिनसम्म विभिन्न ठाउँमा घुमाइन्। भारतको दार्जिलिङ्ग देखी नेपालका विभिन्न सहरमा भ्रमण गर्दा सबै खर्च गाउँपालिकाबाट नै व्यहोरिएको छ।

विमान दुर्घटनाको छानबिन

खुम्बु–पासाङल्हामु गाउँपालिका–२ लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा वैशाख १ गते भएको विमान दुर्घटनाबारे छानबिन गर्न गठित समितिले बुधबार स्थलगत अध्ययन गरेको छ। टोलीले लुक्ला पुगेर स्थलगत अध्ययन गरेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमनाथ अधिकारीले बताए।

निजी स्कुल सरकारीमा मर्ज

जिल्लाको पूर्वखोला गाउँपालिकामा रहेका बोर्डिङ स्कुलहरूलाई सरकारीमा मर्ज गरिएको छ। गाउँपालिकाले आफ्नो क्षेत्राधिकारभित्र सञ्चालनमा रहेका पाँचवटा निजी विद्यालयलाई सामुदायिकमा गाभेको हो। निजी स्कुलले चर्को शुल्क असुलिरहेका बेला पूर्वखोला गाउँपालिकाले यस्तो निर्णय गरेको हो। यो निर्णयबाट अभिभावक खुसी भएका छन्।

कार्यालय रित्याएर जनप्रतिनिधि भ्रमणमा, सेवाग्राही खाली हात फर्किए

निकै भीडभाड हुने गाउँपालिकाको कार्यालयमा उनी आउँदा बन्द जस्तै थियो। कार्यालयमा कोही नभएको भन्दै यहाँका एक जना कार्यालय सहयोगीले उनलाई बाहिरैबाट फर्काएपछि लिला रित्तो हात घर फर्किइन्।

रिब्दीकोट गाउँपालिकामा बम विष्फोट

पाल्पाको रिब्दीकोट गाउँपालिका परिसरमा बम विस्फोट भएको छ। बिहीबार बिहान १ः२५ मा बम विस्फोट हुँदा कम्प्यूटर, फोटोकपी मेशिन र झ्यालका शिशाहरु फुटेका छन्।

बिर्ता समस्या समाधान गरिने

रसुवाको कालिका गाउँपालिकाले विर्तासम्बन्धी समस्या समाधान गर्ने भएको छ। बुधबार बसेको कार्यपालिकाको बैठकले भूमिसुधारसम्बन्धी विशेष घोषणा गर्दै विर्ता समस्यालाई व्यवहारमै समाप्त पारी जग्गा जोतिरहेका किसानको नाममै धनीपूर्जा वितरण गर्ने तयारी थालेको हो।

गाउँपालिका भवनमा बम बिस्फोट

पाल्पाकाे रिब्दीकाेट गाउँपालिकाकाे भवनमा बम बिस्फाेट भएकाे छ। बिहिबार बिहान १:२५ बजे गाउँपालिकाकाे भवनमा बम बिस्फाेट भएकाे पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पाेखरेलले बताए।

स्वरोजगारका लागि निर्ब्याजी ऋण

जुम्लाको तातोपानी गाउँपालिकाले लक्षित वर्ग र गरीबी न्यूनीकरणका लागि निर्ब्याजी ऋण उपलब्ध गराउने भएको छ।

गौमुलमा उन्नत जातको स्याउ खेती

गौमुल गाउँपालिकाले उन्नत जातको स्याउ खेती सुरु गरेको छ। गाउँ कार्यपालिकाको निर्णय अनुसार नै हावापानी अनुकुल विदेशी प्रविधिबाट उत्पादन गरिएको उन्नत जातको स्याउ खेती गर्न सुरु गरिएको कृषि शाखा प्रमुख रमेश विकले बताएका छन्।

फेरि त्रासमै

गत चैत १७ राति आएको हावाहुरीपीडितमा फेरि हुरीको त्रास भएको छ। केही दिन यता मौसममा खराबी आउन थालेपछि हावाहुरीपीडित त्रसित भनेका हुन्। मुसल्धारे पानीसहिति आएको हावा चल्दा स्थानीय चिन्तित भएको बाराको फेटा गाउँपालिका अध्यक्ष अमेरिलाल प्रसादले बताए।

हुम्लाबासी भन्छन्– पाँच वर्षदेखि पुलको पिलर हेरेर बसेका छौं

पाँच वर्ष बितिसक्दा पनि सिँजा गाउँपालिका – २ रनुखानास्थित हिमा नदी माथिको पक्की पुल निर्माण हुन सकेको छैन। अहिलेसम्म रनुखाना गाउँतिरको एउटा पिलर मात्रै बनाइएको छ।

नेपालकै ज्येष्ठ नागरिक बहरखेरको निधन

नेपालकै ज्येष्ठ नागरिक रघु बहरखेरको शुक्रबार १३१ वर्षको उमेरमा निधन भएको छ। सप्तरीको तिरहुत गाउँपालिका–१, धनपुरीका रघु बहरखेरको आफ्नै निवासमा निधन भएको स्थानीयवासी मुकेश यादवले जानकारी दिए।

अब्बल बन्दै सामुदायिक विद्यालय

सामुदायिक विद्यालयमा पढेका विद्यार्थीको पढाइ राम्रो हुँदैन भन्ने आम अभिभावकको सोचाइमा परिवर्तन आउन थालेको छ। बाँकेका कतिपय सामुदायिक विद्यालयले उत्कृष्ट नतिजा ल्याई अब्बल देखाउन सफल भएकाले यतिबेला अभिभावक सामुदायिक विद्यालय खोज्दै हिँड्न थालेका छन्। खजुरा र बैजनाथलगायतका गाउँपालिकाका कतिपय विद्यालयले विद्यार्थी बोक्नका लागि गाडी खरीद गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्