२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

पाँच कार्यविधि अनुमोदन

तातोपानी गाउँसभाले एकीकृत सम्पत्ति कर व्यवस्थापनसम्बन्धी कार्यविधि २०७५, (घ) वर्गको निर्माण व्यवसायी इजाजतपत्र वितरणसम्बन्धी कार्यविधि २०७५, पञ्चेबाजा संरक्षण संवर्द्धन कार्यविधि २०७५, बीना ब्याज ऋण व्यवस्थापनसम्बन्धी कार्यविधि २०७५ र अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरणसम्बन्धी कार्यविधि २०७५ लाई अनुमोदन गरेको छ।

डेउडा ‘सम्राट’

अग्लो ज्यान, घोप्टे जुँगा, आँखामा चस्मा र भादगाउँले टोपी पहिरिएका एक वृद्ध जो सुदूरपश्चिममा हुने हरेक सांस्कृतिक कार्यक्रममा अग्रभागमा डेउडा खेलमा जमेका देखिन्छन्। कैलाली, कञ्चनपुरमा हुने डेउडा प्रतियोगिता होस् वा दोहोरी डेउडा खेलमा एकतर्फको गीतेरु भई सवाल जवाफ फर्काउन अग्रभागमा हुन्छन्, डेउडिया दलबहादुर बोगटी।

हलो छाडेर आधुनिक उपकरणतर्फ उन्मुख हुँदै किसान

केही वर्षअघिसम्म धादिङका किसान खेत जोत्न हलो प्रयोग गर्ने गर्दथे। प्रत्येक घरमा एक हल गोरु पाल्ने गर्दथे तर अहिले त्यो जमाना फेरिएको छ। अहिले न किसानका घरमा हलजोडी गोरु छ न त हलो नै छन्। कृषिलाई व्यावसायिक र कृषि पेसातर्फ उन्मुख किसानलाई धादिङको सिद्धलेक गाउँपालिकाले मिनिटेलर प्रदान गरेको छ।

मृगौला पीडितलाई ‘केःसाङला’को च्यारिटी

झापाको कमल गाउँपालिकाका मृगौला रोगबाट पीडित निर्मल फियाक लिम्बूको सहयोगार्थ लिम्बू भाषाको फिल्म ‘केःसाङ्ला’को च्यारिटी शो हुने भएको छ। राजधानीको कमलपोखरीस्थित बीग मुभिजमा आगामी वैशाख २३ गते च्यारिटी शो गर्न लागिएको हो।

खाजामा उसिनेको फर्सी र सुठुनी

थुलुङ दुधकोसी गाउँपालिका–७ देउसामा आयोजित एक कार्यक्रमका सहभागीलाई खाजाको रूपमा उसिनेको फर्सी र सुठुनी वितरण गरिएको छ। सहरलगायत ग्रामीण क्षेत्रमा समेत प्याकेटका जंकफुडको प्रचलन बढिरहेका बेला सोमबार आयोजित कार्यक्रममा स्थानीय उत्पादन तथा अग्र्यानिक खाजा वितरण गरिएको हो।

माछापुच्छ्रे बैंकको तीन शाखा थपियो

माछापुच्छ्रे बैंक लिमिटेडले टंकिसिनवारी, त्रिशूली र टिमुरेमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। मोरङको बूढीगंगा गाउँपालिकास्थित टंकिसिनवारी शाखा चैत २४ गते, नुवाकोटको विदुर नगरपालिकास्थित त्रिशूली शाखा चैत २५ र रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित टिमुरे शाखा मंगलबारबाट सञ्चालनमा ल्याएको हो।

कारबाही अघि बढाउन महाशाखालाई पत्र

तारागाउँ विकास समिति र हायात होटलको जग्गा विवादबारे छानबिन गर्न सरकारद्वारा गठित समितिले प्रतिवेदन बुझाएको छ। मंलबार समितिका संयोजक भूमि व्यवस्था तथा अभिलेख विभागका निर्देशक समरबहादुर सिंह ठकुरीले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीलाई प्रतिवेदन बुझाएका हुन्।

१५० रोपनी जग्गा फिर्ता गर्न निर्देशन

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले तारागाउँ विकास समितिले हक हस्तान्तरण गरी तारागाउँ रिजेन्सी होटल लिमिटेडलाई १५० रोपनी जग्गा गैरकानुनीरूपमा दिएको भन्दै नेपाल सरकाामित्वमा ल्याउन निर्देशन दिएको छ। सो जग्गा अनुचित तबरले मालपोत ऐन, २०३४ को प्रतिकूल हुनेगरी हस्तान्तरण भएकोे ठहर गर्दै त्यसलाई नेपाल सरकारको स्वामित्वमा ल्याउन समितिले निर्देशन दिएको हो। साथै रजिष्ट्रेसन पासका विषयमा छानबिन गर्न पनि समितिले निर्देशन दिएको छ।

संसदीय समितिलाई दबाब

रागाउँ विकास समिति र तारागाँउ ह्यात रिजेन्सी होटल लिमिटेडको जग्गा सम्झौता छानबिन गर्ने क्रममा संसदीय समितिले दबाब महसुस गरेको छ। आफू नेतृत्वको उपसमितिले छानबिन गर्ने क्रममा दबाब महसुस गरेको संयोजक अग्नीप्रसाद सापकोटाले बताए।

तारागाउँ होटलको जग्गा सरकारको स्वामित्वमा ल्याउन निर्देशन (भिडियो रिपोर्ट)

तारागाउँ रिजेन्सी होटल्स: संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिले काठमाडौंको बौद्धस्थित तारागाउँ रिजेन्सी होटल्स लिमिटेडलाई हक हस्तान्तरण  गरिएको १५० रोपनी जमिन नेपाल सरकारको स्वामित्वमा ल्याउन निर्देशन दिएको छ। होटल सञ्चालनका लागि तारागाउँ विकास समितिले गरेको जग्गा हस्तान्तरण प्रक्रिया मालपोत ऐन २०३४ अनुसार प्रतिकुल रहेको र अनुचित तरिकाले हक हस्तान्तरण गरिएको समितिको ठहर छ।

क्यान्सरपीडितलाई सहयोग

जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका क्यान्सर बिरामी तारानाथ अधिकारीलाई शुभेच्छुकबाट उठाइएको सहयोग रकम प्रदान गरिएको छ। हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका उनलाई संकलित ५७ हजार पाँच सय रुपैयाँ प्रदान गरिएको हो।

वडा भवनका लागि जग्गादान

कालिका गाउँपालिका–२ का इन्द्रबहादुर न्यौपानेले वडा कार्यालय निर्माण गर्न जग्गादान गरेका छन्। वडा कार्यालयको आफ्नै भवन नहुँदा समस्या रहेको देखेपछि उनले २० लाख मूल्यबराबरको जग्गा निःशुल्क उपलब्ध गराएका हुन्।

गुलजार हुँदै घर्तीगाउँ

कमी–कमजोरी, असन्तुुष्टिका भाव रोल्पाका गाउँमा थुुप्रै सुुनिन्छ, तर सँगसँगै राज्यको मुुलधारबाट एक्लिएको यो ठाउँ विगतको तुुलनामा परिवर्तनउन्मुख हुँदै गरेको पनि प्रस्टै देखिन्छ ।

सगरमाथाको गाउँपालिका ‘खुम्बु’मा सडक

सगरमाथा अवस्थित स्थानीय तह खुम्बु पासाङल्हामु गाउँपालिकामा सडक पुगेको छ। माप्य दुधकोसी गाउँपालिका हुँदै खुम्बु पासाङल्हामु गाउँपालिकाको खरिखोलासम्म पु-याइएको ‘सगरमाथा सडक’को हालै एक कार्यक्रमबिच प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका हुन्।

सानीभेरी छुवाछूतमुक्त गाउँपालिका

रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका जातीय सद्भावयुक्त तथा छुवाछूत मुक्त स्थानीय तह घोषणा भएको छ। जातीय छुवाछूत तथा सद्भावयुक्त क्षेत्र घोषणाका लागि आवश्यक सबै सूचक पूरा भएपछि विहीबार औपचारिक कार्यक्रमका बीच कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका सभापति राजु नेपालीले घोषणा गरेकी थिइन्। घोषणा सभा कार्यक्रमलाई सम्बोधन गर्दे उनले जातको नाममा विभेद् गर्नेलाई कानुन अनुसार कारबाही हुनुपर्ने बताइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्